×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026
Playing
सभामुखमा कांग्रेस, एमाले र नेकपाले किन दिएनन् उम्मेदवारी ?|| Nepal Times
Apr 04, 2026
Playing
संवैधानिक परिषद्मा सन्तुलन मिलाउन रास्वपाले कसलाई देला उपसभामुख ?|| Nepal Times
Apr 04, 2026
Playing
Top 15 Afternoon News || April-04-2026 || Nepal Times
Apr 04, 2026

युक्रेनका लागि बाइडेनले फेरि खोले खजाना

१२ पुष २०८०

१२ पुष,एजेन्सी ।
सहयोगहरु संकलन गरेर मुश्किलले रुससंग युद्ध लडिरहेको युक्रेनलाई अमेरिकाले फेरि ठूलोस्तरमा सहयोग गर्ने भएको छ । अमेरिकाको विदेश विभागले एक पटक फेरि युक्रेनलाई मद्यत गर्न सैन्य सहायता प्याकेज घोषणा गरेको छ । विदेश विभागले २५० मिलियन अमेरिकी डलरको सहायता दिने घोषणा गरेको एन्टोनी ब्लिंकेनले बताएका छन् ।

ब्लिंकेनका अनुसार यो सहायता प्याकेज अन्तर्गत युक्रेनलाई उत्त रकम बराबरको हतियार र सैन्य उपकरण दिइने छ । यसमा  गोला–बारूदसहित अन्य सैन्य उपकरण सामेल छन् । मीडिया रिपोर्टका अनुसार, यो अन्तिम सहायता प्याकेज हो, जुन बाइडेन प्रशासनले सांसदहरुको सहमति बिनानै युक्रेनलाई दिन सक्छ । किनभने अब देखि संसदको स्वीकृतिबिना अमेरिकाले युक्रेनलाई सहयोग गर्न सक्ने छैन् ।

Advertisement

अमेरिकाबाट आउने सहयोगमा लिङगरिंग भइरहँदा यसै महिना युक्रेनी राष्ट्रपति जेलेन्स्की अमेरिका पुगेका थिए । उनले व्हाइट हाउसमा अमेरिकी राष्ट्रपति जो बाइडेनसंग भेट गरेका थिए । सो क्रममा उनले रूसविरुद्ध जारी युद्धका बीच सहायता राशिको माग गरेका थिए । उनले अमेरिकी कंग्रेस र अमेरिकाका वरिष्ठ अधिकारीसंग पनि कुराकानी गरेका थिए ।

मिडिया रिपोर्टका अनुसार, युक्रेनलाई दिने भनिएको सहायता प्याकेजको प्रस्ताव अहिले कंग्रेस अर्थात त्यहाँको सदनमै रोकिएको छ । सोही प्याकेजलाई पास गराउनका लागि जेलेन्स्कीले बाइडेनसहित विभिन्न अधिकारीहरुसंग भेटघाट गरेका थिए । जेलेन्स्कीले अमेरिकी सदनका नेताहरुसंग आफूलाई छिटै फन्डिंगको अनुमति दिन अनुरोध गरेका थिए ।

जेलेन्स्कीसंगको बैठकका क्रममा बाइडेनले युक्रेनलाई छिट्टै सहायता दिनुपर्ने बताउँदै पुटिनमाथि पनि निशाना साधेका थिए । उनले भनेका थिए, हामीले देखेका छौं, जब तानाशाहले मृत्यु र विनाशको मूल्य चुकाउँदैनन्, त्यतिबेला के हुन्छ भनेर । त्यसैले तिनलाई बढावा मिल्छ, उनीहरु त्यसैमा अगाडि बढिरहन्छन्,भन्दै बाइडेनले पुटिनलाई लक्षित गर्दै कटाक्ष गरेका थिए ।

यसैबीच जापानको एक मिडिया रिपोर्टले पुटिनले अहिले युक्रेनमा जारी युद्ध रोक्ने बारेमा नसोचेको दाबी गरेको छ । उनले युक्रेनमा बम बर्साइ रहने चेतावनी दिएको सो रिपोर्टमा उल्लेख गरिएको  छ । यो रिपोर्ट हालै पुटिन र सी जिंगपिंगबीचको वार्तापछि आएको हो ।  यसैबीच अमेरिकाले युक्रेनका लागि आफ्नो खजाना खोलेको हो ।

पछिल्लो २५० मिलियन डलरको सहायता सहित अहिलेसम्म अमेरिकाले युक्रेनलाई ४४ बिलियन अमेरिकी डलर को सहयोग पठाइसकेको छ । यता बुधबार रातभर युक्रेनको दक्षिणी ओडेसा क्षेत्रमा रुसी बलहरुले दर्जनौं हवाई हमला गरेको छ । सो क्रममा  ईरानी ड्रोन आक्रमण भएको र त्यसले केहीको मृत्यु भएको, धेरै मानिसहरु घाइते भएको पनि बताइएको छ ।

युक्रेनको वायु सेनाले पनि रुसद्वारा प्रहार गरिएको ४६ इरान निर्मित ड्रोनहरुले ३२ जनाको मृत्यु भएको पुष्टि गरेको छ । बुधबार रातीको रुसी आक्रमणमा खेरसन क्षेत्र र यसको राजधानीका आवासिय क्षेत्रहरु र एक मल पनि ध्वस्त भएको बताइएको छ । पावर ग्रिडमा पनि निकै नोक्सानी भएको  छ । जसका कारण अहिले खेरसन सहरको लगभग ७० प्रतिशत घरहरुमा विजुली छैन ।

यसबीच जापानी मिडिया संस्था निक्की एसियाले स्रोतहरुलाई उदृत गर्दै के दाबी गरेको छ भने, गत मार्चमा मस्कोमा एक बैठकका क्रममा पुटिनले आफ्ना चिनियाँ समकक्षी सीसंग भनेका थिए, रुस युक्रेनमा कम से कम पाँच वर्षसम्म युद्ध गरिरहने छ । त्यसमा के पनि भनिएको छ भने, पुटिन हालको युद्धको अवस्थालाई लिएर रुसी सेना ब्याकफुटमा गएको पनि बेखुसी थिए ।

उनले सीलाई युद्धको अन्त्यमा रुसकै जीत हुने पनि विश्वस्त पारेका थिए । यता नेपालका लागि भने रुसबाट कुनै सुखद समाचार आउन सकेको छैन । बरु रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता गर्न नेपालले गरेको अनुरोधलाई रुसले बेवास्ता गरेको छ ।

नेपालले मस्कोस्थित नेपाली दूतावासमार्फत रुसी परराष्ट्र मन्त्रालय र काठमाडौंस्थित रुसी दूतावासमार्फत रुसी सेनामा नेपालीको भर्नामाथि आपत्ति जनाए पनि रुसले बेवास्ता गर्दै आएको हो । नेपालले मानव तस्करको सञ्जाल प्रयोग गरी रुसी सेनामा भर्ना गरिएका नेपालीलाई फिर्ता गर्न र थप भर्ना नगर्न एक महिनाअघि अनुरोध गरेको थियो । तर, रुसले युद्धमा खटाइएका नेपालीको यथार्थ विवरण समेत उपलब्ध गराएको छैन ।

रुसी सेनामा रहेका नेपालीका अनुसार युद्ध लड्न नसकी घाइते भएकाहरू फिर्ता हुन चाहे पनि रुसले फर्कने अनुमति दिने गरेको छैन । रुसी सेनामा भर्ती भइ युक्रेनसँग लड्न गएका मध्ये ९ नेपालीको मृत्यु भइसकेको छ । परराष्ट्र मन्त्रालयले आफन्तहरूबाट कम्तीमा सय जना नेपालीहरू सर्म्पकविहिन भएको सूचना आएको जनाएको छ ।

पछिल्लो पटक गत पुस ४ मा परराष्ट्रमन्त्री एनपी साउदले नेपालका लागि रुसी राजदूत एलेक्सेई नोभिकोभलाई बोलाएर नेपालीहरूलाई सेनामा भर्ती गर्दै पूरा तालिम नदिई ‘रेड जोन’ मा नपठाउन तथा त्यहाँ भएका नेपालीलाई यथाशीघ्र पठाउन आग्रह गरेका थिए । परराष्ट्रका अनुसार राजदूत एलेक्सेईले आफूले ‘नेपालको सन्देश रुससम्म पु¥याइदिन्छु’ भन्दै तर्किएका थिए ।

Advertisement

उनले नेपालीहरूको सम्बन्धमा थप सूचना केही पनि उपलब्ध गराएनन् । यसबारे तपाइँका टिप्पणी के छन्, अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सम्बन्धित खबरहरु

Scroll to Top