क्याम्ब्रियन पट्रोल अभ्यासमा नेपाली सेनालाई कास्य

२३ असोज ८०, बुधबार

२४ असोज,काठमाण्डौ ।
प्रधान सेनापति महारथी प्रभुराम शर्माले संयुक्त अधिराज्यको वेल्स ब्रेकनस्थित सेनीब्रिज ट्रेनिङ एरियामा सञ्चालन भइरहेको प्रतिस्पर्धात्मक क्याम्ब्रियन पट्रोल अभ्यासमा सहभागीहरूलाई पद तथा प्रमाणपत्र वितरण गरेका छन् ।

अभ्यासमा नेपाली सेना लगायत क्यानडा, मेसोडोनिया, कतार, फिलिपिन्स र बेलायती सेनाका टोलीहरूलाई आइतबार आयोजित कार्यक्रमबिच पदक तथा प्रमाणपत्र वितरण गरिएको नेपाली सेनाले जानकारी दिएको छ । गत असोज १९ गते आरम्भ भएको सो प्रतिस्पर्धात्मक अभ्यासमा सहभागी नेपाली सेनाको टोलीले रजत पदक प्राप्त गरेको छ ।

विशेष गरी पैदल फौजको पेसागत ज्ञान, सीप, रण कौशल, शारीरिक सहिष्णुताका साथै व्यक्तिगत एवं सामूहिक रूपमा गरिने फौजी कारबाहीको स्तर जाँच तथा मूल्याङ्कन गरिने उक्त अभ्यासमा भाग लिने टोलीले ४८ घण्टाको समयावधिभित्र हतियार तथा ३२ के।जी। तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामाग्रीसहित करिब ६५ किलोमिटरको दुरी पुरा गर्नुपर्दछ ।

अभ्यासमा ७५ प्रतिशत भन्दा बढी अङ्क प्राप्त गर्ने टिमलाई स्वर्ण पदक, ६५ देखि ७४.९ प्रतिशत अङ्क प्राप्त गर्ने टिमलाई रजत पदक र ५५ देखि ६४.९ प्रतिशत अङ्क प्राप्त गर्ने टिमलाई कांस्य पदक प्रदान गरिन्छ । सन् १९६० बाट वार्षिक रूपमा बेलायतमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको यस प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ बाट भाग लिँदै आइरहेको छ ।

यस वर्षको अभ्यासमा विभिन्न ३१ राष्ट्रका ३८ वटा अन्तर्राष्ट्रिय टिमका साथै कुल १११ वटा टिम सहभागी छन् । हालसम्म नेपाली सेनाको टोलीले उक्त प्रतिस्पर्धात्मक अभ्यासमा स्वर्ण–२, रजत–३ र कांस्य–२ गरी कुल ७ पदक प्राप्त गरिसकेको छ ।

भर्खरको समाचार

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

सम्बन्धित समाचार

Scroll to Top