एसियाड भारोत्तलोन : सन्जुले बनाईन् तीन नयाँ राष्ट्रिय कीर्तिमान

५ भदौ ७५, बुधबार

विराटनगर,भदौ ५
भारोत्तलोनलकी सन्जु चौधरीले इन्डोनेसिया र जाकार्तामा जारी १८ औं एसियन गेम्समा तीन नयाँ राष्ट्रिय कीर्तिमान कायय गरेकी छन् ।जेठमा नेपालगन्जमा भएको एसियन गेम्सको छनोटमा सन्जुले ५३ केजी तौल समूहमा बनाएको आफ्नै नामको कीर्तिमान भंग गरेकी हुन् । सन्जुले स्न्याचमा ७२ केजी भार वहन गरिन् ।

Advertisement

क्लिन एन्ड जर्कमा ८६ गरी कुल १ सय ५८ केजी भार बहन गर्दै नयाँ उनले कीर्तिमान कायम गरेकी हुन् । यसअघि स्न्याचमा ७१ केजी भार बहन र क्लिन एन्ड जर्कमा ८५ गरी कुल १ सय ५६ केजी भार बहन गर्दै नयाँ कीर्तिमान बनाएकी थिइन् ।

१२ खेलाडीले सहभागिता जनाएको स्पर्धामा सन्जु पुछारमा रहिन् । यो विधामा फिलिपिन्सकी डियाज हिडियन २०७ केजी भार बहन गर्दै स्वर्ण जितिन् भने तुर्केमिनिस्तानकी शेर्मेटोभा क्रिस्टिनाले रजत तथा थाइल्यान्डकी खाम्वाओ सुरोधचनाले कास्य जित्न सफल भईन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top