×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026
Playing
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चको अस्वीकार || Nepal Times
Apr 16, 2026
Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026
Playing
जेनजी आ न्दो लनः सुरक्षा निकायमाथि अनुसन्धान गर्न समिति गठन गरिने || Nepal Times
Apr 16, 2026
Playing
बफर स्टेट र भाइब्रेन्ट ब्रिज भनेको के हो ?|| Nepal Times
Apr 16, 2026
Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026

नेपाली ब्राण्डको मोटरसाइकल ‘यात्री’ को दर्ता गर्ने बाटो प्रधानमन्त्रीले खोले

१० बैशाख २०८०

१० वैशाख , काठमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्डले नेपालमा बनेका सवारी साधन दर्ता प्रक्रियाका लागि कानुनको मस्यौदा छिट्टै अगाडि बढाउन तथा प्रोत्साहनको नीति ल्याउन निर्देशन दिएका छन् । आइतबार बिहान नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीलाई नेपालमा बनेको सवारी साधन दर्ता नभएको भन्ने गुनासो आएको भन्दै नागरिकको गुनासो सम्बोधन हुनेगरी दर्तासम्बन्धी कानुनको तयारी गर्न र नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने नीति अख्तियार गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले “यात्री” लगायतका नेपालमै उत्पादित सवारी साधनले दर्ता भई काम गर्न नपाएको भनि सञ्चारमाध्यममा आएका गुनासोप्रति आफू गम्भीर रहेको भन्दै सोका लागि आवश्यक कार्यविधिलाई छिटो टुंगोमा पु¥याउन मुख्यसचिवलाई निर्देशन दिएका हुन् । प्रधानमन्त्रीको निर्देशनलगत्तै मुख्यसचिवले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनीलाई तत्कालै नेपालमा उत्पादित सवारी साधनको दर्ता एवं प्रवर्धन सम्बन्धि कानुनको मस्यौदा बनाई पेश गर्न निर्देशन दिएका हुन् ।

Advertisement
Advertisement

‘‘यात्री’ लगायत नेपालमा उत्पादित सवारी साधन दर्ता नभएको भन्ने गुनासोलाई गम्भीरतापूर्वक लिएको छु,’ प्रधानमन्त्री दाहालले भनेका छन्, ‘सवारी साधन दर्ता एवं स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्नेगरी तत्काल कानुनी प्रबन्धको प्रक्रिया अगाडि बढाउन नेपाल सरकारका मुख्यसचिवमार्फत् सम्बन्धित निकायलाई निर्देशित गरेको छु।

’ नीतिगत जटिलताका कारण नेपालमै पहिलो पटक विद्युतीय मोटसाइकलको व्यावसायिक उत्पादन गरिरहेको ’यात्री’ मोटरसाइकलले ६ महिनादेखि उत्पादन बन्द गरेको छ। यात्री मोटरसाइकलले हालसम्म ८० वटाभन्दा बढी मोटरसाइकल बनाएर बिक्री गरिसकेको छ। तर यसरी बिक्री भएका मोटरसाइकलको सवारी दर्ता नै गर्न नमिलेपछि उपभोक्ता मारमा परेका छन्।

दर्ता हुन नसक्दा यात्रीले उत्पादन गरेका मोटरसाइकलहरूले नम्बर प्लेट पाउन सकिरहेका छैनन्। कम्पनीले समेत थप उत्पादन रोक्नुपर्ने अवस्था आएको हो। नेपालमा सवारी दर्ता गर्दा भन्सार प्रज्ञापनपत्र (एलसी) र भन्सार महसुल तिरेको रसिद अनिवार्य बुझाउनुपर्ने व्यवस्था भएकाले समस्या भएको बागमती प्रदेश अन्तर्गतको यातायात व्यवस्था कार्यालयले बताउँदै आएको छ।

यात्री मोटरसाइकलले नेपालमै विद्युतीय सवारी साधन उत्पादन गर्ने लक्ष्यसँगै सन् २०१७ को डिसेम्बरमा कम्पनी दर्ता गरेको थियो। यात्री नेपाली अटोमोवाइल क्षेत्रमा नै पहिलो पटक नेपाली युवाको डिजाइनमा बनेको मोटरसाइकल हो । मोटरसाइकलले पावरको हिसावले केटीएम ड्यूक ३९०, रोयल इन्फिल्डलगायत मोटरसाइकललाई जित्ने दावी गरिन्छ ।

यसका डिजाइनर तथा यात्रीका प्रमुख असिम पाण्डेका अनुसार यसमा लागेका हरेक पाटर्स प्रिमियम छन् भने यसको मुख्य आकर्षण डिजाइन र प्रिमियमनेस हो । यसमा ३० किलोवाटको मोटर प्रयोग गरिएको छ । यो अहिले बजारमा रहेका अन्य इलेक्ट्रीक मोटरसाइकलको तुलनामा यसको पावर अत्यन्त धेरै रहेको छ ।

४२ बीएच पावर र १२० एनएम टर्क प्रदान गर्ने यो मोटरसाइकल एक पटकको फुल चार्जमा २३० किलोमिटर चलाउन सकिन्छ । ० देखि ६० किलोमिटरको स्पीड ४ सेकेन्डभन्दा कम समयमा भेट्टाउने यो मोटरसाइकलले ० देखि १०० किलोमिटरको रफ्तार ६ सेकेन्डभन्दा कम समयमा भेट्टाउन सक्छ । यसमा ६ किलोवाट पर आवरको व्याट्री प्याक दिइएको छ भने यसमा ८ वर्षको वारेन्टि दिइएको छ ।

Advertisement

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top