पब्जी विश्वकपमा नेपालको ‘डीआरएस गेमिङ’

९ कात्तिक ८०, शुक्रबार

१० कार्तिक, काठमाण्डौ ।
नेपाली पब्जी टिम ‘डीआरएस गेमिङ’ले पब्जी विश्वकप अर्थात् ‘पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२३’ खेल्ने भएको छ । पब्जी मोबाइलले आफ्नो फेसबुक पेज ‘पब्जी मोबाइल ई–स्पोर्ट्स’मा पोस्ट गर्दै नेपाली टिम ‘डीआरएस गेमिङ’ सहित युरोप क्षेत्रको टिम ‘जी ग्लाडिएटर्स’ले पब्जी विश्वकप खेल्ने जानकारी दिएको हो ।

उक्त पोस्टमा यि दुई टिमबाट राम्रो प्रदर्शन भइरहेकाले विशेष आमन्त्रण गरिएको भनिएको छ । डीआरएस गेमिङले अब नोभेम्बर २ देखि डिसेम्बर १० सम्म चल्ने पब्जी विश्वकपमा प्रतिस्पर्धा गर्नेछ । डीआरएस गेमिङले पब्जी विश्वकपको लिग स्टेजबाट आफ्नो यात्रा सुरु गर्नेछ । यसभन्दा अघिको पब्जी विश्वकप अर्थात पीएमजीसी २०२२ मा ‘डीआरएस गेमिङ’ दोस्रो स्थानमा रहन सफल भएको थियो ।

‘डीआरएस गेमिङ’ सहितका नेपाली टिम केही समय अगाडि भएको ’पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एसिया च्याम्पियनशिप फल २०२३’ मा सोचे अनुरूप खेल्न नसक्दा पब्जी विश्वकपमा पुग्न असफल भएको थियो । ‘पीएमपीएल साउथ एसिया च्याम्पियनशिप फल २०२३’ को फाइनलमा डीआरएस गेमिङले १० औँ स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

Advertisement

डीआरएस गेमिङका सुविन श्रेष्ठ प्रजापती (रुल्ज), दीपेश गुरुङ (डेल्टा), साहस भण्डारी (किलर वाईटी) र समीर गुरुङ (ग्यान्टे) सम्मिलित छन् । द रियल सोल्जर्स (डीआरएस), सन् २०१८ मा मोबाइल पब्जी खेल सार्वजनिक भएलगत्तै हङकङमा बस्ने अशेष राईले आफ्नो साथी सर्कलका खेलाडीहरु जम्मा पारेर प्रतियोगिता खेल्न लाग्दा जुरेको नाम हो– डीआरएस ।

सन् २०२० को अगष्टमा डीआरएस गेमिङको नामबाट संस्था दर्ता गर्दा सहसंस्थापकका रुपमा अशेषसँगै भिक्टर पौडेल थपिए । उनी कम्पनीको सीईओको पनि भूमिकामा छन् । संगीन भट्टराई व्यवस्थापकका रुपमा सुरुदेखि नै टिमसँगै छन् ।

Advertisement

नेपालको पब्जीमा व्यावसायिक सुरुवात गर्ने श्रेय डीआरएसले पाएको छ । इण्डोनेसियाको जाकार्तामा सम्पन्न पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पीएमजीसी)मा नेपालको डीआरएस टिम उपविजेता बन्यो । विश्वस्तरमा यति ठूलो सफलता र लोभलाग्दो पुरस्कार राशीले धेरैको ध्यान तानेको थियो ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top