चीनले नेपालमा ‘सिल्क रोडस्टर’ परियोजना सुरु गर्ने

१६ साउन ८०, बुधबार

१७ साउन, एजेन्सी ।
छिमेकी राष्ट्र चीनले नेपाल हुँदै आसियानका दक्षिणपूर्वी एसियाली मुलुकमा ‘सिल्क रोडस्टर’ परियोजना सुरु गरेको छ । यो परियोजना चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ अन्र्तगत नै रहेको छ । जसलाई पछिल्लो समय इटालीले छोडेको छ। चिनियाँ राष्ट्रपति सी जिनपिङको सपनाको परियोजना बीआरआईको १० वर्ष पूरा भएपछि चीनले यो परियोजना सुरु गरेको हो ।

चीनले अहिले नेपालमार्फत दक्षिण पूर्व एसियाली र दक्षिण एसियाली देशहरूसँग सहयोगको नयाँ बाटो खोजिरहेको छ जहाँ भारतको रणनीतिक चासो निकै महत्वपूर्ण छ भारत कुनैपनि हालतमा नेपाल बीआरआईमा आवद्ध नहोस् भन्ने चाहानामा छ । तर चीन लगातार बीआरआईको कार्यान्वयनमा जोड दिइरहेको छ । द इकोनोमिक टाइम्सका अनुशार सिल्क रोडस्टर प्लेटफर्म अन्तर्गत धेरै नयाँ परियोजनाहरु सुरु भइरहेका छन्।

चीनले विभिन्न नेपाली दल र सामाजिक संघसंस्थामार्फत यो योजना पूरा गर्न चाहन्छ । चीनले दावी गरेको छ कि सिल्क रोडस्टर प्लेटफर्म व्यावहारिक सहयोग र जनता–जनताको आदानप्रदान बढाउन डिजाइन गरिएको हो। यसका लागि चीनका स्थानीय सरकार, विश्वविद्यालय र संस्थाले स्रोतसाधनसँग समन्वय गर्नुपर्छ ।

Advertisement

यसअन्तर्गत चीनले सीप तालिम, शिक्षा र केही समयका लागि मानिसहरूलाई आउन अनुमति दिएर आफ्नो प्रभाव बढाउने प्रयास गरिरहेको छ। यसका साथै युवाहरुलाई जोडेर चिनियाँ संस्कृतिसँग परिचित गराउने प्रयास गरिनेछ । चीन र दक्षिण एसियाली देशहरूसँगको सांस्कृतिक आदानप्रदानलाई बढाइनेछ।

यस नीति मार्फत चीन आफ्नो परम्परागत बीआरआई नीतिबाट पछि हट्दै सम्पूर्ण क्षेत्रमा सफ्ट पावर कूटनीति बढाउनमा केन्द्रित भएको विश्लेषण गरिएको छ । नेपालले सन् २०१७ मा बीआरआईमा हस्ताक्षर गरे पनि हालसम्म यो आयोजनाअन्तर्गत एउटा पनि आयोजना सुरु भएको छैन । यसैले चीनले लगातार यसको कार्यान्वयनमा जोड दिदै आएको छ ।

Advertisement

पछिल्लो समय माओवादी उपाध्यक्ष अग्नि सापकोटा लगायतको चीन भ्रमण र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाको चीन भ्रमणका क्रममा पनि चिनियाँ नेताहरुले बीआरआईको कार्यान्जयनमा जोड दिएका थिए । पछिल्लो समय पोखरा विमानस्थललाई लिएर नेपाल र चीनबीच विवाद देखिएको थियो ।

चीनले यसलाई बीआरआईको योजना भएको दाबी गर्दै आएको छ भने नेपालले हालसम्म बिआरआईको एउटा पनि आयोजना सुरु भई नसकेको बताएको छ । चीन अहिले नेपाललाई ठूलो ऋण दिने देशहरु मध्येको एक शीर्ष देश बनेको छ । चीनले बीआरआई अन्तर्गत नेपालसम्म रेल सञ्चालन गर्ने योजना बनाएको छ ।

तर, त्यसमा आउने अर्बौं डलर खर्च हुँदा नेपाल डराएको छ । पोखरा विमानस्थलका लागि चीनले नेपाललाई २१ करोड डलर ऋण दिएको छ । जसको ब्याज मात्रै वार्षिक ३३ करोड रुपैया चीनको एक्जिम बैंकलाई बुझाउनु पर्दछ । यति महँगो विमानस्थल निमार्ण सम्पन्न् भएपनि नेपालले यसबाट कुनै पनि अन्तराष्ट्रिय उडान सुचारु गराउन सकेको छैन् ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top