×

NEPAL TIMES UPDATES

Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026
Playing
चीनले कसरी इरानलाई बलियो बनायो ? ट्रम्पले दिए चेतावनी || Nepal Times
Apr 16, 2026
Playing
रास्वपाको मुख्य सचेतकमा कविन्द्र, सचेतकमा प्रकाश र क्रान्तिशिखा,लेबी तोकियो || Nepal Times
Apr 16, 2026
Playing
गृहमन्त्री सुधनको चर्चा र आलोचना सराबरी || Nepal Times
Apr 16, 2026
Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026
Playing
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चको अस्वीकार || Nepal Times
Apr 16, 2026
Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026

पाकिस्तानमा सेनाको सरकार ? power of ballet खोई ?

२८ माघ २०८०

२८ माघ , विराटनगर । 
नेताहरुका लागि जनताको मत नै उनीहरुको राजनीतिक जीवनका लागि भाग्य र भविष्य बन्ने गर्दछ । जनताले ब्यालेट बक्सबाट नै आफ्नो जनादेशबाट शासन सत्तामा पुग्नेहरुको छिनोफानो गर्दछन् । यदि त्यो देशमा कानून र विधिको सर्वाेच्चता छ भने । अहिले दक्षिण एसियाली राष्ट्र पाकिस्तानमामा भएको आम निर्वाचनमा पाकिस्तानी जनता मात्रै होइन सारा विश्वको ध्यान केन्द्रित भएको छ ।

क्रिकेट बल र ब्याटबाट विश्व चर्चित बनेका पूर्व क्रिकेटर तथा पूर्वप्रधानमन्त्री इमरान खानलाई दुई दशक लामो जेल जीवन पठाएपछि उनको दललाई अनेकौ प्रतिबन्ध लगाएको अवस्थामा खानले जेलको बन्द कोठामा बसेरै आफ्ना समर्थकहरुलाई सबैभन्दा ठूलो जित दिलाएका छन् । अदालतको आदेशको अक्षरंश पालना गर्नुपर्दछ ।

Advertisement
Advertisement

तर जनताको मतलाई हेर्ने हो भने इमरान निर्दाेष छन् र नै उनीहरुलाई विना राजनीतिक दल र चुनाव चिन्ह समेत नभएका निर्दलीय स्वतन्त्र उम्मेदवारहरुलाई विजय तिलक लगाइदिएका छन् । तर सेनाको रजगज रहेको पाकिस्तानमा जनताको ब्यालेट बक्सको जनादेश कार्यान्वयन हुनेमा भने शंका ब्यक्त भइरहेका छन् ।

पाकिस्तानको निर्वाचन आयोगले सन् २०२४ को फेब्रुअरी ८ मा सम्पन्न आम निर्वाचनको पूर्ण परिणाम आइतबार सार्वजनिक गरेको छ। पाकिस्तानको नेशनल एसेम्ब्ली (राष्ट्रिय सभा) का लागि घोषित निर्वाचन परिणामअनुसार २६६ सिटमा स्वतन्त्र उम्मेदवारले ९७, पूर्वप्रधानमन्त्री नवाज सरिफको पाकिस्तान मुस्लिम लिग–नवाजले ७६ र पूर्व विदेशमन्त्री बिलावल भुट्टो जरदारीले ५४ सिट प्राप्त गरेका छन्।

निर्वाचन परिणाम अनुशार अन्य दलले ३७ सिटमा विजय हासिल गरेका छन् । यद्यपि केही अन्तराष्ट्रिय संचारमाध्यामहरुले भने स्वतन्त्र उम्मेदवारहरुले १०१ सिटमा विजय हासिल गरेको उल्लेख गरेका छन् । निर्वाचन परिणाममा व्यापक धाँधली भएको आरोप लगाउँदै प्रर्व प्रधानमन्त्री खानको पीटीआईले आइतबार देशव्यापी विरोध प्रदर्शनको घोषणा गरेको छ।

परिणाममा लामो ढिलाइपछि सैन्य प्रतिष्ठानले मतदानमा धाँधली गरेको आरोप पीटीआई नेताहरूले लगाएका हुन्। सेनाको समर्थन रहेको भनिएको पीएमएल–एनले सबैभन्दा बढी सिट प्राप्त गर्ने पार्टीको रूपमा विजयको घोषणा गरेको छ। तीन पटकका पूर्वप्रधानमन्त्री नवाज सरिफले स्थापना गरेको पार्टीले सरकार गठनका लागि प्रतिद्वन्द्वी र स्वतन्त्र उम्मेदवारसँग सम्झौता गर्न बाध्य हुने देखिएको छ।

पाकिस्तानी सेना प्रमुखले शनिबार चुनाव ‘जित र हारको शून्य योगफलको प्रतिस्पर्धा’ नभएको भन्दै राजनीतिक ध्रुवीकरण अन्त्य गर्न आग्रह गरेका छन्। “अराजकता र ध्रुवीकरण’ को राजनीतिबाट माथि उठ्न राष्ट्रलाई स्थिर हात र उपचारात्मक स्पर्शको खाँचो छ,” सेना प्रमुख जनरल सैयद असीम मुनिरलाई उद्धृत गर्दै सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष गौहर खानले राजनीतिक बन्दीहरूको रिहाई र शासन गर्ने आफ्नो जनादेश स्वीकार गर्नु नै चुनावपछि स्थापनाले प्रस्ताव गर्न सक्ने एक मात्र उपाय भएको बताएका छन् । पाकिस्तानको राजनीतिक परिदृश्य गतिशील रहन्छ, किनकि पार्टीहरू गठबन्धन र चुनावपछिको परिदृश्यमा काम गरिरहेका छन्।

गौहर खानको कथन सेना प्रमुख (सीओएएस) असिम मुनीरले अराजकता र ध्रुवीकरणको राजनीतिबाट अगाडि बढ्नको लागि देशलाई स्थिर हात र उपचारात्मक स्पर्शको आवश्यकता रहेको बताएपछि आएको हो। एक अन्तर्वार्तामा, गोहरले भनेका छन् ‘संयुक्त सरकार भनेको एउटै कुरामा सबै दल एकजुट हुनुपर्ने हो, त्यो हो जनताको मतलाई पहिले सम्मान गर्नुपर्छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार राजनीतिक बन्दीहरूको रिहाइ र चुनावी जनादेशलाई स्वीकार गर्ने आह्वानले पाकिस्तानमा लोकतान्त्रिक सिद्धान्त र कानूनको शासनप्रति पीटीआईको प्रतिबद्धता झल्काउँछ।उता डनको रिपोर्टका अनुसार पाकिस्तानी सेना प्रमुख जनरल असिम मुनीरले चलिरहेको निर्वाचन प्रक्रियालाई ध्यानमा राख्दै स्थिर शासन र एकताको आवश्यकतामा जोड दिएका छन् ।

कुनै पनि दलले बहुमत ल्याउन सकेन । यस्तो अवस्थामा सबै दलहरू गठबन्धन सरकार गठनका लागि हेराफेरीमा लागेका छन् । इमरान खानको पार्टीलाई राजनीतिबाट बाहिर राख्न पाकिस्तानको सेना पनि सक्रिय भएको छ । सेना प्रमुख जनरल मुनीरले सबै राजनीतिक दललाई जतिसक्दो चाँडो सरकार गठन गर्न सुझाव दिएका छन् ।

जनरल मुनीरले पाकिस्तानको ठूलो जनसङ्ख्याका लागि प्रगतिशील शासनको महत्त्वलाई जोड दिँदै भनेका छन्, “देशलाई अराजकता र ध्रुवीकरणको राजनीतिबाट बाहिर जान स्थिर हात र उपचारात्मक स्पर्श चाहिन्छ।“ जनरल मुनिरले राजनीतिक दलहरूलाई स्वार्थभन्दा माथि उठेर जनताको सेवामा सहयोग गर्न आग्रह गरेका छन् । साथै, भंग भएको जनादेशको बीचमा, पीएमएल–एनका सुप्रिमो नवाज सरिफले पीपीपी, जमियत उलेमा–ए–इस्लाम (एफ) र मुत्ताहिदा कौमी मूवमेन्ट (पाकिस्तान) लगायतका पूर्व सहयोगीहरूसँग संयुक्त सरकार बनाउने आफ्नो इच्छा व्यक्त गरेका छन् ।

संसारलाई थाहा छ, पाकिस्तानमा सेनाले चाहेको सरकार बन्ने गर्छ । यस पटक सेनाले नवाज सरिफलाई विजयी बनाएको छ । नवाज सरिफ तीन पटक पाकिस्तानको प्रधानमन्त्री भइसकेका छन् तर उनले आफ्नो कार्यकाल पूरा गर्न सकेका छैनन् । इमरान खान गत वर्ष अगस्टदेखि कैयौँ मुद्दामा जेलमा छन् । यसपछि पनि उनको पार्टी पाकिस्तानमा सबैभन्दा अगाडि रह्यो ।

यसको मुख्य कारण पाकिस्तानको शक्तिशाली सेनाले इमरान खान र उनको पीटीआई पार्टी विरुद्ध आफ्नो प्रयास केन्द्रित गरेको थियो। दशकौंदेखि सेनाले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा देशको राजनीतिलाई नियन्त्रण गर्दै आएको छ। पाकिस्तानको राजनीतिमा सेना सबैभन्दा शक्तिशाली खेलाडी हो । पाकिस्तानी सेनाको इमरान खानसँगको सम्बन्ध निकै खराब रहेको छ ।

२०१८ मा इमरान खान सेनाको समर्थनमा पाकिस्तानको प्रधानमन्त्री बने । तर, यो साझेदारी केही वर्ष मात्र टिक्यो । पाकिस्तानका तत्कालीन सेना प्रमुख जनरल कमर जावेद बाजवा र नदीम अन्जुमलाई गुप्तचर निकाय आईएसआईको प्रमुखमा नियुक्त गरेपछि सेना र इमरान खानबीचको विवाद निकै बढेको थियो । इमरान खानले पनि अमेरिकासँग दुश्मनी गरेका थिए ।

अफगानिस्तानमाथि नजर राख्न अमेरिकालाई कुनै पनि हालतमा पाकिस्तानमा पहुँच चाहिन्छ। यस्तो अवस्थामा विपक्षी, सेना र अमेरिकाको मिलेमतोमा इमरान खानलाई सत्ताबाट हटाइयो । इमरानले पाकिस्तानी सेनाले आफूलाई प्रधानमन्त्री पदबाट हटाएको आरोप लगाएका छन् । इमरान खानविरुद्ध ८० भन्दा बढी मुद्दा दर्ता भएका छन् । खानलाई भ्रष्टाचार, तोशाखाना र अवैध विवाह मुद्दामा दोषी ठहर भएका छन् । उनको पार्टीका धेरै नेताहरु विभिन्न मुद्दामा जेल परेका छन् ।

खानलाई रावलपिण्डीको आतंकवादविरोधी अदालतले मे ९ मा भएको दंगासँग सम्बन्धित १२ मुद्दामा जमानत दिएको द एक्सप्रेस ट्रिब्युनले जनाएको छ । खानका निकट सहयोगी तथा पाकिस्तानका पूर्वविदेशमन्त्री शाह महमुद कुरेशीलाई १३ मुद्दामा जमानत दिइएको छ । खानलाई पाकिस्तानी सेनाको मुख्यालय र आर्मी संग्रहालय आक्रमणका साथैे सबै १२ मुद्दामा एक लाख पाकिस्तानी रुपैयाँमा जमानत दिइएको छ ।

एटीसी न्यायाधीश मलिक एजाज आसिफले जमानतको आवेदनमाथि सुनुवाइ गरेका थिए । अदालतले पीटीआईका संस्थापकलाई हिरासतमा राख्नुको कुनै औचित्य नभएको र मे ९ को घटनामा संलग्न सबै संदिग्धलाई जमानत दिइएको फैसला सुनाएको छ । खान र कुरेशीलाई फेब्रुअरी ६ मा अभियोग लगाइएको थियो । द एक्सप्रेस ट्रिब्युनका अनुसार, यी दुवैलाई अदालतमा पेस गरिएको थियो । पूर्वप्रधानमन्त्रीलाई मे ९ मा इस्लामावाद उच्च न्यायालय (आईएचसी) परिसरबाट गिरफ्तार गरिएको थियो ।

भ्रष्टाचारको आरोपमा पक्राउ परेपछि गत मे ९ मा देशभर भड्किएको दंगासँग सम्बन्धित थुप्रै मुद्दामा इमरानविरुद्ध मुद्दा दायर गरिएको थियो । उजुरीहरूमा जनरल हेडक्वार्टरको गेटमा आक्रमण, संवेदनशील संस्थाको कार्यालयमा दंगा र अरू घटना समावेश छन् । पीटीआई प्रमुखलाई हिंसाको योजना बनाएको र उक्साएको आरोप लगाइएको थियो । तर आमनिर्वाचनको परिणाम अनुशार उनका समर्थक पहिलो स्थानमा विजयी भएको बेला खानलाई १२ मुद्दामा जमानत दिइएको हो ।

पाकिस्तानको नेशनल एसेम्बलीमा ३३६ सिटहरू छन्, जसमध्ये २६६ उम्मेदवार प्रत्यक्ष मतदान प्रक्रियाबाट निर्वाचित हुन्छन्। जसमध्ये ६० महिला र १० गैरमुस्लिमका लागि ७० सिट आरक्षित छन् । पाकिस्तानमा सरकार बनाउन कुनै पनि दल वा गठबन्धनले कम्तिमा १७२ सिट जित्नुपर्छ। तर अहिले पनि पीटीआईलाई बाहिर राखेर बहुमतको सरकार बन्ने अवस्था सुनिश्चित भइसकेको छैन् ।

अब बहुमत कसैको पनि रहेको छैन् । यस्तो अवस्थामा अब सेनाले मन पराउने नै पाकिस्तानको प्रधानमन्त्री बन्ने विश्वास गरिएको छ । पाकिस्तानमा इमरानमाथिको राजनीतिक प्रतिशोधका बीच प्राप्त पछिल्लो मत परिणाम र अब बन्ने सरकार बारे आफ्ना विचारहरु अवश्य ब्यक्त गर्नुहोला ।ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Advertisement

 

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top