रुसी सेनामा रहेका नेपालीको संख्या यकिन गर्न सरकारलाई रास्वपाको आग्रह

२१ मंसिर ८०, शुक्रबार

२२ मंसिर,काठमाण्डौ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले रुसी सेनामा स्वतस्फुर्त भर्ना भएका नेपालीको संख्या यकिन गर्न सरकारलाई आग्रह गरेको छ ।शुक्रबार रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालसहितको टोलीले परराष्ट्रमन्त्री एनपी साउदलाई भेट गरेर रुसी सेनामा भर्ना भएका नेपालीको संख्या यकिन गर्न आग्रह गरेको हो ।

सरकारले हालसम्म रुसी सेनामा काम गरेका ६ जना नेपालीको मृत्यु विवरण मात्र सार्वजनिक गरेको छ । उसले रुसी सेनामा काम गर्ने नेपालीलाई फिर्ता पठाउन पनि रुसी सरकारलाई आग्रह गरेको छ ।रास्वपाले इजरायल–हमास युद्धमा बन्धक बनाइएका नेपाली नागरिक विपिन जोशीको तत्काल मुक्तिका लागि सम्भव भएसम्मको कुटनीतिक पहल गर्न पनि मन्त्री साउदलाई आग्रह गरेको छ ।

मन्त्री साउदलाई पार्टीको ध्यानाकर्षण–पत्र बुझाउज अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख खनालसँगै प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी र सांसद अशोककुमार चौधरी परराष्ट्र मन्त्रालय गएका थिए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top