सीसँग प्रचण्डको १५ मिनेट वान टु वान, के भयो कुरा ?

६ असोज ८०, आइतबार

७ असार, एजेन्सी ।
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले कुनै पनि सैन्य रणनीतिक योजनामा संलग्न हुने नेपालको नीति नरहेको स्पष्ट गर्दै चिनियाँ पक्षलाई आश्वस्त पारेका छन । चीनको हाङचउमा शनिबार चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भएको शिष्टाचार भेटमा प्रधानमन्त्री दाहालले नेपाल असंलग्न र स्वतन्त्र परराष्ट्र नीतिप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपालले लिँदै आएको एक चीन नीतिमा दृढ रहेको बताए ।

एक चीन नीतिप्रतिको प्रतिबद्धतालाई नेपालले व्यवहारबाट पुष्टि गरिसकेको उनको भनाइ थियो । दाहाल र सीबीच १५ मिनेट एक्लाएक्लै र त्यसपछि नेपाल र चिनियाँ उच्च अधिकारीबीच ४५ मिनेट वार्ता भएको थियो । वार्तामा दुवै नेता दक्षिण एसियाको क्षेत्रीय स्थिरता, शान्ति र समृद्धिका लागि सबै क्षेत्रीय शक्तिबीच साझा सहकार्य जरुरी रहेको भन्नेमा सहमत भएका थिए ।

‘बीआरआईमा पहिले नै हस्ताक्षर भइसकेकाले यसलाई कार्यान्वयन गर्न नेपाल प्रतिबद्ध रहेको प्रधानमन्त्रीले स्पष्टसँग चिनियाँ पक्षलाई भन्नुभयो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने, ‘चीनको समृद्धिबाट छिमेकी नेपालले सहयोग लिनुपर्ने कुरा पनि गर्नुभएको छ ।’ चीन र नेपालले एकअर्काको चासो र संवेदनशीलता बुझेर आपसी सहकार्य अझ सघन बनाउन पनि वार्तामा जोड दिएका थिए ।

Advertisement

‘राष्ट्रपति सीले वार्तामा नेपालको आर्थिक, सामाजिक विकासमा खुला दिलले सहकार्य र सहयोग गर्न चीन तयार रहेको सन्देश दिनुभएको छ,’ प्रधानमन्त्री दाहालको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ, ‘सीले शान्तिपूर्ण सहअस्तित्वको पाँच सिद्धान्तका आधारमा नेपाल र चीनले आपसी सम्मान, समर्थन र समान अस्तित्वका साथ ठूलो र सानो देशको कुनै भेदबिना समान सहअस्तित्वसँगै अत्यन्तै नजिकको सम्बन्ध अघि बढाएको स्मरण गर्नुभयो ।

आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने उहाँको विश्वास छ ।’ प्रधानमन्त्री दाहालले चीन र नेपालबीच लामो समयदेखिको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै अहिलेको परिस्थितिमा सीले अघि सारेका नवीनतम् अवधारणा यस क्षेत्रको शान्ति र प्रगतिका लागि महत्त्वपूर्ण रहेको बताएका थिए ।

‘चीनको विकासले एसिया क्षेत्रकै विकासमा सहयोग पुग्ने अपेक्षा प्रधानमन्त्रीले गर्नुभयो,’ आचार्यले जानकारी दिए । राष्ट्रपति सीले प्रधानमन्त्री दाहालसँग यसअघि भएका भेटको चर्चा गर्दै आफू राष्ट्रपति हुनासाथ दक्षिण एसियाबाट पहिलो नेताका रूपमा चीनमा स्वागत गरेको स्मरण गरेका थिए ।

यसैबीच चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार चीन र नेपालले ठूलो र सानो देशबीच समान व्यवहार र विन–विन साझेदारीको एउटा उदाहरण तय गरेको उल्लेख गरेको छ । सीले दुई देशले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सहकार्यमा प्रगति गरेको र ट्रान्स हिमालय बहुआयामिक कनेक्टिभिटी नेटवर्कले आकार लिएको बताए ।

‘नेपाल भूपरिवेष्टित मुलुकबाट भूजडित देशमा रूपान्तरण गर्न, पूर्वाधार कनेक्टिभिटीमा प्रवर्द्धिधत गर्न र पारवहन यातायात सहयोग विस्तार गर्न दुवै पक्षबाट प्रयास गर्नुपर्नेमा सीले जोड दिए । ‘चीन नेपालसँग बहुपक्षीय समन्वयमा सुधार गर्न, दुई देश र अन्य विकासोन्मुख देशहरूको साझा हितको रक्षा गर्न र मान्छेको साझा भविष्य निर्माणलाई प्रवर्द्धन गर्न इच्छुक छ,’ सीको भनाइ थियो ।

दाहालले सीको प्रशंसा गर्दै दूरदर्शी विश्व नेता र नेपालको असल मित्र भएको बताए । ‘नेपाल र चीन एकले अर्कालाई बुझ्न सक्ने मित्र भएकाले एकअर्कालाई समर्थन गर्दै आएका छन । नेपाल एक चीनप्रति सधैं प्रतिबद्ध छ,’ दाहालको भनाइ थियो, ‘ताइवान र तिब्बत दुवै चीनका अभिन्न अंग हुन ।

आफ्नो भूमि चीनको सार्वभौमसत्ता र सुरक्षामा खलल पार्न कुनै पनि शक्तिलाई प्रयोग गर्न नदिन नेपाल दृढ र अटल छ ।’ यस्तै सीसँगको भेटमा दाहालले नेपालले बीआरआईको उच्च प्रशंसा गर्दै यसको सहकार्यमा सक्रिय रूपमा सहभागी हुने भन्दै ट्रान्स हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्क निर्माणमा प्रतिबद्धता व्यक्त गरे । अब दाहालले सोमबार बेइजिङमा चिनियाँ प्रधानमन्त्री ली छियाङसँग भेटवार्ता गर्नेछन । उनी असोज १३ गते स्वदेश फर्कने कार्यक्रम छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top