भोलिदेखि विराटनगरमा व्यापार मेला, के छ खास ?

५ पुष, विराटनगर ।
विराटनगरमा शुक्रबार पुस ६ गते देखि ‘मोरङ व्यापार ट्रेड एक्स्पो २०२३’ सुरु हुने भएको छ । एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको मोरङ व्यापार संघले जनाएको छ । एक्स्पोको उद्घाटन शुक्रबार अपरान्ह प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम छ ।

आन्तरिक र अन्तरदेशीय उत्पादक र उपभोक्ता बीचको सम्बन्ध सुमधुर बनाउने लक्ष्य राखिएको एक्स्पोमा २४० स्टल बुकिङ भइसकेको मेला आयोजक समितिका संयोजक एवम मोरङ व्यापार संघका उपाध्यक्ष अनिलकुमार साहले बताएका छन ।उनका अनुसार एक्स्पोमा नेपाल, भारत, बंगलादेश, पाकिस्तानमा उत्पादन भएका वस्तुको अवलोकन र खरिद गर्न पाइने छ ।

Advertisement

 

त्यस्तै स्थलमा राष्ट्रिय तथा अन्तराष्ट्रिय चर्चित कलाकाहरुको प्रस्तुती समेत रहने छन् । आर्कषणका रुपमा रुपमा सेल्फी जोन, किड्स जोन तथा जर्मन प्रविधिको हेंगेरीमा निर्मित स्टलहरु पशुपतिनाथ र स्वयंभु प्यागोडा शैलीमा निर्मित रहेको बताईएको छ ।पुस १६ गतेसम्म सञ्चालन हुने मेलाको आयोजनामा चार करोड खर्च भएको छ ।

मेलाबाट १० करोडको कारोवार हुने अनुमान सहित चारलाख अवलोकनकर्ता आउने आयोजक मोरङ व्यापार संघको अपेक्षा रहेको छ । पाकिस्तानको लेदर उद्योग, बंगलादेशको गार्मेन्ट उद्योग, भारतको कृषि उद्योग र नेपालको हिमाल, पहाड र तराईको औद्योगिक उत्पादनको सामान एक्स्पो स्टलबाट ५ देखि १० प्रतिशतसम्म छुटमा बिक्री हुने भएकोले त्यसको भरपुर फाइदा उठाउन आयोजकले आग्रह गरेको छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top