‘क्याप्टेन’ को अफिसियल पोस्टर सार्वजनिक,अनमोलको खेलाडी अवतार

९ भदौ ७५, आइतबार

नायक अनमोल केसी अभिनित बहुप्रतिक्षित फिल्म ‘क्याप्टेन’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ ।निर्देशक दीवाकर भट्टराईले शनिवार सामाजिक सञ्जालमार्फत् फिल्मको आधिकारिक पोस्टर सार्वजनिक गरेका हुन् ।

पोस्टरमा गोल हान्न मैदानमा संघर्षरत एक फुटबल खेलाडीको अवस्थामा अनमोललाई चित्रण गरिएको छ । पोस्टरको ब्याकग्राउण्डमा उनले ११ नम्बरको जर्सी लगाएर खेल मैदानतर्फ निहालिरहेका छन् । जर्सीमा उनको नाम ‘इशान’ लेखिएको छ ।

गाउँदेखि राष्ट्रिय स्तरको खेलाडी बन्न एउटा युवाले गरेको संघर्षको कथा फिल्म ‘क्याप्टेन’ ले बोल्छ । फिल्मको आधिकारिक पोस्टर सार्वजनिक भएपनि प्रदर्शन मितिको टुङ्गो लागिसकेको छैन ।

Advertisement

भुवन केसीले निर्माण गरेको ‘क्याप्टेन’ मा यसपटक अनमोलले दुई नव–अभिनेत्री उपासना सिंह ठकुरी र प्रियंका एमभीसँग स्क्रिन साझेदार गरेका छन् । चलचित्रको कथा सामिप्यराज तिमल्सिनाले लेखेका हुन् ।‘क्याप्टेन’ मा सुनिल थापा, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्सन विक्रम राईलगायतका कलाकारहरुको पनि अभिनय छ ।

‘क्याप्टेन’ मा चन्द्र पन्तको द्वन्द्व, अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ भने सम्पादनको जिम्मेवारी दिर्घ खड्काले सम्हालेका छन् । त्यस्तै सुदीप बराल डिओपी रहँदा क्यामेरामेनमा नवराज उप्रेती छन् ।

Advertisement

गएको वर्ष प्रदर्शनमा आएको फिल्म ‘कृ’ पछि ‘क्याप्टेन’ मार्फत् पर्दामा देखिन लागेका अनमोलले पहिलो पटक फुटबल खेलाडीको भूमिका निर्वाह गरेका कारण दर्शकमाझ यस फिल्मको व्यग्रताका साथ प्रतिक्षा भइरहेको छ ।

Advertisement

भर्खरको समाचार

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

सम्बन्धित समाचार

Scroll to Top