११ मंसिर, काठमाण्डौ ।
’राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ’ नाम दिएर मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरेको आन्दोलनका क्रममा सहभागि भएका आचार्य श्रीनिवास काठमाडौबाट पक्राउ परेका छन् । गौशालामा अभियानको प्रर्दशनको क्रममा भाषणमा भड्काउ खालका अभिव्यक्ति दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो प्रसाईं नेतृत्वमा भएको आन्दोलनमा आफ्ना समर्थक सहित पुगेका उनले भीडलाई उत्तेजित पार्ने अभिव्यक्ति दिएका थिए।
त्रिशुल सहित पुगेका उनको टोलीले प्रहरीलाई आक्रमण गर्ने प्रयास गरेको प्रहरीले बताएको छ । गेरुवस्त्रमा त्रिसुल सहित आएर उग्र अभिव्यक्तिसँगै सडक अवरुद्ध पार्न खोजेपछि उनलाई पक्राउ गरेको दाबी प्रहरीले गरेको छ। मंसिर ७ यता प्रसाईंले राजतन्त्रसहितका विभिन्न माग गर्दै सडक आन्दोलन गर्दै आएका छन्।
७ गतेको प्रर्दशन त्यसपछि दिएको अभिब्यक्तिले प्रसाई ८ गते घरमै प्रहरीको नजरबन्दमा परेका थिए । नजरबन्दविरुद्ध अदालतमा बन्दी प्रत्यक्षीकरण रिट हालेपछि त्यसको सुनुवाई अघि नै नजरबन्दमुक्त भएका प्रसाईले काठमाडौंका विभिन्न ठाउँमा प्रर्दशन गर्दै आएका छन् ।
आजको गौशलाबाट पक्राउ परेका श्रीनिवास भने धरान घटनाका विषयमा हिंसात्मक अभिव्यक्ति दिएका कारण केही समयअघि समेत पक्राउ परेका थिए । यसअघि विराटनगरमा उनले माहोल आफ्नो पक्षमा पार्नका लागि आफूले नै आफूलाई गोली हान्न लगाएको खुलेको थियो । आचार्यमाथि २०७५को चैत २५ गते गोली प्रहार भएको थियो ।
तर, अनुसन्धानका क्रममा आफैंले योजना बनाएर गोली हान्न लगाएको देखिएपछि आचार्यलाई पक्राउ गरिएको थियो । घटनापछि गोली प्रहारमा संलग्न भएको अभियोगमा पक्राउ परेका दुई जनाले आचार्य श्रीनिवासले नै योजना बनाएर आफूलाई गोली हान्न लगाएको बयान दिएका थिए । आफैंमाथि गोली हान्न लगाएको अभियोगमा श्रीनिवास पूर्पक्षका लागि १० दिन जेल चलान भएका थिए ।