×

NEPAL TIMES UPDATES

Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026
Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026
Playing
मन्त्री सस्मितको सम्पत्ति र बाबुको विगत || Nepal Times
Apr 14, 2026
Playing
इ*रानलाई आत्मस*र्मपण गराउन नाकाब*न्दी|| Nepal Times
Apr 14, 2026
Playing
World News: आज Israel–Lebanonबीच दुर्लभ वार्ता, चिनियाँ ट्यांकर होर्मुज पार || Nepal Times
Apr 14, 2026
Playing
पर्यटनको ‘भर्जिन गन्तव्य’ कर्णाली : कहाँ घुम्ने, कसरी पुग्ने ? || Nepal Times
Apr 14, 2026
Playing
अब विश्वास पात्र महासचिवले नै ओलीलाई बिदाइ गर्ने ? || Nepal Times
Apr 14, 2026

राष्ट्रपति माग्न गएका नेम्वाङलाई रवि र माधवले के भने ?

१८ फाल्गुन २०७९

१८ फागुन, काठमाण्डौ ।
राष्ट्रपति निर्वाचन नजिकिएसँगै राष्ट्रपतिका दुई उम्मेदवार यतिबेला भोट माग्न दलका ढोका ढोकामा पुगेका छन् । ८ दलीय गठबन्धनबाट उम्मेदवार बनेका रामचन्द्र पौडेललाई मत माग्न सातै प्रदेशका सांसदलाई काठमाडौंमा भेला पारेर अभिमुखीकरण दिइएको छ भने ब्यक्तिगत रुपमा पनि पौडेलले सबै मतदातालाई पत्र लेखेका छन् ।

यसअघि केही दललाई राष्ट्रपतिका लागि आफ्ना उम्मेदवार सुवास नेम्वाङलाई मतदान गर्न भन्दै पत्र लेखेको एमाले पनि आफ्नै ढंगबाट नेम्वाङका लागि मत माग्न जुटेको छ । एमाले टोलीले आज राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीको कार्यालय पुगेर नेम्वाङका लागि भोट मागेको छ ।

Advertisement
Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले एमालेको टोली राष्ट्रपतिका लागि भोट मागेर फर्किएको बताएका छन्। ’उहाँहरुले राष्ट्रपति चुनावमा सहयोग गर्न आग्रसहित भोट माग्नु भयो’, उनले भने, ’हामीले शुभकामना दिएर पार्टीले निर्णय गरिनसकेकाले पछि मात्रै निर्णय गर्ने जवाफ दियौँ।’ उपसभापति अर्यालका अनुसार पुस १० मा पनि एकै ठाउँ उभिएकाले अहिले पनि मिलेर जानुपर्ने आग्रह एमाले नेताहरुले गरेका थिए।

’पार्टीले निर्णय नगरिसकेकाले त्यसअगाडि हामीले शुभकामना मात्रै दियौँ’, उनले भने, ’केही दिनमै यसबारे पार्टीले ठोस निर्णय लिन्छ।’ स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले भेटमा एमाले प्रतिनिधिले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न आग्रह गरेको र आफूहरुले पार्टीको आन्तरिक छलफल पछि निर्णय लिने जानकारी गराएको बताएका छन् ।

महामन्त्री ढकालले पुस १० गतेको सहमति आफूहरुले मनन गरेको उल्लेख गर्दै त्यसलाई मध्यनजर गरेर बैठकमा छलफल गरी निर्णय गर्नेकुरामा आफ्नो पार्टी रहेको बताए । रास्वपासँग भोट माग्न बिहीबार दिउँसो एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङ राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय पुगेका थिए।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेपछि नेम्वाङसहित एमालेको टोली वसुन्धरा पुगेको थियो। उक्त टोलीमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव योगेश भट्टराईसहित रहेका थिए। रास्वपा पुस १० मा बनेको एमाले नेतृत्वको गठबन्धनको घटक हो।

उसलाई अहिले बनेको आठ दलीय गठबन्धनमा ल्याउने कोसिस भइरहेको छ। नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले नेकपा (एकीकृत समजावादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका छन्। एमालेका उपाध्यक्षसमेत रहेका उनले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न अध्यक्ष नेपालसँग भेट गरेका हुन्।

उनीसँगै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, रघुवीर महासेठ र विमला राई पौड्याल थिए। नेकपा (एकीकृत समाजवादी) बाट अध्यक्ष नेपालसहित उपाध्यक्ष प्रमेश हमाल महासचिव डा. वेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला र सचिवालय सदस्य रामचन्द्र झा छलफलमा सहभागी थिए।

राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै नेपाली कांग्रेसको तर्फबाट आठ दलको समर्थनमा उम्मेदवार रामचन्द्र पौडेल र एमालेका नेम्वाङ राष्ट्रपतिको लागि सहयोग माग्न तीव्र भेटघाटमा छन्। नेकपा (एकीकृत समाजवादी) ले भने बुधवार सचिवालय बैठकबाट राष्ट्रपतिमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई सघाउने निर्णय गरिसकेको छ।

भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नथ खतिवडाले एमालेको प्रतिनिधिमण्डलले राष्ट्रपति चुनावमा एमाले उम्मेदवारलाई मतदान गर्न आग्रह गरेको बताए। उनले पार्टी अध्यक्ष नेपालले मत माग्न आएको धन्यवाद ज्ञापन गर्दै बिदा गरेको बताए।

उनले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टी रामचन्द्र पौडेलेको प्रस्तावक रहेको र तत्काल यसै गर्छौं भन्ने सम्भावना नरहेको उल्लेख गर्दै एक पार्टीले अर्को पार्टीको नैतिकतालाई बुझेर अघि बढेको बताए। त्यस्तै नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आफूहरुले पार्टीबाट उम्मेदवार नेम्वाङलाई राष्ट्रपतिमा मतदान गर्न आग्रह गरेको र कुराकानी सकारात्मक रहेको उल्लेख गरेका छन् ।

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top