सागर ढकाल युक्रेनीलाई पानी खुवाउन व्यस्त

८ पुष ,एजेन्सी ।
गत वर्ष डडेलधुराबाट पटक पटक प्रधानमन्त्री भएका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेद्वारका रुपमा चुनाव लडेर गतिलो चुनौती प्रस्तुत गरेका युवा नेता सागर ढकाल यतिबेला युक्रेनमा छन्। उनी हाल युक्रेन र रुसको बोर्डरमा पुगेर पानीको बोरिङ बनाउने तथा मर्मत गर्ने कार्यमा जुटेका छन् ।

Advertisement

Advertisement

उनले अमेजनको जंगलबाट पानीको काम गर्न युक्रेन पुगेको सामाजिक सञ्जालमार्फत् जानकारी दिएका हुन् । ‘अमेजनको जंगलबाट पानीको काम गर्न युक्रेन आइपुगेको छु’, सामाजिक सञ्जालमा सागरले लेखेका छन् , ‘रुस–युक्रेन बोर्डरको गाउँहरूमा ५ ठाँउमा बोरिङ खनेर र मर्मत गरेर पानी सप्लाइ गर्दैछु। सकिन आँट्यो। युक्रेनी गाँउमा खुसीको कुरा, पम्प नै नजोडी पानी आफैं पहिलोपल्ट माथि आयो।

Advertisement

’सागरले सो क्षेत्रमा भएका नेपालीहरूसँग भेट्न इच्छा व्यक्त गर्दै आफूसँग भेट्न चाहनेलाई सम्पर्क गर्न अनुरोधसमेत गरेका छन् । उनी २०७९ साल मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा डडेलधुराबाट प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग पराजित भएका थिए ।

सागरले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘अक्सफोर्ड विश्वविद्यालय पढेको प्रधानमन्त्री हामी कहिले पाउँछौं?’ भन्दै करिब छ वर्षअघि प्रश्न गरेका थिए । उनै ढकाल पछि अक्सफोर्ड गइ अध्ययन सकाएर उनै देउवासँग चुनावमा प्रतिष्पर्धा गरेका थिए । पाँच वर्षअघि बिबिसीको साझा सवाल कार्यक्रममा देउवालाई प्रश्न सोधेर चर्चामा आएका सागर गुल्मीका हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top