×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

थ्री नेसन्स कपः फाइनल पुग्न नेपाल र भुटान भिड्दै

१४ चैत्र २०७९

१४ चैत, काठमाण्डौ ।
प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत लिग चरणको अन्तिम खेलमा आज नेपाल र भुटान भिड्दैछन् । खेल साँझ ६ बजे दशरथ रंगशालामा हुनेछ । दुवै नेपाल र भुटानले समूह चरणमा लाओसको सामना गरिसकेका छन्। नेपालले पहिलो खेलमा लाओसलाई २–० ले पराजित गर्दा भुटान २–१ ले पराजित भएको थियो ।

नेपालले फितलो प्रदर्शन गरेपनि जित हासिल गरेको थियो । भुटान र लाओसको खेल निकै प्रतिस्पर्धात्मक चलेको थियो । आजको खेलमा नेपालले जित वा बराबरी हासिल गरे फाइनलमा स्थान बनाउनेछ । यसबाहेक १ गोलको अन्तरले हार बेहोरेपनि नेपालले फाइनल यात्रा तय गर्नेछ ।

Advertisement
Advertisement

भुटानले भने फाइनल पुग्न कम्तीमा जित हासिल गर्नुपर्ने समिकरण रहेको छ । लाओसको फाइनल पुग्ने भविष्य पनि यसै खेलले निर्धारण गर्नेछ । नेपालको बराबरी वा जितले लाओस र नेपाल फाइनल पुग्नेछन् । भुटानले ३ गोलको अन्तर वा सोभन्दा बढी गोलले जिते मात्र नेपाल बाहिरिने समिकरण रहनेछ ।

भुटानले हार बेहोरेपनि कप्तान चेन्चो ग्याल्सेनले उत्कृष्ट प्रदर्शन गर्दै गोल गरेका थिए । उनी नेपालकै लिग च्याम्पियन मच्छिन्द्रमा अनुबन्धित हुने चर्चा पनि छ । नेपाल बसाइँ लम्ब्याउन उनीमाथि भुटान निर्भर हुनेछ । चेन्चो ग्याल्सेन भुटानको मुख्य हतियार पनि हुन् । निकै छरिता र चलाख उनी प्रदर्शनकै हिसाबले पनि भुटानका आदर्श फुटबलर हुन ।

जर्सी नम्बर ७ लगाउने उनी भुटानी रोनाल्डोको नामले चर्चित छन् । आजको खेललाई नेपालका कप्तान तथा गोलकिपर किरण लिम्बु र भुटानका कप्तान तथा फरवार्ड चेन्चो बीचको प्रतिस्पर्धाको रुपमा लिइएको छ । व्यवसायिक करिअरमा विगत केही वर्षदेखि किरण र चेन्चो एउटै क्लबबाट खेल्छन्।

भारतको पञ्जाब एफसीबाट यो सिजनसँगै खेलेका किरण र चेन्चोले आइलिगको उपाधि उचाल्ने अवसर पाएका थिए । यसपटक एकअर्काविरुद्ध मैदान उत्रन लागेका दुवै खेलाडी उत्साहित छन् । प्रतियोगिताअघि किरण र चेन्चोले एकअर्काको टिमलाई सम्मान गर्ने बताएका थिए ।

Advertisement
Advertisement

यद्यपी भुटानलाई नेपालका लागि बलियो प्रतिद्वन्द्वी मानिदैन । भुटानसँग अहिलेसम्म खेलेका १४ खेलमा नै नेपाल विजयी भएको छ । नेपालले फुटबल इतिहासमा सबैभन्दा ठूलो जित पनि भुटानविरूद्ध नै हासिल गरेको छ । सन् १९९९ मा नेपालले भुटानलाई ७–० गोलले पराजित गरेको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top