×

NEPAL TIMES UPDATES

Playing
प्रतिनिधिसभामा रास्वपाको बहुमत सम्भावित दुई तिहाइ || Nepal Times
Mar 08, 2026
Playing
Top 15 Afternoon News || Mar-08-2026 || Nepal Times
Mar 08, 2026
Playing
जाँचबुझ प्रतिवेदन प्रधानमन्त्रीको हातमा–निचोड सार्वजनिक गर्ने || Nepal Times
Mar 08, 2026
Playing
T20 World Cup 2026: उपाधिका कसको ? || Nepal Times
Mar 08, 2026
Playing
नवनिर्वाचित सांसदको पहिलो बैठक कहाँ बस्दैछ ? || Nepal Times
Mar 08, 2026
Playing
रास्वपा बहुमतबाट अब दुई तिहाई तर्फ उन्मुख || Nepal Times
Mar 08, 2026
Playing
जाँचबुझ आयोगले आज प्रतिवेदन बुझाउँदै || Nepal Times
Mar 08, 2026
Playing
एउटा जिउँदो इतिहासलाई जन कारबाही  || Nepal Times
Mar 08, 2026
Playing
गगन थापाको १८ वर्षे संसदीय यात्रामा अमरेशले लगाए ब्रेक || Nepal Times
Mar 08, 2026
Playing
Election update रास्वपाले शतक(१००) पुर्यायो, अन्यको कति ? || Nepal Times
Mar 08, 2026

गैह्र सैनिकलाई छात्रवृत्ति र रोजगारी

१० भाद्र २०७५

काठमाडौँ, भदौ १०
नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले एक वर्षको अवधिमा गैह्र सैनिकतर्फ रु ६ करोड २९ लाख ४९ हजार बराबरको छात्रवृत्ति प्रदान गरेको छ । उक्त संस्थानमा आव २०७४÷७५ मा ९६ गैह्र सैनिकका सन्ततिलाई अध्ययनका लागि पूर्ण छात्रवृत्ति उपलब्ध गराइएको सैनिक कल्याणकारी कोषले जनाएको छ ।

सोही आर्थिक वर्षमा चिकित्सा शास्त्र महाविद्यालयमा ६५, नर्सिङ महाविद्यालयमा ३३ र कलेज अफ मेडिकल पोलिटेक्निकमा अध्ययनरत २७ गैह्र सैनिक परिवारका छोराछोरीलाई छात्रवृत्ति उपलब्ध रहेको सैनिक कल्याणकारी निर्देशक सहायकरथी रघु भण्डारीले जानकारी दिए ।

उक्त कोषद्वारा सञ्चालित मुलुकका आठ सैनिक महाविद्यालयमा हाल आठ हजार ३३८ विद्यार्थीले अध्ययन गरिरहेका छन् । त्यसमध्ये गैह्रसैनिक परिवारका विद्यार्थी सङ्ख्या दुई हजार ८८७ छ । अब्बल नतिजाका कारण केही वर्षयता मुलुकको शिक्षा क्षेत्रमा सैनिक महाविद्यालय विद्यार्थीको पहिलो रोजाइको केन्द्र बन्दै आएको छ ।

सैनिक महाविद्यालयमा कूल विद्यार्थी सङ्ख्याको ३५ प्रतिशत गैह्र सैनिकका लागि प्रदान गर्दैआएको नेपाली सेनाले जानकारी दिएको छ ।

अवाललाई निःशुल्क शिक्षा
गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पमा परी २२ घण्टापछि सकुशल उद्धार गरिएका भक्तपुर मूलढोकाका सोनिस अवाललाई सेनाले निःशुल्क अध्ययनको व्यवस्था मिलाएको छ । नेपाली सेनाको तर्फबाट शैक्षिकवृत्ति अन्तर्गत कक्षा ५ सम्मको शिक्षा अभिभावकले व्यवस्था गरेको विद्यालयमा पढाउन ‘प्रधानसेनापति प्राकृतिक प्रकोप राहत कोष’ बाट वार्षिक ५० हजार उपलब्ध गराइनेछ ।

अवाललाई कक्षा ६ देखि भने सैनिक आवासीय महाविद्यालय भक्तपुरमा निःशुल्क अध्ययनको व्यवस्था मिलाउने सैनिक कल्याणकारी निर्देशक सहायकरथी भण्डारीले जानकारी दिए ।

यसैबीच, कोषद्वारा सञ्चालित निकायमा हाल एक हजार ५१६ शिक्षक र एक हजार ४२६ कर्मचारी गैह्र सैनिक रहेको जनाइएको छ । सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित वीरेन्द्र सैनिक अस्पताल छाउनीबाट हालसम्म एक हजार गैह्र सैनिकले निःशुल्क स्वास्थ्य परीक्षण सेवा लिएका छन् ।

कल्याणकारी कोषबाट सञ्चालित संस्थामा गैह्र सैनिकका लागि प्रदान गरिएको सेवा सुविधाले सैनिक र नागरिकबीचको सम्बन्ध विस्तारमा ठूलो योगदान पुगिरहेको नेपाली सेनाले जनाएको छ ।
(रासस)

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top