अमेरिकामा लाखौं अमेरिकन कसरी भए घरविहीन ?

१ पुस ,एजेन्सी ।

Advertisement

प्रत्येक वर्ष नेपालसहितका विभिन्न मुलुकबाट डाइर्भसिटी भिसा (डिभी)जस्ता कार्यक्रममार्फत हजारौं आप्रवासीहरु भित्राएर बस्ती बसालिरहेको संयुक्त राज्य अमेरिकामा त्यहाँका हजारौं स्थानीय भने घरबारविहीन बन्न पुगेका छन् । त्यो पनि कीर्तिमानीस्तरमा । अमेरिकामा घरबारविहीन हुनेको सङ्ख्या यस वर्ष कीर्तिमानी स्तरमा पुगेको पछिल्लो समय सार्वजनिक गरिएको एक सरकारी प्रतिवेदनले देखाएको छ ।

अमेरिकी आवास तथा शहरी विकास विभागका प्रमुखले गरेको गणनाअनुसार डिसेम्बरसम्ममा देशभर छ लाख ५३ हजार १०० भन्दा बढी मानिस घरबारविहीन भएका छन् । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा ७० हजार ६५० अर्थात् १२ प्रतिशत बढी हो र सन् २००७ मा तथ्याङ्क सङ्कलन सुरु भएयताकै सबैभन्दा बढी हो ।

Advertisement

अफ्रिकी अमेरिकीहरू कुल अमेरिकी जनसङ्ख्याको १३ प्रतिशत छन् तर घरबारविहीन भएका मध्ये ३७ प्रतिशत अफ्रिकी अमेरिकीहरू रहेका छन् । सन् २०२२ देखि २०२३ को बीचमा पहिलो भाषका रूपमा स्पेनी भाषा प्रयोग गर्ने भनेर पहिचान गर्ने व्यक्तिमा घरबारविहीन हुनेको सङ्ख्यामा २८ प्रतिशत अर्थात् ३९ हजार १०६ जनाले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

सन् २०१२ देखि नै घरबारविहीन अवस्थामा रहेका बालबालिकाको सङ्ख्या पनि १६ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । जनवरीमा घरबारविहीन भएका छ लाख ५३ हजार १०० मध्ये हरेक १० जनामा छ जना आश्रयस्थल वा अन्य अस्थायी आवासमा थिए भने १० मध्ये चार जना मानव बस्तीका लागि नबनेको ठाउँमा थिए ।

Advertisement

क्यालिफोर्नियामा सबैभन्दा धेरै एक लाख ८१ हजार ३९९, न्युयोर्कमा एक लाख तीन हजार २००, फ्लोरिडामा ३० हजार ७५६, वासिङ्टनमा २८ हजार ३६, टेक्सासमा २७ हजार ३७७ र ओरेगनमा २० हजार १४२ जना घरबारविहीन छन् । विशेषज्ञहरूका अनुसार संयुक्त राज्य अमेरिकामा घरबारविहीनताको सङ्कटलाई गरिबी, मानसिक स्वास्थ्य, लत र आवासको अभावलगायत धेरै कारकहरूले बढावा दिइरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top