×

NEPAL TIMES UPDATES

Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026

क्यानमा महाभारत, ७ केन्द्रीय सदस्यले छाडे बैठक

१७ माघ २०७९

१७ माघ,काठमाण्डौ ।
नेपाल ट्वान्टी–२० लिगमा ‘स्पट फिक्सिङ’, खेलाडीले पारिश्रमिक नपाएको, विजेता टिमले पुरस्कारसमेत नदिएको, फौजदारी अभियोग लागेका सन्दीप लामिछानेलाई राष्ट्रिय टिममा खेलाउने संकेत, राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको नाम र उनले प्रशिक्षण सुरु गरिसक्दा पनि नियुक्तिमै ढिलाई, पत्रकार सम्मेलन गरेर सरकारी निकायलाई धम्क्याउने प्रयास यस्ता विवादित ब्यवाहारले नेपाल क्रिकेट संघ क्यान नेतृत्व अहिले चौतर्फी आलोचना र प्रश्नको घेरमा परेको छ ।

यहि सबकाबीच आइतबार नै क्यानका ७ केन्द्रीय सदस्यले नेपाल टि२० लिगमा भएका विविध गल्तीको जिम्मेवारी नेतृत्वले लिनुपर्ने बताउँदै अध्यक्षसहित कार्यसम्पादन समितिको राजीनामा माग गरेका छन् । यस्तो विवादकै बीच पनि आज पोखरामा क्यानले बोर्ड बैठक बोलाएको छ ।

Advertisement
Advertisement

तर बैठक सुरु हुनुअघि आज पनि सात जना केन्द्रीय सदस्यले अध्यक्ष चतुरबहादुर चन्दसहित पाँच जनाको राजीनामा माग गरेका छन् । बैठकका लागि सबै बोर्ड सदस्यहरू हल प्रवेश गरेर अनौपचारिक छलफल हुँदै गर्दा केन्द्रीय सदस्य ऋषिराम गौतमले आफूहरुको धारणा राख्ने भन्दै राजीनामा माग गरेको पत्र पढेर सुनाएका थिए ।

लगत्तै गौतमले अध्यक्ष चन्दलाई राजीनामा माग गरिएको पत्र समेत बुझाएका थिए । त्यसपछि उनीहरु बैठक कक्षबाट बाहिरिएका छन् । नेपाल टी–२० लिगको जिम्मा भारतीय कम्पनीलाई दिएर नेपाली क्रिकेटलाई बदनाम गरेको आरोपसहित कार्यसम्पादन समितिमा रहेका अध्यक्ष चतुरबहादुर चन्द, कार्यवहाक सचिव प्रशान्त मल्ल, कोषाध्यक्ष रोशन सिंह, सदस्यद्वय दुर्गाराज पाठक र पदक खड्काले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने उनीहरूको माग छ ।

राजीनामा माग्ने केन्द्रीय सदस्यमा ऋषिराम गौतम, दाउद अन्सारी, संजयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरी छन् । पाँच जनाले राजीनामा दिए मात्र बैठकमा सहभागी हुने उनीहरूको भनाइ छ । नेपाल टी–२० लिगमा देखिएको विवादपछि पहिलोपटक क्यानको बोर्ड बैठक बस्न लागेको हो ।

बोर्ड बैठकमा १६ वटा एजेन्डमा छलफल हुने कार्यसूची छ । जसमा बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेमाथि क्यानले लगाएको निलम्बन फुकुवा गर्दै राष्ट्रिय टोलीमा समावेश गर्ने एजेन्डामा पनि छलफल हुने बताइएको छ । बलात्कार आरोप लागेपछि क्यानले सन्दीपलाई भदौ २३ मा निलम्बन गरेको थियो ।

Advertisement
Advertisement

क्यानले उक्त निलम्बन फुकुवा गर्दै राष्ट्रिय टोलीमा समावेश गर्न हतार गर्दै आएको छ । यस्तै अप्रिलमा काठमाडौंमा हुने भनिएको एसिसी प्रिमियर कप, क्यानको वार्षिक साधारण सभा, कार्यसम्पादन समितिको निर्णय अनुमोदन, विशेष साधारणसभासहित जिल्लाको निर्वाचन, क्रिकेटरको २०२३ को वर्गीकरण, र नेपाल टी–२० लिगसहितका एजेन्डा रहेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top