विश्व बौद्ध सम्मेलनमा मोदीले लुम्बिनी सम्झिए

विश्व बौद्ध सम्मेलनमा मोदीले लुम्बिनी सम्झिए

७ वैशाख, एजेन्सी ।
भारतमा दुई दिने विश्व बुद्धिस्ट सम्मेलन सुरू भएको छ । भारतको संस्कृति मन्त्रालयको आयोजनामा भएको सम्मेलनको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका छन् । भारतको पद्मश्री समेत पाएका अमेरिकी प्राध्यापक रोबर्ट थुरमेन, भियतनाम बुद्धिस्ट संघका उपप्रमुख थिक त्रि कुआङ लगायतले बोल्नेछन् ।

भारतलाई बुद्धिस्ट संस्कृति र पर्यटनको विश्व केन्द्र बनाउने उद्देश्यले सम्मेलन आयोजना भएको भारतको युनिभसिर्टटी ग्रान्ट कमिसनले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमा उल्लेख गरेको छ । ‘समकालिन चुनौतीहरूको सम्बोधनः सिद्धान्तबाट व्यवहारसम्म’ नारा दिइएको सम्मेलनमा चिनियाँ अधिकारीहरू भने अनुपस्थित भएका छन् ।

भारतको असोका होटलमा बिहिबार र शुक्रबार हुने सम्मेलनमा चिनियाँ अधिकारीहरू अनुपस्थित हुने भएका छन् । चीनले सीमा समस्यादेखि ताइवानबाट दुई प्रतिनिधि आउने भनेपछि बहिष्कार गरेको भारतिय मिडियाहरूले उल्लेख गरेका छन् । इन्डिया टुडेले अन्तरास्ट्रिय बुद्धिस्ट संघका महानिर्देशक अभिजित हाल्देरलाई उदृत गर्दै दलाइ लामा पनि कार्यक्रममा आउने भएपछि चीन अनुपस्थित हुने बताएको छ ।

दुई दिने सम्मेलनमा बोल्दै मोदीले नेपाल र भारतले बुद्धिस्ट सर्किट बनाउन काम गरेको बताएका छन् । यस्तै बुद्ध जन्मेको ठाँउ लु्म्बिनिमा लुम्बिनिमा इन्डिया इन्टरनेसनल सेन्टर बुद्धिस्ट कल्चरल हेरिटेजका निर्माण गरिएको मोदीले बताएका छन् ।

आफु कासीको सांसद भएको र सारनाथ त्यहि भएको भन्दै मोदीले भारतले स्वतन्त्रताको ७५ वर्ष मनाउँदा सबैभन्दा ठूलो प्रेरणा बुद्धकै लिएको बताए । भारत सरकारको संस्कृति मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बोल्दै मोदीले कुसिनगर अन्तराष्ट्रिय विमानस्थल बनाएको समेत चर्चा गरे । सम्मेलनमा करिब ३० देशका १८० प्रतिनिधि र भारतीय बौद्ध संगठनका १५० प्रतिनिधि सहभागी छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.