सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला एक लाख २० हजार ८ सय

१६ मंसिर ८०, आइतबार

१७ मङ्सिर, काठमाण्डौ ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा १ लाख २० हजार ८०० रुपैयाँ कायम भएको जनाएको छ । महासंघले आज १ हजार ८ सय रुपैयाँले बढ्दै सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको जानकारी दिएको हो ।

अहिलेसम्म नेपाली बजारमा सुनको मूल्य यो उचाइमा पुगेको थिएन । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ४ सय ५० रुपैयाँ कायम थियो ।

Advertisement

जुन, आज १ हजार ८ सयले बढेर तोलामा १ लाख २० हजार ८ सय पुगेको हो । यस्तै, आज तेजाबी सुनको मूल्य १ लाख २० हजार २ सय रुपैयाँ कायम छ ।यस्तै, आज चाँदीको कारोबार मूल्य तोलामा १५ सय ४५ रुपैयाँ कायम भएको छ ।

यो गत शुक्रबारको तुलनामा ५ रुपैयाँले बढेको हो । शुक्रबार चाँदीको कारोबार मूल्य तोलामा १५ सय ४० रुपैयाँ कायम थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top