×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आधा दर्जन गाडीमाथि कुद्यो लरीः ४८ जनाको ज्यान लियो

१६ असार २०८०

१६ असार, एजेन्सी ।
अफ्रिकी मुलुक केन्यामा लरी दुर्घटना हुँदा कम्तिमा ४८ जनाको ज्यान गएको छ । ३० जना भन्दा धेरै घाइते भएका छन् । शुक्रबार बेलुका सिपिङ कन्टेनर बोकेर आएको लरी केन्याको पश्चिमी क्षेत्र लोन्डिआनीको रिफ्ट उपत्यका नजिकै अनियन्त्रित हुँदा सडक छेउछाउमा पार्किङ्ग गरिएका अरु धेरै गाडीसँग ठोक्किएर दुर्घटना भएको स्थानीय प्रहरीको भनाइ छ ।

लरीले पैदल यात्रु तथा ६ वटा भन्दा धेरै गाडीलाई कुल्चेको अलजजिराले जनाएको छ । ज्यान गुमाउनेमा पैदल यात्रुसहित युवा तथा व्यवसायी रहेका छन् । ठक्कर दिएका बस, ट्रक, कार र मोटरसाइकलका टुक्राहरु छरीएका छन् । केन्याका राष्ट्रपति विलियम रुटोले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । केन्यामा ठूला सडक दुर्घटनाको दर बर्सेनि बढीरहेको छ ।

Advertisement
Advertisement

गएको वर्ष पनि मध्य–केन्यामा यात्रुवाहक बस पुलबाट नदीमा खस्दा ३४ जनाको ज्यान गएको थियो । यता छिमेकी देश भारतको महाराष्ट्रमा एक बसमा आगलागी हुँदा २६ यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा तीनजना बालबालिका छन् । सातजना घाइते भएका छन् । उक्त बसमा ३३ यात्रु सवार थिए ।

मुम्बई–नागपुर एक्सप्रेसमा गुडिरहेको बसमा शनिबार बिहान आगलागी हुँदा उक्त हताहत भएको हो । गुडिरहेको बसमा टायर पड्किएपछि खम्बामा ठोकिएको बसमा डिजेल ट्यांकी फुटेर आगो लागेको बीबीसीले जनाएको छ । महाराष्ट्रका मुख्यमन्त्री एकनाथ अभियानले दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई पाँच÷पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने बताएका समाचारमा उल्लेख छ ।

Advertisement

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top