×

NEPAL TIMES UPDATES

Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानेको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026

भावी आइजीको रेशमा को–को परे ???

२६ फाल्गुन २०७९

२६ फागुन,काठमाण्डौ ।
गृहमन्त्रालयको बढुवा सिफारिस समितिले पाँच डीआईजीको एआईजीमा बढुवा सिफारिस गरेको छ । आज बसेको बढुवा सिफारिस समितिको बैठकले नेपाल प्रहरीको जनपद प्रहरीतर्फका पाँच प्रहरी नायव महानिरीक्षकहरूलाई सोही समुहको अतिरिक्त महानिरीक्षक पदमा बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिस समितिले गरेको यही सिफारिस मध्येबाट मन्त्रिपरिषद्ले निर्णय गरेपछि उनीहरूको बढुवा कार्यान्वयन हुन्छ । “नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पद संख्या पाँचमा बढुवा गर्न मिति २०७९।११।२६ गते बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार देहाय बमोजिमको जनपद प्रहरी समूहतर्फका प्रहरी नायव महानिरीक्षकहरूलाई सोही समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उप–नियम (४) अनुसार सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ,” बढुवा समितिका सदस्यसचिव एवम् प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement
Advertisement

सिफारिसअनुसार बढुवा सिफारिसको पहिलो नम्बरमा वसन्तबहादुर कुँवरको नाम छ । यस्तै, सिफारिसमा क्रमशः डीआईजीहरू टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यको नाम छ । रिक्त ५ अतिरिक्त महानिरीक्षक–एआईजीमा बढुवा सिफारिस भएकैमध्येबाट नेपाल प्रहरीले आगामी चैत ११ गतेदेखि कार्यभार सम्हाल्ने गरी नयाँ प्रमुख पाउनेछ ।

५ मध्येबाट सरकारले एक जनालाई नयाँ आईजीपीमा बढुवा गर्नेछ । वर्तमान आईजीपी धिरजप्रताप सिंहले आगामी चैत १० गते ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाउँदैछन् । बढुवा समितिको सिफारिसविरुद्ध एक साताभित्र उजुरी दिन सकिनेछ ।

कसैको उजुरी नपरे सिफारिस भएका ५ जनाले चैतको पहिलो साता एआईजीको फुली लगाउने छन् । एआईजीको फूली लगाएकै एक सातामै एक जनाले आईजीपी बन्ने अवसर पाउने छन् । प्रहरी नियमावलीअनुसार सरकारले उपलब्ध एआईजीमध्येबाट र एआईजी नभएको अवस्थामा उपलब्ध डीआईजीमध्येबाट आईजीपी बनाउने उल्लेख छ ।

Advertisement

अन्तिम समयमा भएको बढुवा सिफारिससँगै भावी आईजीपी एआईजीबाट बढुवा हुने तय भएको छ । प्रहरी नियमावलीअनुसार सरकारले कार्य सम्पादन मूल्यांकन, नेतृत्व गर्ने क्षमता, कार्य कुशलतालगायतलाई आधार मानेर आईजीपी बनाउन सक्ने छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top