आज सुनको मूल्यले बनायो नयाँ रेकर्ड / तोलाको १ लाख १६ हजार रुपैया कायम

१० कात्तिक ८०, शुक्रबार

१० कात्तिक , काठमाडौं ।

Advertisement

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा पाँच सय रुपैयाँले बढेको छ ।आज छापावाल सुन तोलामा एक लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि कात्तिक ३ गते तोलामा एक लाख १५ हजार ५०० रुपैयाँमा कारोबार हुँदै नयाँ रेकर्ड बनाएको थियो । उक्त रेकर्ड ब्रेक गर्दै आज नयाँ रेकर्ड कायम भएको छ ।आज तेजाबी सुन तोलामा एक लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Advertisement

चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top