विराटनगरका मेयरले खोले पूर्व मेयरको बेथिती

१० भदौ , विराटनगर ।
विराटनगर महानगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरेको ९० दिन पुगेपछि वितेको ५ वर्षको महानगर नेतृत्को कामको समीक्षा गर्दै श्वेतपत्र जारी गरेको छ। नेपाली कांग्रेसबाट निर्वाचित महानगर प्रमुख नागेश कोइरालाले बितेका पाँच वर्ष आफ्नै पार्टीका मेयर भीम पराजुली नेतृत्वको महानगरले विकासका लागि कुनै पनि महत्त्वपूर्ण कार्य गर्न नसकेको औँल्याएका छन्।

१०६ पृष्ठ लामो श्वेतपत्रमा प्रस्तुत विवरण तथा तथ्यांकको गम्भीर अध्ययन तथा विश्लेषण गरी यथार्थ अवस्था सार्वजनिक गरिएको उनले बताएका छन्। श्वेतपत्रमा ६०९ जनाको जम्बो कर्मचारी संयन्त्र रहेको उल्लेख छ । जसमा ३४५ जना अस्थायी–करारका कर्मचारी रहेका छन्।

Advertisement

उनले विगतमा ठूलो संख्यामा अस्थायी तथा करार कर्मचारी भर्ना गरेर ६०९ जनाको जम्बो कर्मचारी संरचना बनाएको, महानगरपालिकाभित्रका सार्वजनिक जग्गा विभिन्न संघसंस्थाहरूलाई बाँडिएको, स्रोतको अनुमान र यथार्थ आयबीच असन्तुलन कायम भई आर्थिक खाडल बनेको, उपभोक्ता समिति र ठेकेदारहरूबीच मिलेमतो भई योजना कार्यन्वयन हुने गरेको, महानगरको फोहोरमैला व्यवस्थापन कार्य अघि नबढेको लगायतका बिषयलाई स्वेतपत्रमा उल्लेख गरेका छन् ।

कार्याबोझ, राजश्व क्षमता र खर्चको आकारलाई ध्यानमा राखेर काम गर्नुपर्नेमा नगरसभाबाट स्वीकृत दरबन्दीविपरीत ६०९ जनाको जम्बो कर्मचारी संयन्त्र बनेको उनले उल्लेख गरेका छन् । जसमध्ये ३४५ जना कर्मचारीहरू अस्थायी÷करारका रहेको र कुल कर्मचारीहरू मध्ये २७६ जना श्रेणीविहीन स्तरका रहेको स्वेतपत्रमा उल्लेख छ ।

महानगरको कर्मचारी संगठन तथा व्यवस्थापन सर्वेक्षणमा उल्लेखित आधार विपरित कर्मचारी भर्ना गरिएको बिषयमा महालेखा परीक्षकको कार्यालयले समेत बेरुजु जनाए पनि विगतमा त्यसको कुनैपनि समीक्षा नगरी मनपरी कर्मचारी भर्ना गरिएको उनले बताएका छन् ।

पूर्वमेयर पराजुलीको पालामा ठूलो संख्यामा कर्मचारी भर्ना गरे पनि महानगरलाई आवश्यक दक्ष र आवश्यक प्रकृतिको जनशक्तिको भने कमी रहेको स्वेतपत्रमा उल्लेख गरेका छन् । महानगरपालिकाका वडा कार्यालयहरूमा अहिले पनि अधिकृतस्तरका वडासचिव र प्रशासनिक कर्मचारीहरूको अभाव रहेको उनले उल्लेख गरेका छन् ।

पराजुलीको पालामा विभिन्न १६ वटा संघसंस्था र निकायलाई २ बिघा १७ कठ्ठा १८ धुर जग्गा मनोमानी तरिकाले वितरण गरिएको पाइएको छ । महानगरपालिकाको स्वामित्वमा रहेको ६३ बिघा ८ कठ्ठा १२ धुर जग्गा तथा साविक डंग्राहा र हात्तीमुढा गाविसमा खरीद गरेको २५ बिघा जग्गाको हालसम्म कुनै उपयोग नभएको बरु संघसंस्थाका नाममा मनमौजी वितरण गरिएको स्वेतपत्रमा उल्लेख छ ।

विगत ५ वर्षमा सार्वजनिक तथा पर्ति जग्गालाई मनोमानीपूर्ण ढंगले बाँडेका कारण भविष्यमा महानगरलाई आवश्यक पर्ने सार्वजनिक तथा खुल्ला स्थान, पार्क र उद्यानहरू निर्माणमै जग्गाको अभाव हुन सक्नेतर्फ मेयर कोइरालाले जारी गरेको स्वेतपत्रमा भनिएको छ । उनले अघिल्लो कार्यकालमा ६२ लाख १५ हजारमा खरिद भएको ‘ब्रुमर’ समेत महानगरपालिकाको सरसफाईमा प्रयोग हुन नसकेको र सुरुदेखि नै बिग्रेर थन्काइएकोमा चिन्ता व्यक्त गरे ।

त्यसैगरी महानगरपालिकालाई आवश्यक पर्ने विकास निर्माणसम्बन्धी अन्य उपकरणहरू थोरै मात्रामा रहेको बताएका छन् । मेयर कोइरालाले महानगर मातहतका वारुणयन्त्रमा कार्यरत कर्मचारी, मेसिन उपकरण र त्यसको मर्मतसम्भार र इन्धनलगायत ठूलो बजेट महानगरका करदाताहरूले तिरेको करबाट व्यहोरिएको र त्यसबाट समेत महानगरपालिकामा आर्थिक बोझ बढेको बताएका छन् ।

कर्मचारी भर्नाबारे महालेखा परीक्षकको कार्यालयले समेत बेरुजु लेखेको छ। तर जम्बो कर्मचारी भएको र महालेखाले बेरुजु देखाएको भन्दै श्वेत पत्र जारी गरेका मेयर कोइरालाले करारका कर्मचारीको म्याद भने आगामी पुस मसान्त सम्म थपिसकेका छन्।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top