×

NEPAL TIMES UPDATES

Playing
इ*रानलाई आत्मस*र्मपण गराउन नाकाब*न्दी|| Nepal Times
Apr 14, 2026
Playing
World News: आज Israel–Lebanonबीच दुर्लभ वार्ता, चिनियाँ ट्यांकर होर्मुज पार || Nepal Times
Apr 14, 2026
Playing
पर्यटनको ‘भर्जिन गन्तव्य’ कर्णाली : कहाँ घुम्ने, कसरी पुग्ने ? || Nepal Times
Apr 14, 2026
Playing
अब विश्वास पात्र महासचिवले नै ओलीलाई बिदाइ गर्ने ? || Nepal Times
Apr 14, 2026
Playing
२०८२ लाई फर्केर हेर्दा,परिवर्तनको संकेत बोकेको वर्ष २०८२ #genz #nepal #newyear|| Nepal Times
Apr 14, 2026
Playing
प्रहरी मारिएकोदेखि न्यायालय जलाइएको वर्ष २०८२ || Nepal Times
Apr 14, 2026
Playing
Top 15 Afternoon News || April-14-2026 || Nepal Times
Apr 14, 2026
Playing
इरानी सेनाको समर्थनमा सडकमा उत्रिए जनता, पुटिनले दिए साथ || Nepal Times
Apr 14, 2026
Playing
Iranले ५ वर्ष आणविक परियोजना रोक्ने, America भन्छ २० वर्ष || Nepal Times
Apr 14, 2026
Playing
पोप लियोलाई गा ली गरेपछि Trump ‘यशु’ बने.... || Nepal Times
Apr 14, 2026

शिखर धवनको सम्बन्धविच्छेद,पत्नीबाटै पीडित भई खेपिरहेका थिए मानसिक यातना

१८ आश्विन २०८०

१८ असोज, एजेन्सी ।
भारतका स्टार क्रिकेटर शिखर धवन र उनकी श्रीमती आयशाको सम्बन्धविच्छेदलाई अदालतले मन्जुरी दिएको छ । दिल्लीको एक फ्यामिली कोर्टले उक्त मन्जुरी दिएको हो । शिखर धवन आफ्नी श्रीमती आयशा मुखर्जीसँग अलग बस्दै आएका थिए । यस क्रममा अदालतले शिखर धवनलाई छोरासँग वर्षौँसम्म अलग राखेर श्रीमतीले मानसिक यातना दिएको स्वीकार गरेको छ ।

बीबीसी हिन्दीका अनुसार दिल्लीको पटियाला हाउस कोर्टले ३७ वर्षीय शिखर धवनलाई मानसिक यातना दिएको आधारमा सम्बन्धविच्छेदको अनुमति दिएको हो । शिखर धवनका वकिल अमन हिंगोरनीले बीबीसीसँगको कुराकानीमा शिखर धवन निकै खुसी भएको र अब उनले अदालतको पालना गर्ने जानकारी दिएका छन् । अदालतले शिखर धवनले दिएको अधिकांश तर्कलाई स्वीकार गरेको छ ।

Advertisement
Advertisement

तर, अदालतले शिखर धवन र आयशा मुखर्जीका छोरा जोरावरलाई स्थायी कस्टडी राख्ने सम्बन्धमा कुनै आदेश दिन अस्वीकार गरेको छ । अदालतले धवनलाई भारत र अस्ट्रेलियामा छोरालाई भेट्न अनुमति दिएको छ । धवनले अब आफ्नो छोरासँग भिडियो कलमा पनि कुरा गर्न सक्नेछन् ।

अदालतले आयशा मुखर्जीलाई छोराको स्कुल बिदामा हरेक वर्ष भारत आउन र कम्तीमा आधा बिदा बुवा र परिवारसँग बिताउन आदेश दिएको छ । धवनले आफ्नो याचिकामा श्रीमतीले सुरुमा आफूसँग भारतमै बस्ने भनेर सहमति गरेको बताए । उनका अनुसार उनले यसो गर्न सकिनन् र त्यसपछि उनले आफ्नो पूर्व पतिसँग गरेको बाचा अनुसार अस्ट्रेलियामा नै बस्नुपर्ने बताइन् ।

आयशाको पहिलो विवाहबाट उनका दुई छोरी छन् । आयशाले आफ्ना पूर्व श्रीमान्सँग उनी अस्ट्रेलिया छोडेर कतै नजाने बचन दिएकी थिइन् । हाल आयशा आफ्ना दुई छोरी र छोरासँग अस्ट्रेलियामा नै बसिरहेकी छिन् । धवन आयशाभन्दा १० वर्ष कान्छा छन् । अदालतले शिखर धवनले भने अनुशार कोभिडको समयमा आफ्नो बुबासँग बस्न चाहँदा आयशाले धेरै झगडा गरेको विषय पनि सत्य रहेको बताएको छ।

आयशाले धवनलाई आफ्ना दुई छोरीलाई मासिक खर्च पठाउन बाध्य परेकी थिइन । धवनले उनलाई हरेक महिना करिब १० लाख रुपैयाँ पठाएका थिए । अदालतले आयशाले अष्ट्रेलियामा रहेको धवनको सम्पत्तिमा बलपूर्वक दबाब दिएर ९९ प्रतिशत स्वामित्व प्राप्त गरेको पनि बताएको छ । अस्ट्रेलियाली नागरिक आयशाको जन्म भारतमा भएको थियो ।

उनका बुबा भारतीय र आमा बेलायती मूलकी हुन्। शिखरभन्दा १० वर्ष जेठी आयशा किक बक्सर हुन् र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइसकेकी छिन् । आयशाको पहिलो विवाह अस्ट्रेलियाली व्यापारीसँग भएको थियो । यस विवाहपछि आयशाका दुई छोरी आलिया र रिया छन् ।

२०१२ मा आयशाले शिखरसँग विवाह गरेकी थिइन । शिखरले आयशाका छोरीहरूलाई धर्मपुत्रीका रुपमा स्वीकारेका थिए। उनीहरु बीच सामाजिक संजालबाट प्रेम सुरु भएको थियो । पछिल्लो समय धवन राष्ट्रिय क्रिकेट टिममा छनौट नभएपनि आइपिएलमा भने खेलिरहेका छन् ।

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top