चीनमा जापानी जासुसीको जगजगी, १७ जना जेलमा

२७ कात्तिक ८०, मंगलबार

२८ कार्तिक,एजेन्सी ।
चिनियाँ जेलमा १७ जापानी नागरिकहरु १२ वर्षका लागि थुनिएका छन् । उनीहरुमाथि जासुसी गरेको आरोप छ । चिनियाँ जेलमा रहेका आफ्ना नागरिकलाई रिहा गर्न जापानले चीनसँग आग्रह गरेको टोकियोका वरिष्ष्ठ सरकारी प्रवक्ताले सोमबार बताएका छन् ।

“हामीलाई थाहा छ चीनको हुनान प्रान्तको उच्च अदालतमा नोभेम्बर ३ मा ५० वर्षीय एक जापानीलाई १२ वर्षको जेल सजाय सुनाइएको छ, उनलाई सन् २०१९ जुलाईमा हिरासतमा लिइएको थियो, उनको पुनरावेदन खारेज गरिएको थियो”, हिरोकाजु मात्सुनोले भने, “जापानी नागरिकको सुरक्षाको दृष्टिकोणले जापान सरकारले सक्दो सहयोगलाई जारी राख्नेछ ।”

जापानको विदेश मन्त्रालयका अनुसार सन् २०१५ मा चीनको संशोधित जासुसीविरोध कानून लागु भएपछि कम्तीमा १७ जापानीलाई चिनियाँ अधिकारीहरूले हिरासतमा राखेका छन् । जापानी औषधि कम्पनी एस्टेलसका एक जापानी कर्मचारीलाई पक्राउ गरिएको गत महिना चीनस्थित जापानी राजदूतावासले पुष्टि गरेको थियो ।

जासुसीको आरोपमा उनलाई महिनौँदेखि हिरासतमा राखिएको बेइजिङले बताएको थियो । चीनका राष्ट्रपति सी जिनपिङ र जापानी प्रधानमन्त्री फुमियो किसिदा दुवै यसै साता सान फ्रान्सिस्कोमा एसिया–प्रशान्त आर्थिक सहयोग (एपिइसी) शिखर सम्मेलनमा सहभागी हुँदै छन् ।

बैठकका क्रममा जापान–चीन शिखर सम्मेलनका सम्बन्धमा कुनै निश्चित योजना नबनेको मात्सुनोले बताएका छन् । दुवै पक्षका कूटनीतिज्ञहरूले राष्ट्रपति सी र प्रधानमन्त्री किसिदाबीच भेटवार्ता गराउने दिशामा काम गरिरहेको जापानी स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।

यदि सी र किसिदाबीच वार्ता भयो भने एजेन्डामा चीनले हिरासतमा लिएका जापानी नागरिकलाई पनि समावेश गरिने सरकारी स्रोतलाई उद्धृत गर्दै जापानी समाचार समिति जिजीले बताएको छ ।

टोकियोले फुकुसिमा आणविक प्लान्टबाट फोहरपानी छाडेपछि जापानी समुद्री खानाको आयातमा चीनले लगाएको प्रतिबन्धको विषय पनि प्रधानमन्त्री किसिदाले उठाउनु हुने जिजीले बताएको छ । हालैका वर्षमा बेइजिङले आफ्नो छिमेकी मुलुक जापानका लागि जासुसी गरेको आरोपमा जापानी र चिनियाँ दुवै नागरिकलाई हिरासतमा लिएको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top