×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-07-2026 || Nepal Times
Apr 07, 2026
Playing
डाटा प्याकेजको ९० प्रतिशत खपत भएपछि पूर्वसूचना दिने || Nepal Times
Apr 07, 2026
Playing
‘इस्लामाबाद सम्झौता’ प्रस्तावमा के छ ? || Nepal Times
Apr 07, 2026
Playing
गिरिजाले दिए,बालेनले खोसे,’अदृश्य सरकार’ ट्रेड युनियनको दबदबाको कथा|| Nepal Times
Apr 07, 2026
Playing
बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै म्याद नथप्न परमादेशको अर्थ के हो ? || Nepal Times
Apr 07, 2026
Playing
इरानले यु*द्धविराम होइन, प्रत्याक्रमण गर्ने,एकैदिन १५५ विमान उडे|| Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी र पदाधिकारीको इन्धन सुविधामा ब्यापक कटौती, अब कति पाउँछन् ?|| Nepal Times
Apr 07, 2026
Playing
उत्तर कोरियामा ड्रोन पुगेपछि दक्षिणका राष्ट्रपतिले मागे माफी || Nepal Times
Apr 07, 2026
Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026

गगनले स्वर्णिमलाई टुरिष्ट भनेपछि रविले दिए जवाफ

२० चैत्र २०७९

२० चैत , एजेन्सी ।
उपनिर्वाचनका लागि पार्टीका उम्मेदवारको मनोनयन दर्ता गर्न आज तनहुँ पुगेका कांग्रेसका महामन्त्री गगन थापाले रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेको आलोचना गरेका छन् । हिजोका दिनमा एकै पार्टीमा रहदा उनको विद्धताको सदूपयोग गर्दै देशभर दौडाएका स्वर्णिमलाई आजका दिनमा गगनले परचक्री देखेका छन् ।

तनहुँ १ मा उपनिर्वाचनमा कांग्रेसका गोविन्द भट्टराईले उम्मेदवारी दर्ता गरेपछि आयोजित कार्यक्रममा बोल्दै थापाले काँग्रेस त्यागेर हालै रास्वपा प्रवेश गरेका वाग्लेलाई टुरिस्ट उम्मेदवारको संज्ञा दिएका छन् । उनले भने, ‘घुम्दै घुम्दै आएका टुरिस्ट उम्मेदवारलाई यहाँका जनताले भन्नुपर्छ कांग्रेस जो आयो त्यसले बजाउने चोकमा राखेको मादल होइन ।

Advertisement

’ थापाले स्वर्णिम वाग्लेलाई लक्षित गर्दै कांग्रेसलाई लात हानेर, कांग्रेसको झ्यालमा ढुंगा हानेर कांग्रेस बदलिन्छ भनेर प्रश्न गरेका छन् । कांग्रेस बदल्न कांग्रेसभित्रै बसेर संघर्ष गर्नुपर्ने उनले बताए । उनले कांग्रेसबाहेक दलका उम्मेदवारलाई टुरिस्टको संज्ञा दिएका हुन् । स्वर्णिम वाग्ले र एमाले उम्मेदवार सर्वेन्द्र खनालतिर लक्षित गर्दै थापाले भने, ’मलाई त भन्न मन लाग्छ तिमीले जागिर खाएर आएको, घर बनाएको, पेन्सन पकाएर आएको हो । म त त्यो बेलामा सडकमा बसेर लडेको हो’, उनले भने, ’छातीमा ढुंगा खाएर बसेको हो ।

जान नसक्ने भएर होइन, जाने क्षमता नभएर होइन। तिमी गयौ भन्नेमा मेरो प्रश्न होइन, तर मलाई यहाँ बस्यौ भन्नेमा तिमीले प्रश्न गर्यौ भने तिमी किन गयौ भन्ने प्रश्न मैले पनि गर्न सक्छु।’ स्वर्णिम वाग्लेप्रति लक्षित गर्दै महामन्त्री थापाले राष्ट्रपतिको उत्तराधिकार गोविन्द भट्टराई भएको बताए । यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि अर्थशास्त्री स्वर्णिम वाग्लेले कांग्रेसलाई गाली गरेर पार्टी छोड्नु राजनीतिक संस्कार नभएको बताएका छन् ।

आज चितवन–२ का कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठको मनोनयन दर्ता गर्न जानुअघि आयोजित कार्यक्रममा बोल्दै महामन्त्री शर्माले कांग्रेसले वाग्लेलाई यहाँसम्म पुग्न मञ्च दिएको बताए । महामन्त्री शर्माले कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी श्रीमती आरजु राणा देउवाको पनि आलोचना गर्न पाइने भए पनि कांग्रेसले हिजोअस्ति राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाएको मान्छेले कांग्रेसमा अवसर पाइनँ भनेर आलोचना गर्न नपाइने बताए ।

यस्तै चितवन–२ मा उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति पनि शर्माले प्रश्न तेर्स्याए । ‘मंसिर ४ को चुनावमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नो नट अगेन भन्ने उहाँले अब फेरि म प्रचण्डको सरकारमा सहभागी हुन्न भन्न सक्नुहुन्छ कि हुन्न?,’ शर्माले भने,‘नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको मिडियालाई १२ भाइ भन्नुभएको छ।

दुवै महामन्त्रीलाई जवाफ फर्काउँदै रास्वपाका सभापति रवि लामिछानेले भने स्वर्णिम वाग्लेजस्तो व्यक्ति राजनीतिमा आउनु राजनीतिको लागि गौरवको विषय भएको उल्लेख गरेका छन् । वाग्लेलाई टुरिष्ट उम्मेदवार नभन्न उनले आग्रह गरे । उनले हिजोसम काग्रेसमा रहदा स्थानीय भएका वाग्ले आज कसरी टुरिस्ट भए भन्दै प्रश्न गरेका छन् ।

तनहुँ १ मा वाग्लेको उम्मेदवारी दर्ता गराउन दमौली पुगेका लामिछानेले वाग्ले त्यही परिवेशबाट हुर्केको अर्थशास्त्री भएको बताए । ’यही माटोको सुगन्धबाट हुर्केको मान्छेलाई पाहुना भन्यो भने माटोको लागि अनुदार हुनेछ’, लामिछानेले भनेका छन् । वाग्लेको प्रशंसा गर्दै लामिछानेले भने, ‘स्वणिम वाग्लेले स्वतन्त्र उम्मेदवारी दिएको भए, मैले पार्टीको उम्मेदवारलाई फिर्ता बोलाएर भएपनि जिताउँथें ।

Advertisement

’ यस्तै स्वर्णिम वाग्ले स्वयंले भने वैशाख १० गते नेपालको नयाँ युगको आह्वान गर्ने दिन भएको बताए । ’नेपालमा सुशासन छैन कुशासन छ । किनबेच र सेटिङ छ । सार्वजनिक संस्थाहरु नालायक छन् । त्यसैले सुशासन प्राथमिकता दिनुपर्ने छ । पुराना भ्रष्टाचारका फाइल खोल्छौं,’ वाग्लेले भने । उनले बिरामी परेको अर्थतन्त्रलाई अब चिरफार नै गर्नुपर्ने बताए ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top