×

NEPAL TIMES UPDATES

Playing
महेश पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा|| Nepal Times
Apr 27, 2026
Playing
के टियुको १० हजार क्षमताको प्यारापिटमा डोजर चल्ने हो ? || Nepal Times
Apr 27, 2026
Playing
सुकुम्बासी राजनीतिमा बालेनको ‘ब्रेक थ्रु’, बाबुरामले किन चित्त दुखाए ?|| Nepal Times
Apr 27, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-14-2083 || Nepal Times
Apr 27, 2026
Playing
व्यवसायीलाई कारबाही गर्दा साँच्चै शिथिल हुन्छ अर्थतन्त्र ? || Nepal Times
Apr 27, 2026
Playing
अर्थमन्त्री वाग्लेले सार्वजनिक गरे श्वेतपत्र,कस्तो छ नेपालको अर्थतन्त्र ?|| Nepal Times
Apr 27, 2026
Playing
इरानले अमेरिकी सिस्टम हल्लायोः रनवे–रडार, एयरक्राफ्ट ह्यांगर सबै नष्ट, अर्बौको क्षति || Nepal Times
Apr 27, 2026
Playing
हर्क साम्पाङका नजरमा किन परे सुकुम्बासी ? || Nepal Times
Apr 27, 2026
Playing
आज मन्त्रीपरिषद्ले के के निर्णय गर्यो ? || Nepal Times
Apr 27, 2026
Playing
World News: अराघची रुसमा, होर्मुज खोल्ने र युद्ध अन्त्य गर्ने इरानी प्रस्ताव || Nepal Times
Apr 27, 2026

ओलीमाथि मुक्का हान्ने प्रयास , सुरक्षाका लागि ३९ पक्राउ

२८ मंसिर २०८०

२८ मंसिर, काठमाण्डौ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण प्रयास भएको छ । एमाले झुलाघाट– चिवाभञ्ज्याङ संकल्प यात्रामा रहेको छ । संकल्प यात्राको १५औँ दिन धनकुटा पुगेको अध्यक्ष ओलीसहितको कार्यक्रममा महेश राई नाम गरेका व्यक्तिले अवरोध गर्न खोजेको छन्।

मदिरा सेवन गरेर एमालेको कार्यक्रममा पुगेका उनले ओलीमाथि हातपातको प्रयास गर्न लागेपछि प्रहरीले पक्राउ गरेको छ । सार्वजनिक भिडियोमा पनि ओलीमाथि आक्रमण प्रयास भएको स्पष्ट देखिन्छ । कोशी प्रदेशका डीआईजी राजेशनाथ बास्तोलाले आक्रमण प्रयास भएको बताएका छन् ।

Advertisement
Advertisement

वास्तोलाका अनुशार एमालेको मध्यपहाडी संकल्प यात्रालाई अवरोध गर्न खोजेको आरोपमा प्रहरीले अहिलेसम्म आक्रमण प्रयास गर्नेसहित ३९ जना पहिचानवादीलाई पक्राउ गरेको छ । उदयपुर, खोटाङ, भोजपुर र धनकुटामा गरी ३९ जनालाई पक्राउ गरिएको छ । प्रहरीले बिहीबार बिहान मात्रै भोजपुर र धनकुटाको सीमाबाट ९ जनालाई पक्राउ गरेको थियो ।

दिँउसो धनकुटाबाट ओलीविरुद्ध आक्रमण प्रयास गर्नेसहित थप ९ जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसअघि मंसिर २६ गते प्रहरीले उदयपुर र खोटाङबाट पूर्वमन्त्री तथा नेता गोपाल किराँतीसहित १२ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरूमा मिना राई, दिनेश राई, पनन राई, विदुर राई छन् ।

त्यस्तै खोटाङबाट पूर्वमन्त्री किरातीसहित राजेश राई, गन्धमान राई र विजय राई तथा उदिम राई पक्राउ परेका हुन् । एमालेको यात्रा धनकुटा प्रवेश गरेपछि प्रहरीले बिहीबार विहान धनकुटाबाट प्रदेश पहिचान संयुक्त संघर्ष समिति संखुवासभाका संयोजक वीरेन्द्र खारा राई, किरात राई यायोख्खाका धनकुटा अध्यक्ष उद्धवमणि राई, किरात याक्थुङ चुम्लुङ धनकुटा अध्यक्ष कमलसि तिगेला, नेताहरु उमा चाम्लिङ, जितेन्द्र्र माम्पाङ, करवील कुलुङ, जुद्ध राई, शोकुल राई र पनित कुलुङलाई पक्राउ गरेको छ ।

उनीहरूलाई धनकुटा र भोजपुरको सीमामा पर्ने लेगुवाबाट पक्राउ गरिएको हो । एमालेले बिहीबार पाख्रिबास, हिले, सिधुवा हुँदै तेह्रथुमको वसन्तपुरमा सभा गरेको छ। उक्त यात्रालाई प्रभावित पार्न सक्ने भन्दै ती क्षेत्रमा सुरक्षा सतर्कता मजबुत बनाइएको प्रदेश प्रहरी कार्यालय कोशीका प्रमुख डिआइजी बाँस्तोलाले जानकारी दिए ।

प्रहरीले बुधबार भोजपुरमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने पहिचान पक्षधर ९ जनालाई पक्राउ गरेको छ । भोजपुरमा पक्राउ पर्नेमा जनता समाजवादी पार्टी भोजपुरका जिल्ला उपाध्यक्ष मन्जु राई, जिल्ला सदस्य दिनेश राई, धिरज राई, मणी राई, विद्यार्थी नेता धिरेन खिम्बू, तयाबङु राई र विकास राईलगायत छन् ।

पहिचान पक्षधरहरुले एमाले पार्टी कार्यालय अगाडि विरोध प्रदर्शन गर्दै कालो झण्डा देखाएका थिए । एमालेको अभियान नसकिएसम्म पक्राउ परेका पहिचानवादीहरु नछोडिने प्रहरीले जनाएको छ । यसैबीच यात्रालाई अवरोध गर्न खोजेको आरोपमा पक्राउ परेका पूर्वमन्त्री गोपाल किराँतीसहित ५ जनालाई पाँच दिनको म्याद थप गरिएको छ ।

खोटाङ प्रहरीका अनुशार अभद्र व्यवहारको मुद्दामा पाँच दिनको म्याद थप गरिएको हो । म्याद थप गरिएकाहरुमा किराँती, उदिम राई, राजेश राई, गन्धमान राई र विजय राई रहेका छन् । उनीहरुलाई बुधबार नै म्याद थप गरिएको हो । गत मंसिर २६ गते किराँतीलाई खोटाङको हलेंसीबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

Advertisement

एमालेको अभियान पुस २ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर सकिँदैछ । एमाले टोली शुक्रबार तेह्रथुमको सदरमुकाम म्याङ्लुङमा कार्यक्रम आयोजना गरेको छ । यस्तै पाँचथरको फिदिम हुँदै पुस २ गते चिवाभञ्ज्याङ पुगेर अभियान सम्पन्न हुने एमालेले जनाएको छ ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top