×

NEPAL TIMES UPDATES

Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026

अमेरिकाको सडकमा पढेका सर्लाहीका सुनिलको लोभलाग्दो उपलब्धि

१५ श्रावण २०८०

१५ साउन,काठमाण्डौ ।
नेपालको ग्रामीण भेगबाट अमेरिका पुगेर एतिहासिक सफलता हात पारेका नेपाली हुन् सुनिलकुमार झा । उनी ‘ईन्टरनेट नेटवर्किङ’ सम्बन्धि विषयमा पिएचडी गरे सरहको मान्यता प्राप्त विश्वभरको सबैभन्दा गाह्रो परीक्षाको सुचीमा पर्ने सिस्को (ऋऋक्ष्भ्) ‘सिस्को सर्टीफाईड ईन्टरनेटवर्क एक्सपर्ट’ प्रमाणपत्र पाउने पहिलो नेपाली हुन् ।

सुचना प्रविधिको हव मानिने अमेरिकाको क्यालिफोर्नियामा अवस्थित ‘सिस्को‘ एक अमेरिकन बहुराष्ट्रिय कम्पनी हो । यसले सुचना–प्रविधि र साईबर सुरक्षाकालागि आवस्यक प्रविधिहरु उत्पादन गर्छ । साथै उक्त प्रविधिलाई आवस्यकता अनुशार परिमार्जन गरि सँचालनमा ल्याउनका निम्ति विभिन्न चरणको परीक्षा लिई दक्ष जनशत्ति समेत उत्पादन गर्ने गर्दछ ।

Advertisement
Advertisement

यस कार्यक्रमको सुरुको १३ वर्षमा अमेरिकाबाट ५ हजार १ सय १९ जना र भारतबाट ५ सय १२ जनाले यो प्रमाणपत्र पाएका थिए । यसै प्रणालीद्वारा संचालित ज्ञद्ध वर्षमा ‘ईन्टरनेट नेटवर्किङ’ (ऋक्ष्क्ऋइ)को प्रमाणपत्र पाउने झा पहिलो नेपाली हुन् । यो सारा नेपालीका लागि गर्वको विषय हो । झाको याँहा सम्मको यात्रा भने विभिन्न आरोह अवरोहले भरिएको छ ।

अनेकौ पटक ठेस लाग्दा कहिल्यै हार नमानेका सुनिल झाको जन्म नेपाल–भारतसीमासँग जोडिएको सर्लाही जिल्लाको सिमरा गाउँमा भएको थियो । सुनिल वाल्यकाल गरिबीमा नै वित्यो । त्यसबेला गाउँमा शिक्षा, स्वास्थ्य, संचार, यातायात र विद्युतजस्ता आधारभुत पूर्वाधारहरु थिएनन्। उनीसँग पढ्ने किताबसम्म थिएनन् । राम्रोलुगा थिएन भने कतै घुम्न जानु त टाढाको कुराथियो।

त्यसैले उनी बाल्यकालमा साथीहरुसँग गोटी खेल्ने गर्थे । यही कुरालाई ध्यानमा राखेर उनका बुवाले उनलाई बरहाथवा स्कुलमा भर्ना गर्न लगे ।र पछि उनलाई गोदैता हाई स्कूलमा भर्ना गरियो। उनको परिवार ठूलो थियो । उनका बुबाका तीन भाइ मध्ये एक जना दृष्टिविहीन थिए । तर उनी तीष्ण बुद्धिका थिए । उनलाई धेरै ज्ञान थियो । उनलाई सबैले कवि भनेर सम्बोधन गर्थे ।

आँखादेख्न नसकेपनि उनलाई रामायण र महाभारतको सबै श्लोकहरु कन्ठस्थ थियो । उनलाई चाणक्य नीति र गीताको राम्रो ज्ञान थियो । गाउँमा कसैलाई सल्लाह चाहिएमा सबैले कवि काकालाई नै सम्झिने गर्थे । उनले सुनिललाई धेरैकुरा सुनाए अनि सिकाए पनि । रामायण र महाभारतको कथा मार्फत धर्म र ज्ञानको कुरा सिकाएका थिए ।

तर त्यसबेला सुनेपनि बुझ्न नसकेका सुनिललाई त्यही बाल्यकालको प्रेरणाले आज एक उदाहरणीय ब्यक्तिका रुपमा स्थापित गरिदिएको छ । एकदिन उनको गाउँमा एकजना अमेरिकन आएका थिए । मानिसहरू उसलाई हेर्न तछाडमछाड गर्दै थिए । उसको बारेमा केही थाहा थिएन नत उसलाई कसैले चिन्दथे तर उनी सबैका प्यारा बनेका थिए ।

यो थाहा पाएर कविले सुनिललाई भनेका थिए , हेर, उसको बारेमा मानिसहरूलाई थाहा छैन्, तर उ अमेरिकाबाट आएकाले सबैले आदरसम्मान गर्दैछन् । देश समृद्ध हुँदा व्यक्तिको बारेमा कसैले सोध्दैन । त्यसैले जब तिमीले उत्कृष्ट काम गर्नेछौ, हाम्रोगाउँ, समाज, देश सबैले प्रसिद्धि पाउने छ । कविको यो भनाइलाई सुनिलले आफ्नो एकमात्रै लक्ष्य बनाए उनले त्यैसेबेला अमेरिका जाने मन बनाए ।

तर सुनिलले सोचे जस्तो सजिलो अमेरिका जान सहज थिएन । नत परिवारले नै उनलाई अमेरिका पठाउन सक्दथ्यो ।राम्रो विद्यालयमा पढाउने पैसा पनि नभएको परिवारले अमेरिका पठाउनु असम्भव जत्तिकै थियो । सुनिल बुवासँग ५ वर्ष सँगै बरहाथवा बसे । पढाइमा एकदमै ध्यान दिन थाले ।

त्यसपछि पहिलो कक्षाको सबै विषयहरु उत्कृष्ट नतिजाले उनी एकैपटक तीन कक्षामा पुगे । बरहथवामा प्राथमिक विद्यालयमात्र रहेकाले उनी थप अध्ययनका लागि सर्लाही कै गोडैता स्कुलमा भर्ना भए । १२ वर्षको बच्चालाई आमाबुवा र घरबाट टाढा बसेर पढ्न सजिलो पक्कै थिएन। विद्यालयको वातावरणले सुनिलको प्रतिभामा झन निखार आयो पढाई, खेलकुदसँगै उनी संगीत र नृत्यमा पनि अब्बल देखिन थालेकोले सबैको आँखाको तारा बन्न सफल भए ।

उनले २०४० सालमा एसएलसी गरे– पहिलो श्रेणी । त्यति बेला ‘फस्ट डिभिजन’ आउन मुस्किल हुन्थ्यो। गरिबीले गाँजेको थियो परिवारलाई। त्यसैले जागिर पाइन्छ भनेर उनका कवि काकाले ‘ओभरसियर’ बनाउने सपना देखे। अनि बरहथवाबाट गाडी चढाएर उनलाई काठमाडौं पठाइदिए। उनले सिभिल ओभरसियरमा डिप्लोमा गरे ।

सिभिल ओभरसियर पास गरे– ६७ प्रतिशत अंक ल्याएर। घरको बाध्यताले उनले जागिर खोज्न सुरु गरे । तर डिप्लोमा सके पनि जागिर पाउन उनलाई मुस्किल पर्याे । एक मन्त्रीका २५ दिनसम्म धाएपछि उनले मासिक १२५० को जागिर पाए। तर, त्यति पैसाले पढाइ खर्चदेखि खान र बस्न सम्भव थिएन । अनि थप अध्ययनका लागि उनले छात्रबृत्ति खोज्न थाले ।

साथीहरु इञ्जिनियरिङ भर्ना भए। आफू पछि परेको महसुस भएपछि जागिर छाडेर बीईमा नाम निकालेको उनी सम्झन्छन्। सुनिलले दुईपटक पुल्चोक इन्जिनियरिङ क्याम्पसमा प्रयास गरे तर असफल भए । असफलताले आत्मविश्वास कमजोर भएपनि उनले हिम्मत हारेनन् । मेहनत गरेर नाम निकालेरै देखाउने अठोट लिए ।

अन्नत उनले ०४६ सालमा तेस्रोपटकमा छात्रवृत्तिमा नाम निकाल्न सफल भए । सुनिल भन्छन् , मैले कडा मेहनत गरेर अध्ययन गरे तापनि मेरो भविष्य स्पष्ट थिएन । जागिर आवश्यक थियो । तर विगतले उनलाई जागिर खोज्नप्रति रुचि जगाएन । एक दिन उनले थाहापाए कि आफ्नो घरधनीको छोरा अमेरिका गएका रहेछन् ।

उनले पनि घरधनीसँग सल्लाह गरेर अमेरिका जाने तयारी गर्न थाले । उनको कडा मिहिनेतले फेरि सार्थकता पायो। अन्तत उनी अमेरिका गएर पढ्न थाले । अमेरिका गएपछि उनले सिभिल इन्जिनियरिङ छाडेर कम्प्युटरकोर्समा मास्टर गर्न थाले। तर उनले सोचे जस्तो सजिलो अमेरिकामा पक्कै पनि थिएन । कलेजको शुल्क तिर्न नसकेर उनले बीचमै पढाई नै छाड्नुपर्यो ।

अचानक आर्थिक मन्दी आयो र उनले आफ्नो जागिर पनि गुमाउनु पर्यो । काम र कलेज दुइटै छुटेपछि उनी सडकमा नै आइसकेका थिए । तर उनले हिम्मत हारेनन् । उनी भन्छन् सडकमा पुगेपछि मैले कवि काकाले सुनाउनु भएको रामायणको श्लोक याद आयो । उनलाई यसले लक्ष्यमा लागिरहन प्रेरणा दियो । उनले सडकमा नै बसेर कम्प्युटरको अठार वटा किताबहरु पढेर सकाएका थिए ।

यसैले त उनी भन्छन् अमेरिकाको सडक पनि मेरोलागि पाठशाला हो । सुनिलले करिब पाँच वर्ष सीसीआईईको तयारी गरेका थिए । १ वर्षसम्म दिनको बाह्रदेखि अठाह्र घण्टासम्म निरन्तर अभ्यास गरेपछि मात्र उनलाई यो सफलता हात परेको थियो । । नेपालबाट भने यो परीक्षा पास गर्ने उनी नै पहिलो ब्यक्ति बने ।

करिब छ वर्ष क्यालिफोर्निया बसेका उनी त्यसपछि कामकै सिलसिलामा अरिजोनामा दुई वर्ष बसे। उनी मेरिल्याण्डमा आएर बसेको करिब छ वर्ष भईसकेको छ । मेरिल्याण्डमा उनकै आफ्नै ल्याब छ। उनी भन्छन् सीसीआई (सिस्को सर्टिफाइड इन्टरनेट नेटवर्क एक्सपर्ट) ल्याबमा गरेर जानिन्छ, पढेर होइन।

उनी सम्झिन्छन् ‘यो परीक्षाको तयारीका लागि अरुले इन्स्टिच्युट गएर पढ्थे, मसँग त्यसका लागि पैसा पनि थिएन। आफैँ तयारी गरेर मैले जाँच दिएको। मैले यसका लागि एक वर्ष तयारी गरेँ’, । उनी अहिले आफ्नै ल्याबमा सर्वरसहित कम्प्युटर नेटवर्क र डेटा बेसको व्यवस्थापन गर्छन । सुनिल रामायण, महाभारबाट निक्कै प्रभावित छन् ।

Advertisement

यसप्रतिको विश्वास भने उनलाई उनका काकाले दिलाएका थिए । त्यसैले सुनिलले आफ्नै जीवनीमा आधारित रहेको पुस्तक प्रकाशनको तयारी गरिरहेका छन् । जसमा रामायण, महाभारत लगायत संस्कृतका धेरै श्लोकहरू र उनका दृष्टिविहीन कवि काकाले सुनाएका कथाहरु समावेश हुनेछन् । वास्तममा पहिलो सिस्को सर्टिफिकेट पाउने सुनिल झा सबैकालागि प्रेरणाको स्रोत बनेका छन् ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top