चिनियाँ प्रधानमन्त्री ली खछियाङले दिए प्रचण्डलाई बधाई

१५ पुस ७९, शुक्रबार
Share this
724shares

१५ पौष, काठमाडौं ।

Advertisement

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग काठमाडौँस्थित चिनियाँ दूतावासका कार्यवाहक राजदूत वाङ जिनले शिष्टाचार भेट गरेका छन् ।शुक्रबार चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन (डीसीएम) वाङ सीनले बालुवाटार पुगेर प्रधानमन्त्री खछियाङको बधाई सन्देश प्रचण्डलाई हस्तान्तरण गरेका हुन् ।

बधाई सन्देशमा चिनियाँ समकक्षी खछियाङले प्रचण्डलाई नेपालको विकासमा आफ्नो पूर्ण साथ र समर्थन रहने उल्लेख गरेका छन् । प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि सबैभन्दा पहिले चीनले बधाई दिएको थियो । चीनले चाँडै नेपलमा राजदूत पठाउने तयारी गरेको छ । होउ यान्छी कार्यकाल सकेर बेइजिङ फर्केपछि चीनले नयाँ राजदूत पठाउन सकेको छैन ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top