अब च्याटजिपिटीमा बोलेर प्रश्न सोध्न सकिने

९ असोज, एजेन्सी ।
पछिल्लो समय लोकप्रिय आर्टिफिसियल इन्टेलिजेन्टस (एआई) च्याटजिपिटीमा नयाँ फिचर थपिएको छ। च्याटजिपिटीको मुख्य कम्पनी ओपनएआईले सोमबार च्याटजिपिटीमा बोलेरै प्रश्न सोध्न वा संवाद गर्न सकिने फिचर समावेश भएको घोषणा गरेको हो।च्याटजिपिटीमा प्रयोगकर्ताले कुनै पनि विषयमा प्रश्न सोध्न सक्छन्। र, यसले प्रयोगकर्ताको प्रश्नको उत्तर निकै सहज र संवादात्मक शैलीमा दिन्छ।

ओपनएआईले शेयर गरेको डेमो भिडिओमा एक प्रयोगकर्ताले च्याटजीपीटीलाई कथा भन्न लगाउँछन् । प्रतिक्रियामा च्याटजीपीटीले मानव आवाजमा कथा भनेको सुनिन्छ । त्यस्तै कथा भनिसकेपछि कथामा भएका पात्र, घटनाबारे प्रश्न सोध्दा च्याटजीपीटीले उत्तर दिएको छ ।

च्याटजीपीटीको यो क्षमता ’टेक्स्ट टु स्पिच मोडल’ मा आधारित भएको र केही अक्षर तथा नमूना आवाजका आधारमा यसले मानव आवाज निकाल्न सक्ने ओपनएआईले उल्लेख गरेको छ । यसभन्दा अघिसम्म प्रश्न सोध्ने कार्य वा संवाद अक्षरमा हुने गर्थ्यो भने अब बोलेरै च्याटजिपिटीलाई प्रश्न सोध्न र यहाँबाट उत्तर पाउन सकिने भएको हो।

यसबाहेक च्याटजिपिटीमा चित्रमा आधारित रही पनि संवाद गर्न सकिने घोषणा गरिएको छ। अर्थात् प्रयोगकर्ताले कुनै पनि चित्र च्याटबटलाई देखाएर वा अपलोड गरेर उक्त चित्रकोबारे च्याटबटसँगै संवाद गर्न सकिनेछ। सार्वजनिक भएको जम्मा ९ महिनामै च्याटजिपिटी प्रयोगकर्ताको संख्या उल्लेख्य छ।हाल संसारभर च्याटजिपिटी प्रयोग गर्ने १.४३ बिलियन बढी मानिस रहेको बताइएको छ।

च्याटजिपिटीले प्रयोगकर्ताको दैनिकी सहज बनाउनका साथै यसले अध्ययनहरूमा पनि सहज बनाएको छ। च्याटजिपिटीमा च्याटबटसँग बोलेरै प्रश्न–जवाफ गर्न सकिने भएसँगै यसले संवादलाई थप अन्तरक्रियात्मक बनाउने कम्पनीले विश्वास लिएको छ। यो फिचर च्याटजिपिटीको एनड्रोइड र आइओएस एपमा मात्रै सीमित हुने बताइएको छ। चित्रमार्फत संवाद गर्न मिल्ने फिचर भने सबै प्लेटफर्ममा उपयोग गर्न सकिनेछ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top