×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

कंगाल बन्दै पाकिस्तान, हवाइ इन्धन सकियो/एयर एम्बुलेन्स रोकियो

२ फाल्गुन २०७९

२ फागुन, एजेन्सी ।
आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानमा विमान र हेलिकप्टरका लागि जेट इन्धनको चर्को अभाव भएको छ । जसका कारण विमानको उडान बन्द गर्नु परेको छ । पाकिस्तानको ईधी एयर एम्बुलेन्सलगायत धेरै कम्पनीहरुले आफ्नो गतिविधि बन्द गरेका छन् । स्काई विङ्स एभिएसन कम्पनीले एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो ।

यसैबीच बेलायतको प्रसिद्ध एयरलाइन्स कम्पनी भर्जिन एट्लान्टिकले पाकिस्तानबाट आफ्नो उडान फिर्ता गर्ने घोषणा गरेको छ । इधी एयर सेवा बन्द हुँदा पाकिस्तानका बिरामीले मार बेहोर्नुपर्ने भएको छ । स्काई विङ्स एभिएसन कम्पनीले पाइलटहरुलाई तालिम दिने गर्दछ ।

Advertisement
Advertisement

ईधी एयर एम्बुलेन्स सेवा बन्द भएमा गम्भीर बिरामीको ज्यान जोगाउने काम ठप्प हुने उसले बताएको छ । उसले स्टेट बैंक अफ पाकिस्तानले जेट इन्धनका लागि लेटर अफ क्रेडिट दिन अस्वीकार गरेको दाबी गरेको छ । यो इन्धन डिसेम्बर २०२२ देखि कराची पोर्टमा अड्किएको छ।

यो जेट इन्धन लिन कम्पनीले २३ हजार डलर तिर्नुपर्ने भएको छ र यसको रकम बैंकमा जम्मा भइसकेको छ । बैंकले स्टेट बैंक अफ पाकिस्तानमा मुद्दा उठाउन डराएको कम्पनीले जनाएको छ । ईधी एयरले इन्धन अभावका कारण आपतकालीन अवस्थामा बिरामीलाई बाहिर निकाल्न अस्वीकार गरेको बताएको छ ।

यस संकटमा कम्पनीले सरकारसँग सहयोग मागेको छ । वास्तवमा पाकिस्तानको डलर सञ्चिति ३ अर्ब डलरभन्दा तल पुगेको छ जसका कारण अत्यावश्यक वस्तु आयात गर्न सकेको छैन । बेलायतको प्रसिद्ध कम्पनी भर्जिन एट्लान्टिकले आगामी केही महिनामा पाकिस्तानमा आफ्नो सेवा बन्द गर्ने घोषणा गरेको छ ।

भर्जिनले हाल बेलायतको हिथ्रो एयरपोर्टबाट लाहोर र इस्लामावाद बीचको उडान सञ्चालन गर्दछ। कम्पनीले मे १ सम्म लन्डन र लाहोरबीच उडान सञ्चालन गर्ने जनाएको छ । लन्डनबाट इस्लामावादको उडान जुलाई ९ सम्म चल्नेछ ।

Advertisement

भर्जिनका प्रवक्ताले भनेका छन् कि उनीहरूले उडानहरू स्थगित गर्ने धेरै गाह्रो निर्णय गरेका थिए। यो एयरलाइन्सले डिसेम्बर २०२० मा पाकिस्तानको लागि उडान सुरु गरेको थियो। पाकिस्तान लगातार आर्थिक संकटको दलदलमा फसेको छ र जताततै ऋणको याचना गरिरहेको छ तर सफल हुन सकेको छैन ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top