×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

स्ववियू चुनाव किन र कसका लागि ? कसरी चुनिन्छन् नेता ?

२१ पुष २०७९

२२ पौष, काठमाण्डौ ।
पटक पटक सर्दै आएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५मा हुने भएको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद परिषद्ले चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्न प्रस्ताव गरेको छ ।

विद्यार्थी कल्याण तथा खेलकुद परिषद्ले कार्यकारी परिषद्मा बिहीबार स्ववियु निर्वाचन गर्नका लागि प्रस्ताव गरेको हो । अब भोलि त्रिविको कार्यकारी बैठक बस्दैछ । उक्त बैठकले निर्णय अनुमोदन गर्नेछ । विद्यार्थी संघ÷संगठनसँग राय तथा सुझाव लिएपछि उक्त प्रस्ताव गरिएको खेलकुद परिषद् प्रमुख पशुपति अधिकारीले जानकारी दिए ।

Advertisement
Advertisement

हिउँदे बिदा‚फागू पूर्णिमालगायत कारणले त्रिभुवन विश्वविद्यालयलको क्यालेन्डरमा रहेको व्यवस्थाभन्दा मिति पर धकेलिएको खेलकुद परिषद् प्रमुख अधिकारीले बताए । प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहालले पनि स्ववियु निर्वाचन गर्नका लागि निर्देशन दिइसकेका छन् ।

कार्यकारीले अनुमोदन गरेपछि चैत ५ गते स्ववियु चुनावको मिति घोषणा हुनेछ । त्रिवि शैक्षिक क्यालेन्डरमा २÷२ वर्षमा फागुन १४ मा स्ववियु निर्वाचन गर्ने कार्यतालिका छ तर २०६५ चैतयता त्रिविमा नियमित रूपमा स्ववियु निर्वाचन हुन सकेको छैन । २०७३ चैतमा २६ वटा क्याम्पसमा मात्र निर्वाचन भएको थियो ।

स्ववियु नियमित नहुँदा विश्वविद्यालय सभादेखि क्याम्पसहरूका महत्त्वपूर्ण निकायमा विद्यार्थीको प्रतिनिधित्व हुन सकेको छैन । कार्यकारी परिषद्ले निर्वाचन मिति घोषणा गरेपछि क्याम्पस प्रमुखले निर्वाचन अधिकृत र सहयोगी तोकेर निर्वाचन सम्पन्न गराउने व्यवस्था छ ।

२०७४ र २०७६ मा स्ववियु निर्वाचन तयारी थालेर अन्तिम समयमा स्थगित हुन पुगेको थियो । त्यतिबेला राजनीतिक दल र ठूला विद्यार्थी संगठन तयार नहुँदा चुनाव अनिश्चित बनेको विश्वविद्यालय पदाधिकारीको आरोप छ । विद्यार्थी संगठनले भने निर्वाचन गराउन विश्वविद्यालयले नचाहेको बताउँदै आएका छन् ।

०७३ मा निर्वाचित स्ववियुको थपिएको म्याद पनि सकिइसकेको छ । स्ववियुको म्याद ६÷६ महिना गरी दुई पटक थप गर्न सकिने नियममा उल्लेख छ । निर्वाचन हुन नसकेका क्याम्पसमा ०७४ मा निर्वाचन गर्ने त्रिविको प्रयास सफल हुन सकेन ।

कार्यकारी परिषद्ले पुनः ०७६ फागुन १४ मा चुनावको मिति घोषणा गरेको थियो तर फागुन ५ मा विशेष कारण देखाउँदै त्रिविले निर्वाचन स्थगित गरेको थियो । त्रिविअन्तर्गत केन्द्रीय क्याम्पससहित ६२ आंगिक, १ हजार ४० सामुदायिक र निजी क्याम्पस छन् । सभापति, सचिव र कोषाध्यक्ष प्रत्यक्ष र उपसभापति, सहसचिवलगायत सदस्य समानुपातिकबाट निर्वाचित हुने व्यवस्था छ ।

दुई सयसम्म विद्यार्थी रहेको क्याम्पसमा पदाधिकारीसहित ११ जना, दुई सयभन्दा बढी एक हजारसम्म विद्यार्थी संख्या भएमा १५, एक हजारभन्दा बढी तीन हजारसम्म विद्यार्थी भएमा १९ र तीन हजारभन्दा बढी विद्यार्थी भएका क्याम्पसमा २१ जनाको स्ववियु कार्यसमिति हुने व्यवस्था छ । स्ववियुको संरक्षक क्याम्पस प्रमुख रहनेछन् । १४ वर्षपछि हुन लागेको चुनावले त्रिविका ६२ वटा आंगिक क्याम्पसमा नयाँ विद्यार्थी नेता चुनिनेछन् ।

Advertisement

विद्यार्थीहरूको हक, हितको संरक्षण, संवर्द्धनका लागि सक्रिय रहने, विद्यार्थीको बौद्धिक र चारित्रिक विकासका लागि कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्ने, क्याम्पसभित्रको पठनपाठनका लागि उपयुक्त वातावरण बनाउने, विद्यार्थीमा अनुशासन कायम राख्ने, बौद्धिक, रचनात्मक तथा अतिरिक्त क्रियाकलापमा उत्प्रेरित गराउने, क्याम्पसमा शैक्षिक तथा संस्थागत विकासका लागि सदैव क्रियाशील रहने स्ववियुका उद्देश्य रहेका छन्  ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top