×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

आज नेपालले भारतविरुद्ध खेल्दै

२३ माघ २०८०

२३ माघ, एजेन्सी ।
बंगलादेशमा जारी साफ यु–१९ महिला च्याम्पियनशिप अन्तर्गत राउण्ड रोबिन चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज भारत विरुद्ध खेल्दै छ । खेल नेपाली अनुसार २ः४५ बजे ढाका स्थित वीर श्रेष्ठ सिपाही मुस्तफा कमल स्टेडियममा सुरु हुने छ ।

फाइनल पुग्नका लागि नेपाललाई आजको खेल जित्नै पर्ने दवाव छ । उता भारत भने बराबरी गरेमा फाइनल प्रवेश गर्ने छ । चार टोली सम्मिलित प्रतियोगितामा बंगलादेश दुई खेलमा ६ अंक सहित फाइनल प्रवेश गरिसकेको छ । दुई खेलमा एक–एक जित सहित नेपाल र भारतको समान ३–३ अंक छ ।

Advertisement
Advertisement

दुवै टोली बंगलादेशसंग पराजित भएका थिए भने भुटान माथि जित दर्ता गरेका थिए । भारतले भुटानलाई १०–० को फराकिलो अन्तरले हराएको थियो भने नेपालले १–० को झिनो अन्तरको जित निकालेको थियो । आजै दिनको दोस्रो खेलमा बंगलादेश र भुटान पनि भिड्दै छन् ।

फाइनल खेल बिहीबार हुने छ । उता साउदी अरेबियामा अर्को महिना हुने वाफ महिला फुटबल च्याम्पियनसिपका लागि नेपाली महिला राष्ट्रिय फुटबल टोलीले तयारी सुरु गरेको छ । फागुन ७ गतेबाट सुरु हुने च्याम्पियनसिपमा नेपाल समूह बीमा रहेको छ । यो समूहमा प्यालेस्टाइन, सिरिया र इराक पनि छन् ।

Advertisement

अर्को समूहमा आयोजक साउदी , ग्वाम, लेबनान र जोर्डन छन् । फागुन ८ गते सिरियासँग खेल्दै नेपाली महिला टोलीले वाफ च्याम्पियनसिपको सुरुवात गर्नेछ । फागुन १० गते इराकसँग प्रतिस्पर्धा गर्ने नेपाली टोलीले समूह चरणको अन्तिम खेल फागुन १२ गते प्यालेस्टाइनसँग खेल्नेछ । राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछ । राजेन्द्र तामाङको मुख्य प्रशिक्षणमा नेपाली टोलीले तयारी गरिरहेको छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top