आज नेप्सेमा ४२ अंकको गिरावट

३० भदौ ८०, आइतबार

३१ भदौ ,काठमाडौँ ।
आज साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च अंकको गिरावट आएको छ । गत साताको बुधबार ३९ अंकले बढेको नेप्से परिसूचक आज आइतबार ४२.१४ अंकले घटेर बन्द भएको हो ।आज नेप्से परिसूचक कारोबार सुरु भएदेखि नै ओरालो लागेको थियो ।

नेप्सेमा सेयर बेच्नेहरुको घुँईचो लाग्दा परिसूचक उच्च अंकले घटेको हो । परिसूचक ४२ अंकले घट्दा आज २ अर्ब २ करोड ८४ लाख रुपैयाँ बराबरको ५६ लाख ५९ हजार कित्ता सेयर किनबेच भएको छ ।परिसूचक घटेपनि ११ कम्पनीको सेयर मूल्य बढेको छ । यसमध्ये शुभव पावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

यसबाहेक, २१३ कम्पनीको सेयर मूल्य घट्दा ३ कम्पनीको सेयर मूल्य भने स्थिर छ । आज मोलुङ हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.२१ प्रतिशतले घटेको छ ।परिसूचकमा उच्च अंकको गिरावट आउँदा कारोबार भएका सबै १३ वटै समूहमा गिरावट देखिएको छ ।

यसमध्ये आज जीवन बीमा समूहको सूचक ३२७ अंकले घटेको छ भने निर्जीवन बीमा समूहको सूचक २७७ अंकले घटेको छ । यस्तै, होटल र टुरिजम समूहको सूचक १८५ अंकले घट्दा व्यापार समूहको सूचक १०३ अंक र विकास बैंक समूहको सूचक ९८ अंकले घटेको छ ।

गत साताको बुधबार ३९ अंकले बढ्दै परिसूचक २००७ अंकमा पुगेको थियो । आज ४२ अंकले घटेसँगै परिसूचक पुनः १९ सय अंकमा आएको छ । गत साताको अन्तिम कारोबार दिन नेप्सेमा १ अर्ब ४९ करोड ५५ लाख रुपैयाँको कारोबार भएको थियो । जुन, आजको कारोबारको तुलनामा ५१ करोडले कम हो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top