’गुगल’को स्मार्टवाच बजारमा / के छ सुविधा ? कति मूल्य पर्छ ?

२५ असोज, एजेन्सी ।

Advertisement

विश्वचर्चित विश्वब्यापी अमेरिकी बहुराष्ट्रिय सूचना–प्रविधि कम्पनी ’गुगल’ ले आफ्नो पहिलो स्मार्टवाच सार्वजनिक गरेको छ। कम्पनीले क्यालिफोर्नियामा आयोजित एक कार्यक्रममा आफ्नो पहिलो स्मार्टवाचका रूपमा ’गुगल पिक्सल वाच’ सार्वजनिक गरेको हो। गुगलको यो स्मार्टवाच गोलाकार डिजाइनको छ।

यसको लम्बाइ–चौडाइ ४१ मिमी र मोटाइ १२.३ मिमी छ। यो घडीले गुगलको ’एन्ड्रोइड वेयर ओएस– ३.५ (अपरेटिङ सिस्टम)’ मा काम गर्छ। १.२ इन्च डिस्प्ले भएको यो घडीमा कर्निङ गोरिल्ला ग्लास– ५ प्रयोग गरिएको छ। ’वाटर–प्रुफ’ र ’स्क्र्याच–प्रुफ’ भएकाले यो पानीले बिग्रिँदैन र कोरिँदैन। त्यस्तै यसको वरिपरिको फ्रेम स्टिलले बनेको छ।

Advertisement

 

यसको डिजाइन लुगाको बाहुलामा नअड्किने हिसाबले गरिएको छ। घडीको फित्ताबिना यसको तौल जम्मा ३६ ग्राम छ। कम्पनीका अनुसार यो घडीमा स्वास्थ्य र फिटनेसको ट्र्याकिङ सुविधा छ। यसका लागि कम्पनीले पिक्सल वाचमा ’फिटबिट’ एप राखेको छ। फिटबिट एपसँग कनेक्ट गरेर मुटुको चाल र सुताइको ट्रयाकिङ गर्नेजस्ता सुविधा प्रयोग गर्न सकिने छ।

Advertisement

यसले लगातार मुटुको चालको ट्रयाकिङ राख्ने हुनाले कुन व्यायाम गर्दा राम्रो हुन्छ भनेर पनि यसले सुझाउँने छ । यसमा इसिजी एप र आपतकालीन समयमा सम्पर्क गर्न मिल्ने एसओएस सुविधा पनि रहेको कम्पनीले जनाएको छ । पिक्सल वाचमा २ जिबी ¥याम र ३२ जिबी स्टोरेज छ।

यसमा कोर्टेक्स एम३३ को–प्रोसेसर राखिएको छ। वेयर ओएसमा चल्ने भएकाले यसबाट गुगल फोटोज, गुगल म्याप्स, गुगल असिस्टेन्ट जस्ता गुगलका अरू एपहरू सजिलै चलाउन सकिन्छ। त्यस्तै यसमा गुगल होम एप पनि जसबाट घरमा भएका स्मार्ट विद्युतीय उपकरणहरू आफ्नो हातको घडीबाटै चलाउन सकिन्छ।

यो घडी एकपटकको पूरा चार्जमा एक दिनसम्म चल्ने कम्पनीको दाबी छ। ब्लुटुथ, वाइफाइ र लाउडस्पिकर भएको यो घडीमा इयरफोन र युएसबी हाल्ने ठाउँ रहेपनि रेडियो भने रहेको छैन् । यो घडीले एन्ड्रोइड ८ वा यसपछिका ओएस भएका फोनमा काम गर्छ। कम्पनीले हाल यो घडी कालो, चाँदी र सुनौलो गरी तीन रङमा ल्याएको छ।

यसका फित्ताहरू भने करिब २० प्रकारका पाइन्छन्। पिक्सल वाच ब्लुटुथ र वाइफाइ भएको मोडलको मूल्य ३४९.९९ अमेरिकी डलर तोकिएको छ। त्यस्तै फोर–जी र ब्लुटुथ÷वाइफाइ भएको मोडलको भने ३९९.९९ डलर पर्छ। यो घडी नेपाली बजारमा आउँदा भने अझै केही महँगो हुन् सक्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top