आईएमएफले युक्रेनलाई साढे १५ अर्ब डलर ऋण दिने

१८ चैत, एजेन्सी ।

अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले युद्ध प्रभावित युक्रेनको अर्थतन्त्र सुधारका लागि १५ अर्ब ६० करोड  गरेको छ । चार वर्षीय यो ऋण कार्यक्रमको उद्देश्य सूक्ष्म अर्थतन्त्र र वित्तीय स्थिरताका साथै युद्धले क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण रहेको आईएमएफले जनाएको छ ।

आईएमएफले विज्ञप्तिमा भनेको छ, ’युद्धले युक्रेनको अर्थव्यवस्थामा संकट देखिएको छ, अघिल्लो वर्षको भन्दा आर्थिक गतिविधिमा ३० प्रतिशतले गिरावट आएको छ, जसले गरीबी ह्वात्तै बढेको छ।’ ४८ महिने विस्तारित कोष सुविधालाई आईएमफ बोर्डले पनि स्वीकृत गरिसकेको छ ।

Advertisement

अन्तर्राष्ट्रिय मुद्रा कोषकी उपप्रवन्धक गीता गोपिनाथले भनेकी छन्, ’यस कार्यक्रमको उद्देश्य वित्तीय स्थिरता र युद्धले धरासयी क्षेत्रको संरचनात्मक सुधार हुनेछ।’ आईएमएफले असाधरण रूपमा गम्भीर संकटको सामना गरिरहेका देशलाई ऋण उपलब्ध गराउनेगरी हालै आफ्नो नीति परिमार्जन गरेको थियो ।

यता रूसी विदेशमन्त्री सर्गेइ लाभरोभले राष्ट्रपति भ्लादिमिर पुटिनले अपनाएको नयाँ विदेश रणनीतिले पश्चिमा मुलुक मस्कोको लागि ‘अस्तित्वको खतरा’का रुपमा चित्रण गरेको बताएका छन् । गत वर्ष युक्रेनमा सेना तैनाथ गर्ने रूसको निर्णयपछि पश्चिमा मुलुकसँग रूसको सम्बन्ध चिसिएको बेला यो घोषणा गरिएको हो ।

“हाम्रो देशको सुरक्षा र विकासको लागि अस्तित्वको खतराको प्रकृति, अमित्र राष्ट्रहरूको कार्यद्वारा प्रेरित छ,” विदेशमन्त्री लाभरोभले रूसको सुरक्षा परिषद्को बैठकमा भने । उनले भने, “नीतिमा संयुक्त राज्य अमेरिकालाई रूस विरोधी भावनाको मुख्य उक्साहट र चालकको रूपमा प्रत्यक्ष रूपमा नामकरण गरिएको छ ।”

“रूसलाई हरसम्भव तरिकाले कमजोर बनाउने पश्चिमाहरूको नीतिलाई नयाँ प्रकारको ‘हाइब्रिड’ युद्धको रूपमा चित्रण गरिएको छ,” उनले भनेका छन् । विश्वमा ‘आमूल परिवर्तन’का कारण विश्वव्यापी मञ्चमा संलग्नताका लागि रूसको रणनीतिको अद्यावधिक आवश्यक रहेको बताउँदै उनले आफूले औपचारिक रूपमा ४२ पृष्ठको नयाँ दस्तावेज घोषणा गरेको स्वीकारे ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top