आयरल्याण्ड विरुद्धको पहिलो एकदिवसिय खेलमा अफगानिस्तानको जीत

आयरल्याण्ड विरुद्धको पहिलो एकदिवसिय खेलमा अफगानिस्तानको जीत

एजेन्सी, भदौ १२
आयरल्याण्ड विरुद्धको पहिलो एकदिवसिय खेलको श्रृखंला अफगानिस्तान २९ रनले विजयी भएको छ । आयरल्याण्डको बेलफेस्टमा टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ५० ओभरमा ९ विकेट गुमाउँदै दुई सय २७ रन बनायो ।

उसका लागि गुल्बादीन नाइबले ६४ रन बनाउदा हस्मतुल्लाह साहिदीले ५४ तथा राहमत शाहले २९ रनको योगदान गरे । यस्तै कप्तान अस्घर अफघानले २५ रन थपे । जवाफमा आयरल्याण्ड ४८ ओभर ३ बलमा मात्र एक सय ९८ रनमा अलआउट भयो । उसकालागि एन्डी बाल्बरीनले ५५, विल्सनले ३८ र केभिन ओब्राइनले २२ रन बनाउदा बाकि खेलाडी सस्तैमा आउट भए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.