×

NEPAL TIMES UPDATES

Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानेको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026

भारतले २००० को नोट चलनचल्तीबाट हटाउने

६ जेष्ठ २०८०

६ जेठ, एजेन्सी।
भारतको केन्द्रीय बैंकले २००० भारुको नोटलाई बजारबाट फिर्ता लिने निर्णय गरेको छ । भारतको रिजर्भ ब्याङ्कले दुई हजार दरका नोट चलनचल्तीबाट हटाउने घोषणा गरेको हो । शुक्रवार जारी गरेको विज्ञप्तिमा आरबीआईले यी नोटहरू वैध नै रहने तर ३० सेप्टेम्बर २०२३ सम्म ब्याङ्कहरूमा जम्मा गर्न सकिने जनाएको छ ।

साथै बैंकको कुनै पनि शाखामा गएर आफ्नो नोट बदल्न पाइनेछ । यो सुविधा एक पटकमा २० हजार भारुसम्म २ हजारको नोट बदल्न पाइनेछ । नोट बदल्दा अतिरिक्त शुल्क लाग्ने छैन । सर्वसाधारणले आफ्नो ब्याङ्क खातामा दुई हजारका नोट जम्मा गर्न वा जुनसुकै ब्याङ्क शाखामा गएर नोट साट्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।

Advertisement
Advertisement

यस अवधिमा आफूसँग भएको दुई हजारको नोट बैंकमा जम्मा गरिसक्नुपर्ने छ । आरबीआईले अब नयाँ २००० भारुको नोट जारी गर्ने छैन । आरबीआईले दिएको ३० सेप्टेम्बर २०२३ पछि के हुने बताएको छैन । तर नयाँ निर्देशन आउने सम्भावना छ । भारतमा नोभेम्बर १०१६ मा पहिलो पटक २००० भारुको नोट जारी भएको थियो ।

त्यो बेला ५०० र १००० भारुको नोटबन्दी गरेपछि अर्थ व्यवस्थामा मुद्राको आवश्यकता पूरा गर्न २००० भारुको नोट ल्याइएको थियो । जब बजारमा साना नोटको उपलब्धता बढ्यो, त्यसपछि २०१८–१९ मा २००० भारुको नोट छाप्न रोकिएको थियो । समाचारहरुमा जनाइअनुसार ३१ मार्च २०२३ मा ३.६२ लाख करोड मुल्यको २ हजारको भारु नोट बजारमा चलन चल्तीमा थियो ।

यो नोटको सर्वाधिक सर्कुलेशन ३१ मार्च २०१८ मा ६.७३ लाख करोड भारु थियो, जुन कुल नोटको करिव १० प्रतिशत हो । मिडिया रिपोर्टका अनुसार बजारमा केही समययता दुई हजारको नोटको अभाव देखिन थालिएको थियो । कालाधन राख्नेहरुले बैंकमा पैसा नराखेर बाहिरै दुई हजारको नोट जम्मा गरेर राखेको आशंका छ ।

२०१६ मा ५ सय र हजारको नोट बन्द गरिएपछि नयाँ ५ सयको नोट बाहिर चलनमा ल्याइएको हो । केन्द्रिय बैंकले २ हजारको नोट चलनचल्तीबाट हटाउने घोषणा गरेपछि विपक्षी दलहरुले सरकारप्रति कडा प्रतिक्रिया दिएका छन् । कांग्रेस नेता तथ पूर्व अथैमंत्री पी चिदंबरमले भने,२ हजारको नोट कहिले पनि ’क्लीन’ नोट थिएन ।

मानिसहरुले यो नोट प्रयोग ठूलो संख्यामा कहिले पनि गरेनन् । यसको प्रयोग मात्रै कालो धनलाई अस्थायी रुपमा राख्नका लागि भएको थियो भन्दै कटाक्ष गरेका छन् । यस्तै आम आदमी पार्टीका नेता तथा दिल्लीका मुख्यमंत्री अरविंद केजरीवालले ट्वीटमा लेखेका छन्, “पहिले भने २ हजारको नोट ल्याएपछि भ्रष्टाचार बंद हुनेछ ।

अब भन्दैछन् २ हजारको नोट बन्द गरेपछि भ्रष्टाचार सकिन्छ । यसैले हामी भन्ने गर्छौ, पीएम पढेलेखेको हुनुपर्छ ।“ आम आदमी पार्टीकै अर्का नेता सौरभ भारद्वाजले आरोप लगाएका छन्, कि ’जब नोटबंदी गरिएको थियो त्यतिबेला सैयौं मानिसहरुको ज्यान गएको थियो, लाखौं मानिसहरुको कामधन्दा बन्द भएको थियो ।

र अर्थव्यवस्था ठप्प भएको थियो । तर यसको फाइदा न कालो धन खोज्नेमा मिल्यो न न आतंकवाद रोक्नेमा मिल्यो । न त भ्रष्टाचार न्यूनीकरणमै देखियो । समाजवादी पार्टीका अध्यक्ष तथा उत्तर प्रदेशका पूर्व मुख्यमंत्री अखिलेश यादवले पनि आरबीआईको यो निर्णयलाई लिएर मोदी सरकारमाथि निशाना साधेका छन् ।

Advertisement

यस्तै कर्नाटकका मुख्यमंत्री बन्न लागेका कांग्रेस नेता सिद्धारमैयाले भने २ हजारको नोटमाथि रोक लगाएर भाजपा आफ्नो असफलताहरुबाट नागरिकहरुको ध्यान हटाउन चाहान्छ । उनले प्रश्न सोधेका छन्, कि यदी २ हजारको नोटमाथ अब रोक लगाइन्छ भने यसलाई २०१६मा ल्याइएकै किन थियो ? प्रधानमंत्री नोटबंदीको गलत प्रयोग आफ्नो राजनीतिक फाइदाका लागि गर्दैछन् ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top