×

NEPAL TIMES UPDATES

Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026

भिसा पाएका २४ कामदारको इजरायल यात्रामा रोक

२३ आश्विन २०८०

२३ असोज, काठमाण्डौ ।
प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा गरेको आक्रमणमा मारिएका १० जना नेपालीको सम्झनामा सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मंगलबार राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको थियो।

राष्ट्रिय शोकको दिन आज देशभरका सरकारी कार्यालयहरु र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाइने गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिएका छन्। मन्त्रिपरिषद्को बैठकले इजरायलमा ज्यान गुमाएका शव यथाशीघ्र स्वदेश ल्याउने निर्णय पनि गरेको थियो।

Advertisement
Advertisement

यस्तै, इजरायलमा ज्यान गुमाएकाका परिवारलाई १० लाख राहत उपलब्ध गराउने निर्णय पनि सरकारले गरेको थियो। सरकारले इजरायलमा द्वन्द्वग्रस्त तथा जोखिमपूर्ण क्षेत्रमा रहेका नेपालीहरुको उद्धार गरी इच्छुकलाई स्वदेश ल्याउने पनि निर्णय गरेको छ। नेपालीहरुलाई स्वदेश ल्याउन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सको जहाज तयारी अवस्थामा राखिएको छ।

उडानका लागि इजरायलसँग समन्वय भइरहेको र इजरायल सरकारले उडानका लागि सहमति जनाएमा तत्काल जहाज उड्ने बताइएको छ। कृषि विज्ञान विषयमा प्रयोगात्मक अध्ययन कार्यक्रम ‘सिक्दै कमाउँदै’अन्तर्गत नेपालबाट गएका विद्यार्थीहरु हमास समूहको आक्रमणमा परेका हुन्। आक्रमणमा सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका १० जना विद्यार्थीहरु मारिएका हुन्।

मारिएका विद्यार्थीकै क्षेत्रमा कार्यरत विद्यार्थीको भने उद्धार सुरु गरिएको छ। सरकारले इजरायली सेनाको सहयोगमा सोमबार मात्रै केही विद्यार्थीहरुलाई उद्धार गरी सुरक्षित स्थानमा सारेको थियो। जोखिमपूर्ण ठाउँमा रहेका र नेपाल फर्किन चाहने विद्यार्थीलाई एक ठाउँ (सुरक्षित स्थान)मा जम्मा गरेर स्वदेश फर्काइने सरकारले जनाएको छ।

यता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २४ जना सहायक कामदारहरूलाई इजरायलमा यात्रा नगर्न अनुरोध गरेको छ। सोमबार साँझ मन्त्रालयले एक सूचना जारी गर्दै श्रम सम्झौता बमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका लागि छनोट भएका २४ जनालाई यात्रा नगर्न अनुरोध गरेको हो।

Advertisement

भिसा समेत प्राप्त गरिसकेका कामदारहरूको उडानको समय बुधबार बिहान १ बजे तय भएको थियो। इजरायलमा शान्ति र सुव्यवस्था सामान्य भएपछि मात्रै वैदेशिक रोजगार सम्बन्धी थप कारबाही अघि बढाउन मन्त्रालयले अनुरोध गरेको छ ।

भर्खरको समाचार

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

सम्बन्धित खबरहरु

Scroll to Top