×

NEPAL TIMES UPDATES

Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026
Playing
चीनले कसरी इरानलाई बलियो बनायो ? ट्रम्पले दिए चेतावनी || Nepal Times
Apr 16, 2026
Playing
रास्वपाको मुख्य सचेतकमा कविन्द्र, सचेतकमा प्रकाश र क्रान्तिशिखा,लेबी तोकियो || Nepal Times
Apr 16, 2026
Playing
गृहमन्त्री सुधनको चर्चा र आलोचना सराबरी || Nepal Times
Apr 16, 2026
Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026
Playing
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चको अस्वीकार || Nepal Times
Apr 16, 2026
Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026

लोसपाका एकबाल मिया एमालेमा, बारा ४ मा टिकट पक्का

२२ आश्विन २०७९

२२ असोज, काठमाण्डौ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता एकबाल मिया नेकपा एमालेमा प्रवेश गरेका छन् । निवर्तमान प्रतिनिधि सभा सदस्यसमेत रहेका उनलाई शनिबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् । उनलाई बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यको टिकट दिने एमालेको तयारी छ ।

अन्तिम समयमा लोसपा गठबन्धनमा सहभागी भएको हुँदा बारा ४ बाट आफ्नो टिकट खोसिने भएपछि उनी एमालेबाट टिकट पक्का गरेर पार्टी प्रवेश गरेका हुन् । बारा ४ मा गठबन्धनबाट एकीकृत समाजवादीका किसान श्रेष्ठले टिकट पाएका छन् ।

Advertisement
Advertisement

एमालेसंग चुनावी तालमेलको प्रयास विफल भएपछि लोसपा सत्ता गठबन्धनमा मिसिन पुगेको हो । सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिंदा गठबन्धनमा भित्रिएको लोसपाले प्रतिनिधिसभाको १५ सिट र मधेश प्रदेशमा मुख्यमन्त्री आफूहरुले पाउनुपर्ने दाबी गरेको छ ।

गठबन्धनका दलहरुले भने १० सिट दिने मुडमा छन् । दुवै पक्षबीच सहतिका लागि कांग्रेस र लोसपाले वार्ता जारी राखेका छन् । सत्ता गठबन्धनले लोसपासँग वार्ताको जिम्मा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई दिएको थियो । तर शनिबार विहान बालुवाटारमा भएको छलफल भने निष्कर्षमा पुग्न नसकेको बताइएको छ ।

लोसपालाई १० सिट दिन सत्तारूढ गठबन्धन तयार रहे पनि उसले १५ सिट दाबी गरिरहेकाले सहमति हुन नसकेको बैठकमा सहभागी एक कांग्रेस पदाधिकारीले जानकारी दिए । जसपा गठबन्धनबाट बाहिरिएपछि सत्ता गठबन्धनले अर्को मधेसवादी दल लोसपासँग मिलेर चुनाव लड्न शुक्रबारदेखि नै छलफल अघि बढाएको थियो ।

Advertisement

यसबीच कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच निर्वाचन क्षेत्रको विभाजन भने टुंगिसकेको छ । यो सहमतिअनुसार कांग्रेसले ८८ सिट लिने, माओवादीले ४७, एकीकृत समाजवादीले १८ र राष्ट्रिय जनमोर्चाले २ सिट लिने छन् । लोसपाले १५ सिटमा दाबी गरे पनि उसलाई ८ देखि १० सिट छुट्याउन सत्ता गठबन्धनका तीन प्रमुख दल तयार रहेको बुझिएको छ ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top