हिमालय मातृभूमी फाउण्डेसनको अवधारणा पत्र सार्वजनिक

२७ असोज ८०, आइतबार

२८ असोज, विराटनगर ।
हिमालय मातृभूमी फाउण्डेसनको अवधारणा पत्र सार्वजनिक गरिएको छ । गैर नाफामूलक सामाजिक संस्थाको रूपमा स्थापित फाउण्डेसनले विराटनगरमा एक औपचारिक कार्यक्रमका बिच अवधारणा पत्र सार्वजनिक गरेको हो । फाउण्डेसनको ‘सुशासन, विकास र समृद्धीको लागि राष्ट्रिय अभियान–२०८०’ को अवधारणा–पत्र सार्वजनिक गरियो ।

कार्यक्रममा बोल्दै फाउण्डेसनका अध्यक्ष टिकाराम पुरीले अति राजनीतिकरणले देश अधोगति तर्फ लागेको भन्दै अब राजनीतिमा देखिएको भ्रष्टिकरणलाई परास्त गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । राजनीति कहाँसम्म गर्ने भन्ने सीमा निर्धारण नहुँदा सबै पक्ष अस्तव्यस्त रहेको भन्दै उनले भने,‘राजनीति के–के मा गर्ने? न्यायालयमा, सुरक्षा निकायमा, शैक्षिक क्षेत्रमा पनि राजनीति गर्न हुन्छ? ‘त्यहाँ पनि राजनीतिक भागबण्डा हुँदा देश विग्रने उनले बताए ।

सबै तिर असफल भएका वा केहि गर्न नसक्नेहरुले राजनीति गर्ने मान्यता त स्थापित हुँदैछैन भन्दै उनले राजनीतिमा सक्रिय नेता त झन आय आर्जन र उत्पादनसँग जोडिनै पर्ने बताए । ‘देशमा कमाइ खाने वर्गलाई माफिया करार गरिन्छ,’ उनले भने,‘सामान्य मान्छेको नजरमा लुटेराको परिचय बनाइदिने काम यीनै राजनीतिकर्मीहरूले बनाएको हो ।’

Advertisement

अध्यक्ष पुरीले आफै कमाएर खाने वर्गले मुलुकको नेतृत्व नगर्दासम्म मुलुक समृद्ध हुन नसक्ने समेत बताए । अहिलेका प्रमुख राजनीतिक दलहरुले देशमा ठूला–ठूला राजनैतिक परिवर्तन ल्याउन अहम भूमिका खेलेको भूल्न नहुने बताएका अध्यक्ष पुरीले तर त्यसकै बलमा राजनीतिमा घुसेको भ्रष्टीकरणको चर्को विरोध गर्नुपर्ने बताए ।

मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याउन यीनै दलहरुको भूमिका रहेपनि पछिल्लो समय खुलेका भ्रष्टचार, अनियमितता फायलहरु दलकै मिलिभगतमा सामसुम हुने गरेको अध्यक्ष पुरीले कटाक्ष गरे । नेपालको राजनीति सधै अस्थिर रहने गरेको भन्दै उनले अहिलेको निर्वाचन प्रणाली नै बदल्न आवश्यक रहेको बताए ।

Advertisement

आर्थिक अवस्थामा देश अधोगती तिर लागेको चर्चा गर्दै अध्यक्ष पुरीले नेपालका युवा पुस्ता जसरी अहिले विश्वका विभिन्न मुलुकहरुमा पलायन भइरहेका छन त्यसले समृद्ध मुलुकको कल्पना गर्न नसकिने बताए । अध्यक्ष पुरीले भने,‘ विभिन्न बाध्यताले जसरी युवाहरु दैनिक विदेश पलायन भइरहेका छन, यसले युवा विहिन राष्ट्र नेपाल हुने बाटोतर्फ अग्रसर भइरहेको छ ।

’ युवा नभएको देशमा जेष्ठ नागरिक र बालबालिका मात्रै भएर देशको विकास सम्भव नभएको उनले बताए । यस्तै उनले संघीयता आवश्यक रहेपनि संरचनामा केहि सुधार गर्नुपर्ने आवश्यकता रहेको आल्याए । घाटा बजेटमा मुलुक धेरै दिन टिक्न नसक्ने भन्दै अध्यक्ष पुरीले देशमा उत्पादनको वातावरण बनाउन राज्यलाई दवाव दिन आवश्यक रहेको बताए । उनले फाउण्डेसनले चालेको यो अभियानलाई देशभर र्पुयाउने र राज्यलाई सुसाशनका लागि दवाव सृजना गर्ने समेत बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top