×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026
Playing
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चको अस्वीकार || Nepal Times
Apr 16, 2026
Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026
Playing
जेनजी आ न्दो लनः सुरक्षा निकायमाथि अनुसन्धान गर्न समिति गठन गरिने || Nepal Times
Apr 16, 2026
Playing
बफर स्टेट र भाइब्रेन्ट ब्रिज भनेको के हो ?|| Nepal Times
Apr 16, 2026
Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026

कतारविरुद्ध नेपालको लज्जास्पद ब्याटिङ,सन्दीप भरमा नेपाल

१४ बैशाख २०८०

१४ वैशाख, काठमाण्डौ ।
एसीसी प्रिमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले कतारसँग खेलिरहेको छ । कीर्तिपुर मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै लज्जास्पद प्रदर्शन गरेको छ । नेपालले ४०.३ ओभरमा सबै विकेट गुमाएर १५७ रनमात्र बनाउन सक्यो ।

१११ रन जोड्दा ९ विकेट गुमाइसकेको नेपालका लागि स्पिन बलर सन्दीप लामिछानेले सर्वाधिक ४२ रन बनाए । उनले ५८ बलमा ६ चौकाको मद्धतले उक्त योगफल बनाएका हुन् । सन्दीपको यो एक दिवसीय क्रिकेटको सबैभन्दा ठूलो योगफल हो । दशौं विकेटका लागि सबैभन्दा ठूलो साझेदारी भएको थियो ।

Advertisement
Advertisement

सन्दीप र ललितनारायण राजवंशीबीच ४६ रनको साझेदारी भएको थियो । ललितले १७ बलको सामना गर्दै मात्र १ रन बनाएका थिए । कप्तान रोहित पौडेलले २७ तथा आसिफ शेखले १९ रन बनाए । अमिर फारुकले ४ तथा ओवाइस अहमदले ३ विकेट लिए । यो खेलको जित हारले नेपाललाई खासै फरक पर्दैन ।

तर नेपालले यही खेलमा कीर्तिमान बनाउन सक्ने थियो । तर नेपालले त जारी प्रतियोगितामै सबैभन्दा कमजोर ब्याटिङ गर्यो । कतार समूह ए को सबैभन्दा कमजोर टिम हो । कतारले एक अंक पनि जोडेको छैन । समूह ए बाट सेमिफाइनल पुग्ने दुई टोलीको टुंगो लागिसकेको अवस्थामा यो खेलपछि समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ ।

नेपाल ३ खेलमा २ मा जित र १ खेलमा अंक बाँड्दै ५ अंकका साथ एक खेल अगाबै सेमिफाइनलमा पुगेको थियो । ओमान ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ सेमिफाइनलमा स्थान बनाएको थियो । नेपाललाई समूह विजेता बन्न कतारलाई जित्नुपर्छ । कमजोर कतारसँग अप्रत्याशित हार बेहोरे पनि नेपाललाई यो प्रतियोगितालाई फरक पर्दैन ।

नेपाल विजयी हुँदा ७ अंकका साथ समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाउनेछ । अंक बाँड्दा नेपाल र ओमान दुवैको समान ६ अंक हुनेछ । नेपाल रनरेटमा अघि रहेर समूह विजेता बन्नेछ । १० राष्ट्र सहभागी प्रतियोगितामा पाँच पाँच राष्ट्रको दुई समूह रहेको छ । हरेक समहका दुई राष्ट्रले शनिबार हुने सेमिफाइनल खेल्नेछन् । आजको अर्को खेलमा हङकङ र कुवेत भिडिरहेका छन् ।

Advertisement

यो खेलको विजेता सेमिफाइनलमा पुग्नेछ । ६ अंकका साथ यूएई सेमिफाइनलमा पुगिसकेको छ । आगामी सोमबार फाइनल हुनेछ । उपाधि विजेता टोली एसिया कपमा खेल्न पाउनेछ । एसिया कपमा यो विजेता टोली भारत र पाकिस्तानको समूहमा रहेर खेल्नेछ । एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ । यस्तै शीर्ष तीनमा रहने टोली एसीसी इमर्जिङ कपका लागि छनोट हुनेछन् ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top