NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
महेश बस्नेतः नेता हुन कि गुन्डा ? पत्रकारदेखि सुदनसम्मलाई धम्की शुक्रबार अशोज ३ , २०८२
फिफा वरियतामा स्पेनको दबदबा, शीर्ष १०मा को छन् ? शुक्रबार अशोज ३ , २०८२
यस्तो हुन्छ जनताको सरकार,सर्किट लागेको भोलिपल्टै छानविन शुक्रबार अशोज ३ , २०८२
पाँच छक्का खाएका दुनिथका पिता हृदयघातले बिते शुक्रबार अशोज ३ , २०८२
पुरानै धुनमा फर्के ओली, प्रचण्ड र देउवा शुक्रबार अशोज ३ , २०८२
Next
Prev

समाचार

अमेरिकाको सडकमा पढेका सर्लाहीका सुनिलको लोभलाग्दो उपलब्धि

सोमवार साउन १५ , २०८०
Reading Time: 1 min read
A A
अमेरिकाको सडकमा पढेका सर्लाहीका सुनिलको लोभलाग्दो उपलब्धि
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१५ साउन,काठमाण्डौ ।
नेपालको ग्रामीण भेगबाट अमेरिका पुगेर एतिहासिक सफलता हात पारेका नेपाली हुन् सुनिलकुमार झा । उनी ‘ईन्टरनेट नेटवर्किङ’ सम्बन्धि विषयमा पिएचडी गरे सरहको मान्यता प्राप्त विश्वभरको सबैभन्दा गाह्रो परीक्षाको सुचीमा पर्ने सिस्को (ऋऋक्ष्भ्) ‘सिस्को सर्टीफाईड ईन्टरनेटवर्क एक्सपर्ट’ प्रमाणपत्र पाउने पहिलो नेपाली हुन् ।

सुचना प्रविधिको हव मानिने अमेरिकाको क्यालिफोर्नियामा अवस्थित ‘सिस्को‘ एक अमेरिकन बहुराष्ट्रिय कम्पनी हो । यसले सुचना–प्रविधि र साईबर सुरक्षाकालागि आवस्यक प्रविधिहरु उत्पादन गर्छ । साथै उक्त प्रविधिलाई आवस्यकता अनुशार परिमार्जन गरि सँचालनमा ल्याउनका निम्ति विभिन्न चरणको परीक्षा लिई दक्ष जनशत्ति समेत उत्पादन गर्ने गर्दछ ।

यस कार्यक्रमको सुरुको १३ वर्षमा अमेरिकाबाट ५ हजार १ सय १९ जना र भारतबाट ५ सय १२ जनाले यो प्रमाणपत्र पाएका थिए । यसै प्रणालीद्वारा संचालित ज्ञद्ध वर्षमा ‘ईन्टरनेट नेटवर्किङ’ (ऋक्ष्क्ऋइ)को प्रमाणपत्र पाउने झा पहिलो नेपाली हुन् । यो सारा नेपालीका लागि गर्वको विषय हो । झाको याँहा सम्मको यात्रा भने विभिन्न आरोह अवरोहले भरिएको छ ।

अनेकौ पटक ठेस लाग्दा कहिल्यै हार नमानेका सुनिल झाको जन्म नेपाल–भारतसीमासँग जोडिएको सर्लाही जिल्लाको सिमरा गाउँमा भएको थियो । सुनिल वाल्यकाल गरिबीमा नै वित्यो । त्यसबेला गाउँमा शिक्षा, स्वास्थ्य, संचार, यातायात र विद्युतजस्ता आधारभुत पूर्वाधारहरु थिएनन्। उनीसँग पढ्ने किताबसम्म थिएनन् । राम्रोलुगा थिएन भने कतै घुम्न जानु त टाढाको कुराथियो।

त्यसैले उनी बाल्यकालमा साथीहरुसँग गोटी खेल्ने गर्थे । यही कुरालाई ध्यानमा राखेर उनका बुवाले उनलाई बरहाथवा स्कुलमा भर्ना गर्न लगे ।र पछि उनलाई गोदैता हाई स्कूलमा भर्ना गरियो। उनको परिवार ठूलो थियो । उनका बुबाका तीन भाइ मध्ये एक जना दृष्टिविहीन थिए । तर उनी तीष्ण बुद्धिका थिए । उनलाई धेरै ज्ञान थियो । उनलाई सबैले कवि भनेर सम्बोधन गर्थे ।

आँखादेख्न नसकेपनि उनलाई रामायण र महाभारतको सबै श्लोकहरु कन्ठस्थ थियो । उनलाई चाणक्य नीति र गीताको राम्रो ज्ञान थियो । गाउँमा कसैलाई सल्लाह चाहिएमा सबैले कवि काकालाई नै सम्झिने गर्थे । उनले सुनिललाई धेरैकुरा सुनाए अनि सिकाए पनि । रामायण र महाभारतको कथा मार्फत धर्म र ज्ञानको कुरा सिकाएका थिए ।

तर त्यसबेला सुनेपनि बुझ्न नसकेका सुनिललाई त्यही बाल्यकालको प्रेरणाले आज एक उदाहरणीय ब्यक्तिका रुपमा स्थापित गरिदिएको छ । एकदिन उनको गाउँमा एकजना अमेरिकन आएका थिए । मानिसहरू उसलाई हेर्न तछाडमछाड गर्दै थिए । उसको बारेमा केही थाहा थिएन नत उसलाई कसैले चिन्दथे तर उनी सबैका प्यारा बनेका थिए ।

यो थाहा पाएर कविले सुनिललाई भनेका थिए , हेर, उसको बारेमा मानिसहरूलाई थाहा छैन्, तर उ अमेरिकाबाट आएकाले सबैले आदरसम्मान गर्दैछन् । देश समृद्ध हुँदा व्यक्तिको बारेमा कसैले सोध्दैन । त्यसैले जब तिमीले उत्कृष्ट काम गर्नेछौ, हाम्रोगाउँ, समाज, देश सबैले प्रसिद्धि पाउने छ । कविको यो भनाइलाई सुनिलले आफ्नो एकमात्रै लक्ष्य बनाए उनले त्यैसेबेला अमेरिका जाने मन बनाए ।

तर सुनिलले सोचे जस्तो सजिलो अमेरिका जान सहज थिएन । नत परिवारले नै उनलाई अमेरिका पठाउन सक्दथ्यो ।राम्रो विद्यालयमा पढाउने पैसा पनि नभएको परिवारले अमेरिका पठाउनु असम्भव जत्तिकै थियो । सुनिल बुवासँग ५ वर्ष सँगै बरहाथवा बसे । पढाइमा एकदमै ध्यान दिन थाले ।

त्यसपछि पहिलो कक्षाको सबै विषयहरु उत्कृष्ट नतिजाले उनी एकैपटक तीन कक्षामा पुगे । बरहथवामा प्राथमिक विद्यालयमात्र रहेकाले उनी थप अध्ययनका लागि सर्लाही कै गोडैता स्कुलमा भर्ना भए । १२ वर्षको बच्चालाई आमाबुवा र घरबाट टाढा बसेर पढ्न सजिलो पक्कै थिएन। विद्यालयको वातावरणले सुनिलको प्रतिभामा झन निखार आयो पढाई, खेलकुदसँगै उनी संगीत र नृत्यमा पनि अब्बल देखिन थालेकोले सबैको आँखाको तारा बन्न सफल भए ।

उनले २०४० सालमा एसएलसी गरे– पहिलो श्रेणी । त्यति बेला ‘फस्ट डिभिजन’ आउन मुस्किल हुन्थ्यो। गरिबीले गाँजेको थियो परिवारलाई। त्यसैले जागिर पाइन्छ भनेर उनका कवि काकाले ‘ओभरसियर’ बनाउने सपना देखे। अनि बरहथवाबाट गाडी चढाएर उनलाई काठमाडौं पठाइदिए। उनले सिभिल ओभरसियरमा डिप्लोमा गरे ।

सिभिल ओभरसियर पास गरे– ६७ प्रतिशत अंक ल्याएर। घरको बाध्यताले उनले जागिर खोज्न सुरु गरे । तर डिप्लोमा सके पनि जागिर पाउन उनलाई मुस्किल पर्याे । एक मन्त्रीका २५ दिनसम्म धाएपछि उनले मासिक १२५० को जागिर पाए। तर, त्यति पैसाले पढाइ खर्चदेखि खान र बस्न सम्भव थिएन । अनि थप अध्ययनका लागि उनले छात्रबृत्ति खोज्न थाले ।

साथीहरु इञ्जिनियरिङ भर्ना भए। आफू पछि परेको महसुस भएपछि जागिर छाडेर बीईमा नाम निकालेको उनी सम्झन्छन्। सुनिलले दुईपटक पुल्चोक इन्जिनियरिङ क्याम्पसमा प्रयास गरे तर असफल भए । असफलताले आत्मविश्वास कमजोर भएपनि उनले हिम्मत हारेनन् । मेहनत गरेर नाम निकालेरै देखाउने अठोट लिए ।

अन्नत उनले ०४६ सालमा तेस्रोपटकमा छात्रवृत्तिमा नाम निकाल्न सफल भए । सुनिल भन्छन् , मैले कडा मेहनत गरेर अध्ययन गरे तापनि मेरो भविष्य स्पष्ट थिएन । जागिर आवश्यक थियो । तर विगतले उनलाई जागिर खोज्नप्रति रुचि जगाएन । एक दिन उनले थाहापाए कि आफ्नो घरधनीको छोरा अमेरिका गएका रहेछन् ।

उनले पनि घरधनीसँग सल्लाह गरेर अमेरिका जाने तयारी गर्न थाले । उनको कडा मिहिनेतले फेरि सार्थकता पायो। अन्तत उनी अमेरिका गएर पढ्न थाले । अमेरिका गएपछि उनले सिभिल इन्जिनियरिङ छाडेर कम्प्युटरकोर्समा मास्टर गर्न थाले। तर उनले सोचे जस्तो सजिलो अमेरिकामा पक्कै पनि थिएन । कलेजको शुल्क तिर्न नसकेर उनले बीचमै पढाई नै छाड्नुपर्यो ।

अचानक आर्थिक मन्दी आयो र उनले आफ्नो जागिर पनि गुमाउनु पर्यो । काम र कलेज दुइटै छुटेपछि उनी सडकमा नै आइसकेका थिए । तर उनले हिम्मत हारेनन् । उनी भन्छन् सडकमा पुगेपछि मैले कवि काकाले सुनाउनु भएको रामायणको श्लोक याद आयो । उनलाई यसले लक्ष्यमा लागिरहन प्रेरणा दियो । उनले सडकमा नै बसेर कम्प्युटरको अठार वटा किताबहरु पढेर सकाएका थिए ।

यसैले त उनी भन्छन् अमेरिकाको सडक पनि मेरोलागि पाठशाला हो । सुनिलले करिब पाँच वर्ष सीसीआईईको तयारी गरेका थिए । १ वर्षसम्म दिनको बाह्रदेखि अठाह्र घण्टासम्म निरन्तर अभ्यास गरेपछि मात्र उनलाई यो सफलता हात परेको थियो । । नेपालबाट भने यो परीक्षा पास गर्ने उनी नै पहिलो ब्यक्ति बने ।

करिब छ वर्ष क्यालिफोर्निया बसेका उनी त्यसपछि कामकै सिलसिलामा अरिजोनामा दुई वर्ष बसे। उनी मेरिल्याण्डमा आएर बसेको करिब छ वर्ष भईसकेको छ । मेरिल्याण्डमा उनकै आफ्नै ल्याब छ। उनी भन्छन् सीसीआई (सिस्को सर्टिफाइड इन्टरनेट नेटवर्क एक्सपर्ट) ल्याबमा गरेर जानिन्छ, पढेर होइन।

उनी सम्झिन्छन् ‘यो परीक्षाको तयारीका लागि अरुले इन्स्टिच्युट गएर पढ्थे, मसँग त्यसका लागि पैसा पनि थिएन। आफैँ तयारी गरेर मैले जाँच दिएको। मैले यसका लागि एक वर्ष तयारी गरेँ’, । उनी अहिले आफ्नै ल्याबमा सर्वरसहित कम्प्युटर नेटवर्क र डेटा बेसको व्यवस्थापन गर्छन । सुनिल रामायण, महाभारबाट निक्कै प्रभावित छन् ।

यसप्रतिको विश्वास भने उनलाई उनका काकाले दिलाएका थिए । त्यसैले सुनिलले आफ्नै जीवनीमा आधारित रहेको पुस्तक प्रकाशनको तयारी गरिरहेका छन् । जसमा रामायण, महाभारत लगायत संस्कृतका धेरै श्लोकहरू र उनका दृष्टिविहीन कवि काकाले सुनाएका कथाहरु समावेश हुनेछन् । वास्तममा पहिलो सिस्को सर्टिफिकेट पाउने सुनिल झा सबैकालागि प्रेरणाको स्रोत बनेका छन् ।

Tags: #अमेरिकाको सडक#नेपालीको प्रेरणाको कथा#सिस्को सर्टिफिकेट#सुनिलको लोभलाग्दो उपलब्धि

लोकप्रीय

महेश बस्नेतः नेता हुन कि गुन्डा ? पत्रकारदेखि सुदनसम्मलाई धम्की

महेश बस्नेतः नेता हुन कि गुन्डा ? पत्रकारदेखि सुदनसम्मलाई धम्की

शुक्रबार अशोज ३ , २०८२
फिफा वरियतामा स्पेनको दबदबा, शीर्ष १०मा को छन् ?

फिफा वरियतामा स्पेनको दबदबा, शीर्ष १०मा को छन् ?

शुक्रबार अशोज ३ , २०८२
अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय

यस्तो हुन्छ जनताको सरकार,सर्किट लागेको भोलिपल्टै छानविन

शुक्रबार अशोज ३ , २०८२

विचार

महेश बस्नेतः नेता हुन कि गुन्डा ? पत्रकारदेखि सुदनसम्मलाई धम्की

महेश बस्नेतः नेता हुन कि गुन्डा ? पत्रकारदेखि सुदनसम्मलाई धम्की

शुक्रबार अशोज ३ , २०८२
फिफा वरियतामा स्पेनको दबदबा, शीर्ष १०मा को छन् ?

फिफा वरियतामा स्पेनको दबदबा, शीर्ष १०मा को छन् ?

शुक्रबार अशोज ३ , २०८२
अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय

यस्तो हुन्छ जनताको सरकार,सर्किट लागेको भोलिपल्टै छानविन

शुक्रबार अशोज ३ , २०८२

थप समाचार

महेश बस्नेतः नेता हुन कि गुन्डा ? पत्रकारदेखि सुदनसम्मलाई धम्की
ताजा समाचार

महेश बस्नेतः नेता हुन कि गुन्डा ? पत्रकारदेखि सुदनसम्मलाई धम्की

शुक्रबार अशोज ३ , २०८२
फिफा वरियतामा स्पेनको दबदबा, शीर्ष १०मा को छन् ?
खेलकुद

फिफा वरियतामा स्पेनको दबदबा, शीर्ष १०मा को छन् ?

शुक्रबार अशोज ३ , २०८२
अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय
आर्थिक

यस्तो हुन्छ जनताको सरकार,सर्किट लागेको भोलिपल्टै छानविन

शुक्रबार अशोज ३ , २०८२
पाँच छक्का खाएका दुनिथका पिता हृदयघातले बिते
खेलकुद

पाँच छक्का खाएका दुनिथका पिता हृदयघातले बिते

शुक्रबार अशोज ३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Americaमाथि व्यापार नाकाबन्दी, Russiaमा शक्तिशाली भूकम्प || Nepal Times

World News: Americaमाथि व्यापार नाकाबन्दी, Russiaमा शक्तिशाली भूकम्प || Nepal Times

00:19:53

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

00:17:46

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय

यस्तो हुन्छ जनताको सरकार,सर्किट लागेको भोलिपल्टै छानविन

शुक्रबार अशोज ३ , २०८२
बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२

हालका पोस्टहरू

महेश बस्नेतः नेता हुन कि गुन्डा ? पत्रकारदेखि सुदनसम्मलाई धम्की

महेश बस्नेतः नेता हुन कि गुन्डा ? पत्रकारदेखि सुदनसम्मलाई धम्की

शुक्रबार अशोज ३ , २०८२
फिफा वरियतामा स्पेनको दबदबा, शीर्ष १०मा को छन् ?

फिफा वरियतामा स्पेनको दबदबा, शीर्ष १०मा को छन् ?

शुक्रबार अशोज ३ , २०८२
अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय

यस्तो हुन्छ जनताको सरकार,सर्किट लागेको भोलिपल्टै छानविन

शुक्रबार अशोज ३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.