साफ च्याम्पियनसिपमा नेपालको फराकिलो जित,भुटान ४–० ले पराजित

२१ भदौ ७५, बिहीबार
Share this
758shares

ढाका,भदौ २१
साफ सुजुकी कप (साफ च्याम्पियननसिप) मा बिहीबार भुटानमाथि ४–० को जित हासिल गर्दै नेपालले सेमिफाइनल पुग्ने सम्भावनालाई जीवित राखेको छ ।नेपालका लागि उच्च प्रदर्शन गरेका सुनिल बलले ४ मध्ये ३ गोलमा भूमिका निर्वाह गरेका छन् ।

Advertisement

नियमित कप्तान विराज महर्जनसहित नवयुग श्रेष्ठ र भरत खवासलाई पहिलो रोजाइमा नराखेका बालगोपाल महर्जनको टोलीले पहिलो हाफबाट भुटानमाथि दबाब सृजना गरेको थियो । किरण चेमजोङको कप्तानीमा खेलेको नेलालका लागि अनन्त तामाङको गोलबाट अग्रता लिएको थियो भने दोस्रो हाफमा ३ गोल थपेको थियो ।

दास्रो हाफमा सुनिल, भरत खवास र लामो समयपछि राष्ट्रिय टोलीमा फर्केका नीराजन खड्काले गोल गरेका थिए ।२१ औं मिनेटमा अनन्तले हेड गोल गर्दै टोलीलाई अग्रता दिलाएका दिए । सुनिलको कर्नरमा अनन्तले सिक्स यार्ड बक्सबाट गोल गरेका थिए ।

Advertisement

दोस्रो गोल ७० औं मिनेटमा सुनिल आफैले गरे । परिवर्तित नीराजन खड्कालाई निमा वाङ्दीले पेनाल्टी बक्समा फाउल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । विमल घर्तिमगरको पेनाल्टीलाई छिरिङ डेन्डुपले रोकेपछि त्यहि रिबाउन्डमा सुनिलले गोल गरेका थिए ।

राष्ट्रिय टोलीका लागि सुनिललको यो पहिलो ब्यक्तिगत गोल हो । आफ्नो तेस्रो खेलमा सुनिल गोल गर्न सफल भएका थिए । निमाले दोहोरो पहेलो कार्डपछि रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि भुटान १० खेलाडी समिति भएको थियो ।नीराजनलाई फाउल गर्ने निमाले त्यसअघि पनि पहेलो कार्ड पाएका थिए ।

Advertisement

त्यस्तै व्यक्तिगत प्रदर्शनमा भरतले ७९ औं मिनेटमा गोल गरे । राष्ट्रिय टोलीबाट उनको त्यो १० औं गोल थियो । खेल सकिन २ मिनेट बाँकी रहँदा विशाल राईको ठाँउमा ६३ औं मिनेटमा मैदान प्रवेश गरेका नीराजनले हेड गोल गर्दै नेपालको जित सहज बनाए । सुनिलको कर्नरमा नीराजनले हेड गरेका थिए ।

आजै हुने अर्को खेलमा पहिलो खेल जितेका दुई टोली आयोजक बंगलादेश र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । त्यो खेलको नतिजाले पनि नेपालको अघिल्लो चरणको यात्रामा प्रभाव पार्नेछ । नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार बंगलादेशको सामना गर्नेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top