बिग बोस १७को ताज फारूकीलाई, के पाए पुरस्कार ?

१५ माघ, काठमाण्डौ ।
भारतीय चर्चित रियालिटी शो ’बिग बोस १७’ को विजेता मुनव्वर फारूकी भएका छन्। आइतबार राति भएको फिनालेमा उनी विजेता घोषित भएका हुन्। अभिषेक कुमारलाई पछि पार्दै ३२ वर्षे फारुकीले बिग बोस १७ को उपाधि हात पारेका हुन्। उनले बिग बोस १७ को उपाधिसँगै ५० लाख भारूसहित हुण्डाइको क्रेटा गाडी पाएका छन्।

Advertisement

अभिषेक कुमार फर्स्ट रनरअप हुँदा मन्नारा चोपडा सेकेन्ड रनरअप, अंकिता लोखन्डे थर्ड रनरअप र अरूण माशेट्टी फोर्थ रनरअप भए। मुनव्वर स्टयान्ड–अप कमेडियन हुन्। उनी कंगना रनावतले होस्ट गरेको शो ’लकअप’ बाट चर्चामा आएका थिए। उनी लकअपका विजेता समेत हुन्।

यो सिजनमा बिगबोसको पुरस्कार राशि बढाइएको थियो । बिग बोस सिजन १६ एमसी स्टेनले जितेका थिए। उनले फाइनलमा शिव ठाकरेलाई हराएर उपाधि उचालेका थिए। चर्चित ¥यापरले जितपछि ३१ लाख ८० हजार रुपैयाँ पुरस्कार पाएका थिए । यसका साथै उनलाई एउटा विलासी कार पनि दिइएको थियो ।

Advertisement

यो शो पछि उनी झनै लोकप्रिय बनेका छन् । बिग बोस १७ को विजेता बनेपछि फारुकीले आफ्नो जितमा खुशी व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘पहिलो दिनदेखि मैले जुन कुरामा विश्वास गरेको थिएँ अन्तिम दिन पनि त्यही थियो… म बिग बोस १७ को घरभित्र शो जित्न गएँ र एक सेकेन्डका लागि पनि मैले आफ्नो सपना वा लक्ष्यलाई बिर्सिनँ।

त्यहाँ अवरोधहरू थिए र मलाई खेलबाट आफूलाई विचलित गर्न र समस्याहरू समाधान गर्न आवश्यक छ जस्तो लाग्यो। पन्चर भयो भने पहिले गाडी मिलाउनुपर्छ नत्र गन्तव्यमा पुग्ने छैन, म सबै मिलाउन तयार थिएँ । शो जितेको अनुभूति र अनुभव अवास्तविक छ, यो जित र मैले पाएको माया फ्यान र भगवानको कारणले भएको हो।“

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top