×

NEPAL TIMES UPDATES

Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026
Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026
Playing
मन्त्री सस्मितको सम्पत्ति र बाबुको विगत || Nepal Times
Apr 14, 2026
Playing
इ*रानलाई आत्मस*र्मपण गराउन नाकाब*न्दी|| Nepal Times
Apr 14, 2026
Playing
World News: आज Israel–Lebanonबीच दुर्लभ वार्ता, चिनियाँ ट्यांकर होर्मुज पार || Nepal Times
Apr 14, 2026
Playing
पर्यटनको ‘भर्जिन गन्तव्य’ कर्णाली : कहाँ घुम्ने, कसरी पुग्ने ? || Nepal Times
Apr 14, 2026
Playing
अब विश्वास पात्र महासचिवले नै ओलीलाई बिदाइ गर्ने ? || Nepal Times
Apr 14, 2026

दक्षिण कोरियामा कुकुरको मासु प्रतिबन्धको प्रस्ताव

१७ मंसिर २०८०

१७ मंसिर,एजेन्सी।

दक्षिण कोरियामा कुकुरको मासु प्रतिबन्धको प्रस्ताव अघि सारिएको छ । त यो प्रस्ताव आएसँगै कृषकहरु भने आक्रोशित भएका छन् । कुकुरको मासु प्रतिबन्ध नलगाउन माग गर्दै २ सय जना कृषकले आन्दोलन गरेका छन् । सरकारले आफूहरुको माग सम्बोधन नगरे राजधानी सोल वरपरका सरकारी कार्यालयमा २० लाख कुकुर छोड्ने उनीहरुले चेतावनी दिएका छन् ।

Advertisement
Advertisement

सरकारले आफूहरुको माग सुनुवाइ नगरे राष्ट्रपति कार्यालय, कृषि मन्त्रालय र कुकुरको मासु प्रतिबन्धमा सहमति जनाउने सांसदहरुको घर तथा कार्यालयमा कुकुर छोडिदिने चेतावनी कृषकहरुको छ । सरकारी प्रस्तावको विषयमा कृषकहरु आक्रोशित भएसँगै राजधानी सोल वरपर उच्च सतकर्ता अपनाइएको छ ।

सुरुवाती चरणमा आन्दोलनमा आएका कृषकहरुले आफूसँगै १०० वटा कुकुर ल्याएर छोड्ने गरेका थिए । सरकारले प्रस्ताव गरेको विधेयकमा सन् २०२७ सम्म दक्षिण कोरियामा कुकुरको मासु पूर्ण रुपमा प्रतिबन्ध लगाउने उल्लेख छ । यो कानुन पारित भएको अवस्थामा कुकर पालन, कुकुर वध गर्न वधशाला तथा कुकुरको परिकार बिक्री गर्ने रेस्टुरेन्ट पूर्ण रुपमा बन्द हुने छन् ।

दक्षिण कोरियाली अधिकारीहरुका अनुसार कुकुर उत्पादनका लागि १ हजार भन्दा बढी फार्म रहेका छन् । यस्तै ३४ वटा वधशाला र १६०० वटा रेस्टुराले कुकुरको मासु बेच्छन् । कुकुरको मासु प्रतिबन्ध लगाउनुअघि सरकारले यससँग सरोकार राख्ने सबै व्यापार व्यवसायलाई तीन वर्ष समय दिने भनेको छ ।

यस्तै अन्य पेशा तथा व्यवसाय थालनीका निम्ति अनुदान समेत दिने सरकारको प्रस्ताव छ । सत्तारुढ पिपल पावर पार्टीले प्रतिबन्धपछि मासुका लागि कुकुर बिक्री वितरण गरेमा ५ करोड रुपैयाँ जरिवाना प्रस्ताव गरेको छ । यो विधेयकमाथि छलफलका लागि ४४ सांसद सहभागी छन् ।

कुकुरको मासु प्रतिबन्धको सबैभन्दा ठूलो वकालत गर्ने व्यक्ति फस्ट लेडी हुन् । उनी आफैंले पाँचवटा बिरालो र ६ वटा कुकुर पालेकी छिन् । विगतमा पनि दक्षिण कोरियामा कुकुरको मासु प्रतिबन्धको प्रयास गरिएको थियो । तर निकै ठूलो प्रदर्शनका कारण सरकार पछि हटेको थियो ।

दक्षिण कोरियामा कुकुरको मासु खाने चलन सय वर्ष पुरानो हो । सन् २०२३ मा ह्युमन सोसाइटी इन्टरनेशनल नामक संस्थाले गरेको सर्वेक्षणले ८६ प्रतिशत दक्षिण कोरायालीले कुकुरको मासु खाने देखाएको थियो । तीमध्ये ५७ प्रतिशत कुकुरको मासु प्रतिबन्धको पक्षमा थिए ।

चीनको शेन्जेन शहरमा कुकुर र बिरालोको मासु खान रोक लगाइएको छ । यस्तो प्रतिबन्ध लागू गर्ने चीनको यो पहिलो शहर हो । विश्वमा कुकुरको मासु खाने प्रमुख देशहरुमा चीन, नाइजेरिया, भियतनाम, दक्षिण कोरिया र इन्डोनेसिया रहेका छन् ।

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top