×

NEPAL TIMES UPDATES

Playing
America र Iranबीचको वार्ता फाइनल, को–को आउँदैछन् इस्लामाबाद? || Nepal Times
Apr 10, 2026
Playing
बालेनका मन्त्रीलाई प्रलोभनमा पार्ने प्रयास, मन्त्रीले नै खोले रहस्य || Nepal Times
Apr 10, 2026
Playing
American सेना आराम गरिरहेका छन्,Iran को हात ‘ट्रिगर’ मै छ|| Nepal Times
Apr 10, 2026
Playing
श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण|| Nepal Times
Apr 10, 2026
Playing
पेट्रोल, डिजल र खाना पकाउने ग्यासमा भारी मूल्य वृद्धि#PETROL #diseal #GAS #BALEN #NEPAL
Apr 10, 2026
Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026

लुम्बिनीमा नयाँ मुख्यमन्त्रीमा कांग्रेसका डिल्ली चौधरीको दाबी

१२ चैत्र २०७९

१२ चैत , काठमाण्डौ ।
लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्रीको रुपमा प्रस्ताव गर्दै ९ राजनीतिक दलले प्रदेश प्रमुख समक्ष दावी पेश गरेका छन् । एमाले र राप्रपाबाहेक ९ दलको समर्थनमा चौधरीले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

केन्द्रीय राजनीतिमा आएको परिवर्तन संगै लुम्बिनी प्रदेशमा पनि नयाँ सरकार गठनमा दलहरु सक्रिय भएका हुन् । एमाले नेतृत्व सरकारमा रहेका माओवादी, जनमत र जनता समाजवादी पार्टी बाहिरिएसँगै सरकारलाई समर्थन दिएका दलहरुले समेत समर्थन फिर्ता लिएको जानकारी गराएका छन् ।

Advertisement
Advertisement

आठ राजनीतिक दल र एक स्वतन्त्र प्रदेश सभा सदस्यको तर्फबाट प्रदेश प्रमुख अमिक शेरचनलाई नयाँ मुख्यमन्त्री नियुक्तीको लागि आइतबार प्रस्ताव पेश गरिएको छ । प्रदेश प्रमुख शेरचनले प्रक्रियागत रुपमा अघि बढ्ने जानकारी दिएका छन् । यस अघि एमालेका लिला गिरी ५८ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

उनलाई गत पुस २७ गते ७ दलका ५६ र २ स्वतन्त्र गरी जम्मा ५८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नेकपा माओवादी केन्द्र, जनमत पार्टी, जनता समाजवादी पार्टी सरकारबाट बाहिरिए पनि एमालेका लीला गिरी मुख्यमन्त्रीको कुर्सीमै छन् । उनले राजीनामा दिने वा सदनमा विश्वासको मतका लागि प्रयास गर्ने संवैधानिक विकल्प हुँदाहुँदै चौधरीले मुख्यमन्त्री दाबी गरेर दबाब बढाएका छन् ।

संवैधानिक व्यवस्था अुनसार गिरीले एक महिनाभित्र प्रदेशसभा समक्ष विश्वास लिन पाउनेछन् । उता शुक्रवार मात्र नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकार छोडेको छ । शुक्रवार गण्डकीमा खगराज अधिकारी नेतृत्वको सरकारमा सहभागी माओवादीका दुई जना मन्त्रीले राजीनामा दिएका थिए ।

गण्डकीमा माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान भौतिक पूर्वाधार मन्त्री र तथा सांसद रेसमबहादुर जग्जाली उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री रहेका थिए । दुवैले राजीनामा दिएपछि एमाले नेता खगराज अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेको हो । अल्पमतमा परेपछि काँग्रेस उनको राजीनामा मागेको छ ।

यता कोशी प्रदेशमा भने माओवादीले तत्काल सरकार नछोड्ने बताउँदै आएको छ । माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले शुक्रवार पत्रकार सम्मेलन गरी कोशी प्रदेशमा तत्काल सत्ताको समीकरण फेरिने अवस्था नरहेको भन्दै सरकार नछोड्ने निर्णय सार्वजनिक गरेका हुन् । कोशीमा माओवादीले समर्थन फिर्ता लिएपनि राप्रपाको साथ विना अहिलेको नयाँ गठबन्धनको सरकार नबन्ने अवस्था रहेको छ ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top