गाजामा शरणार्थी नै निशानमा, ह्वाइट हाउसअघि विशाल प्रदर्शन

१८ कार्तिक, काठमाण्डौ ।
मध्य गाजापट्टीको अल मगाजी शरणार्थी शिविरमा शनिबार राति भएको विस्फोटमा कम्तीमा ३३ जनाको मृत्यु भएको छ । इजरायली सेनाले गरेको सो आक्रामणमा परी अन्य १०० जना घाइते भएका छन् । देर अल बालाहको अल अक्सा सहिद अस्पतालका नर्सिङ प्रमुख डाक्टर खलील अल डाकरानले सीएनएनलाई बताएअनुसार सो घटनामा इजरायललाई जिम्मेवार ठहराएका छन ।

Advertisement

तर, इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले यस क्षेत्रलाई लक्षित गरेको हो कि भनेर गरिएको प्रश्नमा तत्काल कुनै टिप्पणी गरेको छैन् । डाक्टर अल डाकरानले धेरै पीडित महिला र बालबालिका रहेको र अस्पतालमा थप शव ल्याउने क्रममा मृत्यु हुनेको संख्या बढ्ने बताएका छन् । अल अक्सा अस्पतालमा खिचिएको भिडियोमा सेतो तार पाल मुनि राखिएको धेरै शव र पाँच बालबालिकाको देखाइएको छ ।

अल मगाजी शिविरका निवासी जमाल अल अलौलले भने, हामी सुतिरहेका थियौं जब अचानक पूरै भवन हामीमाथि खस्यो । सो घर खस्दा आफ्ना दुई बालबालिकाको मृत्यु भएको उनले बताएका छन । उनले भवनमा धेरै मानिस रहेको र अरु कत्ति जनाको हत्या भएको छ ? त्यो अहिले नै एकिन गर्न नसकिने जनाएका छन् ।

Advertisement

‘मैले रातो बत्ती देखेँ, त्यसपछि हामी सोफामा हल्लिरहेका थियौं, मेरा सबै दिदीबहिनीहरू चिच्याइरहेको थिए, जब मैले आफूलाई जिउँदै पाएँ, मैले अझै पनि कोही जीवित छन् की भनी हेरेका थिएँ तर कोही जीवित थिएनन्,’ अर्का शिविर निवासी समह शाकौराले भने । अल मगाजी शरणार्थी शिविर वादी गाजाको दक्षिण तटीय एन्क्लेभको मध्य भागमा अवस्थित छ ।

उता, इजरायली सेनाले गाजा शहर र उत्तरी गाजामा आफ्नो हवाई र जमिन आक्रमणलाई तीव्र पारेकोले गाजाका नागरिकहरूलाई वादी गाजाको दक्षिणतिर जान बारम्बार आह्वान गरिरहेको छ । यसैबीच यता युद्धविरामको लागि आव्हान गर्दै शनिबार वासिंगटन डीसी र युरोपका प्रमुख सहरहरूमा हजारौं प्रदर्शनकारीले जुलुस निकालेका छन् ।

Advertisement

प्यालेस्टाइन समर्थक प्रदर्शनकारीहरूको भीड अमेरिकाको राजधानीको ‘फ्रिडम प्लाजा’ मा भरिएको थियो । सो क्रममा प्रदर्शनकारीका तर्फबाट बोल्दै वक्ताहरूले गाजामा युद्धविराम र इजरायललाई अमेरिकी सहयोग अन्त्य गर्नका लागि सार्वजनिक रुपमा आव्हान गरेका थिए ।

नेशनल मल र ह्वाइट हाउस नजिकै रहेको फ्रिडम प्लाजा रातो, हरियो र कालो पहिरन र प्यालेस्टिनी झण्डा फहराउने नाराबाजी गर्ने प्रदर्शनकारीहरूले भरिएको थियो । वक्ताहरूले अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनलाई गाजाको संकटको प्रतिक्रियाको लागि आलोचना गरेका छन ।

उनीहरुले युद्धविरामको लागि बाइडेनले आव्हान गरेनन् भने २०२४ मा राष्ट्रपतिलाई समर्थन नगर्ने बताएका छन् । वासिङ्टनमा प्यालेस्टिनी समर्थक जुलुसको केही सातापछि यो ¥याली निकालिएको हो । भीडले ह्वाइट हाउस र त्यसपछि फ्रिडम प्लाजामा मार्च गर्ने अपेक्षा गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top