NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade सोमवार पुस ७ , २०८२
Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade सोमवार पुस ७ , २०८२
Dolphins Pearl Luxury Slot Comment 2025 ᐈ Free Enjoy 95 13% RTP सोमवार पुस ७ , २०८२
Whales Pearl Deluxe Position Free Trial + Games Remark 2025 सोमवार पुस ७ , २०८२
चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ? सोमवार पुस ७ , २०८२
Next
Prev

समाचार

अमेरिकी मन्त्री र नौसेनाध्यक्ष नेपालमा के गर्दैछन् ?

सोमवार फाल्गुन १४ , २०८०
Reading Time: 1 min read
A A
अमेरिकी मन्त्री र नौसेनाध्यक्ष नेपालमा के गर्दैछन् ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१४ फागुन,  विराटनगर । 

अमेरिकी उपसहायक विदेशमन्त्री अफरीन अख्तर र अमेरिकाको एसिया–प्रशान्त क्षेत्र कमान्डका नौसेनाध्यक्ष जोन क्रिस्टोफर एक्विलिनो यतिबेला नेपालमा छन् । सहायक मन्त्री अख्तरले आफ्नो भ्रमणका क्रममा नेपालमा सरकारी अधिकारी, नागरिक समाजका प्रतिनिधि र अमेरिकन चेम्बर्स अफ कमर्स नेपालको सदस्यलगायत उच्चस्तरीय भेटघाट गर्नेछिन् । उनी आजै नेपाल आएकी हुन् ।

यस्तै नौसेनाध्यक्ष जोन यही फागुन ८ देखि यहाँ जारी ‘अभ्यास शान्ति प्रसास–४’ अवलोकनका लागि नेपाल भ्रमणमा छन् । सो क्रममा आइतबार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रक्षमन्त्री पूर्णबहादुर खड्कासँग पनि शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार अपराह्न भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको थियो ।

LS Auto

त्यस अवसरमा प्रधानमन्त्रीले नेपाल–अमेरिका सम्बन्धलाई आफूले उच्च महत्व दिँदै आएको बताए । उनले नेपालको आर्थिक विकासका निम्ति अमेरिकाबाट प्राप्त सहयोग महत्वपूर्ण रहेको भन्दै त्यसप्रति कृतज्ञता व्यक्त गरे । नौसेनाध्यक्ष एक्विलिनोले विश्व शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा विभिन्न शान्ति ‘मिसन’मा नेपालले सबैभन्दा धेरै सुरक्षाकर्मी परिचालन गरेकामा बधाई ज्ञापन गरे । उनले शान्ति सेनामार्फत नेपालले निर्वाह गरेको भूमिकाको प्रशांसा पनि गरे ।

भेटका अवसरमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा रुपक सापकोटा, नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्सन र परराष्ट्र मन्त्रालयका उच्चअधिकारीको उपस्थिति थियो ।यस्तै एक्विलिनोले रक्षामन्त्री पूर्णबहादुर खड्कासंग पनि शिष्टाचार भेट गरेका छन् । आइतबार नै भएको भेटका क्रममा रक्षामन्त्री खड्काले नेपाल र अमेरिकाबीच सन् १९४८ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै सुमधुर रहेको बताउँदै नेपालको विकासमा अमेरिकाले निरन्तर सहयोग गरेकामा आभार प्रकट गरे ।

उनले भविष्यमा अमेरिकी सहयोगको अझ वृद्धि हुने विश्वास व्यक्त गरेको उनको निजी सचिवालयले जनाएको छ । संयुक्त राष्ट्रसंघीय शान्ति सेनाका माध्यमबाट नेपालले विश्वशान्ति स्थापनामा निरन्तर योगदान गर्दै आएको र भविष्यमा पनि नेपालले सुरक्षाकर्मी परिचालन गरेर त्यसलाई निरन्तरता दिने प्रतिबद्धता मन्त्री खड्काले व्यक्त गरे ।

संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यमा धेरै सैनिक र महिला शान्ति सैनिक खटाउने मुलुकको सूचीमा नेपाल पहिलो स्थानमा रहेको उनले नौसेनाध्यक्षलाई जानकारी दिए । नौसेनाध्यक्ष एक्विलिनोले नेपाल र अमेरिकाबीचको सम्बन्ध र सहकार्य निरन्तर जारी रहने र भविष्यमा अझ सुदृढ हुने विश्वास व्यक्त गरे । उनले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको स्तरोन्नतिमा सघाउन अमेरिकी सरकार सकारात्मक रहेको बताए ।

नेपालले विश्वमा शान्ति कायम गर्न गरेको योगदानको कदरस्वरूप राष्ट्रसंघीय ‘मिसन’का नेतृत्व तहमा नेपालको प्रतिनिधित्वका लागि अमेरिकी सरकारको तर्फबाट सधै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थोम्सनले अमेरिका र नेपाल लामो समयदेखि असल मित्रका रूपमा सहकार्य र साझेदारी गर्दै आएका तथा भविष्यमा पनि मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध अझ प्रगाढ हुने बताए ।

त्यस अवसरमा रक्षा मन्त्रालयका सचिव, नेपाली सेनाका उपरथी रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा अमेरिकी राजदूतावासका अधिकारीको उपस्थिति थियोे । यस्तै नेपाल, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्सका लागि दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने अमेरिकी उप–सहायक विदेश मन्त्री अख्तर आज नेपाल भ्रमणमा आएकी छन् ।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार आफ्नो भ्रमणका क्रममा मन्त्री अख्तरले नेपालमा संयुक्तराज्य अमेरिका र नेपाल बीचको द्विपक्षीय सम्बन्धले शिक्षा, स्वास्थ्य, मानवअधिकार, लोकतन्त्रको विकास र नेपालको पारस्परिक आर्थिक समृद्धिलाई अगाडि बढाउन सक्छ भन्ने विषयमा छलफल गर्ने छिन् । मन्त्री अख्तर एक वर्षअघि नेपाल भ्रमणमा आएकी थिइन् । त्यतिबेला उनले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड) तथा ऊर्जा नेपालका साझेदारहरुसँग छलफल गरेकी थिइन् ।

अमेरिकी सहायक मन्त्री र नौसेनाध्यक्ष नेपाल भ्रमणमै रहेका बेला यता चीनले पनि नेपाल प्रहरीको सञ्चार क्षमता अभिवृद्धि गर्न करिब १ अर्ब ४० करोड रुपैयाँ बराबरको प्राविधिक सहायता उपलब्ध गराउने विषय अन्तिम चरणमा पुगेको गृह मन्त्रालयको एउटा प्रतिवेदनले देखाएको छ । उक्त सहयोग नेपाल प्रहरीको कमान्ड सेन्टर र डिजिटल ट्रङकिङ कम्युनिकेसन प्रणालीको दोस्रो चरणको काममा खर्च गर्न योजना रहेको जनाइएको छ ।

चिनियाँ सरकारी मुखपत्रका अनुसार सन् २०१३ मा गरिएको झन्डै ६३ करोड रुपियाँ बराबरको सहयोगमार्फत् काठमाडौं, पोखरा र सिन्धुपाल्चोकसहितका स्थानमा प्रहरीको सञ्चार प्रणालीलाई अत्याधुनिक बनाउनका लागि पूर्वाधारहरू खडा गरिएका थिए । उक्त सहायता अन्तर्गत जीपीएस प्रविधिको प्रयोग गरिनुका साथै काठमाडौंका विभिन्नस्थानमा सीसीटीभी जडान गरिएको उक्त विवरणमा उल्लेख छ ।

नेपाल प्रहरीको कमान्ड सेन्टरले देशभर हुने विभिन्न किसिमका घटना र त्यसमा प्रहरीले जनाउने प्रतिक्रियाको निरन्तर निगरानी गर्ने गर्छ । प्रहरीको वरिष्ठ नेतृत्वलाई प्रतिवेदन दिने उक्त संरचना चुनाव लगायतका महत्त्वपूर्ण कामहरूमा पनि केन्द्रित हुने गरेको अधिकारीहरू बताउँछन् । सन् २०२२ सम्म नेपाल प्रहरीका २५० भन्दा बढी युनिट कमान्ड सेन्टर नेटवर्कमा आबद्ध भएको नेपाल प्रहरीले सन् २०२२ मा प्रकाशित गरेको प्रहरी दर्पणमा उल्लेख छ ।

यसअघि सन् २०१३ मा भएको सम्झौता बमोजिम चीनले नेपालको सशस्त्र प्रहरीको तालिम केन्द्र निर्माणका लागि ३ अर्ब ६० करोड रुपैयाँ भन्दा बढी अनुदान दिएको थियो । सन् २०१७ मा निर्माण सम्पन्न भएर सशस्त्र प्रहरी बललाई हस्तान्तरण भएको उक्त संरचनाको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । त्यसयता पनि बेइजिङले नेपालका सुरक्षा निकायहरूलाई सहयोगहरू गरिरहेको सरकारी आँकडाहरूले देखाउँछ ।

गृह मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरणमा चीनले नेपाललाई सुरक्षा अनुदान अन्तर्गत उपलब्ध गराउन प्रतिबद्धता जनाएको २१ वटा ड्रोन लिनेबारे पनि चर्चा गरिएको छ । मन्त्रिपरिषद्ले साउन महिनामा तिब्बतस्थित पब्लिक सेक्युरिटी डिपार्टमेन्टले उपलब्ध गराउने भनेको उक्त ड्रोन सहायता स्वीकार गर्ने निर्णय गरेको थियो । त्यस बाहेक तिब्बतको अध्यागमन हेर्ने निकायले रसुवा, सिन्धुपाल्चोक र हुम्ला जिल्लालाई उपलब्ध गराएको ४० वटा मोटरसाइकल प्राप्तिमा पनि सहजीकरण गरिदिएको गृह मन्त्रालयले जनाएको छ ।

यता दक्षिणी छिमेकी भारतले पनि नेपालको प्रहरी बलहरूलाई तालिम, बन्दोबस्तीका सामग्री र पूर्वाधारका क्षेत्रमा सहयोग गर्ने गरेको पाइन्छ । सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौंको भ्रमण गर्दा १० अर्ब रुपैयाँ भारतीय अनुदानमा काभ्रेमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माण गरिदिने प्रतिबद्धता जनाएका थिए । विभिन्न कारणले ढिलो भएको उक्त परियोजनाको शिलान्यास सन् २०२२ मा गरिएको थियो र काभ्रेको पनौतीमा उक्त पूर्वाधार निर्माणको काम भइरहेको गृह मन्त्रालयले जनाएको छ ।

भारत सरकारले प्रतिनिधिसभा र प्रदेश सभा चुनावमा झन्डै १ सय २० वटा चार पाङ्ग्रे सवारी साधन उपलब्ध गराएको थियो । त्यसमध्ये ५५ वटा नेपाल प्रहरीलाई र ४० वटा सशस्त्र प्रहरी बललाई वितरण गरिएको अधिकारीहरूले जनाएका छन् । सुरक्षा मामिलालाई पछ्याउने कतिपय विज्ञहरूले हालैका वर्षहरूमा दिल्ली र बेइजिङले प्रहरी र अन्य सुरक्षा निकायहरूलाई सहयोग बढाएको र यसको रणनीतिक अर्थ रहेको टिप्पणी गर्ने गरेका छन् ।

सुरक्षा निकायमाथि परस्परविरोधी कित्तामा रहेका दुई छिमेकीको सहयोग र अमेरिकीहरुको बाक्लिदो नेपाल भ्रमणबारे तपाईका टिप्पणीहरु अवस्य अवस्य ब्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #अमेरिकी मन्त्री र नौसेनाध्यक्ष नेपालमा#नेपाल टाइम्स् ट्रेडिंग#नेपाल प्रहरीको क्षमता

लोकप्रीय

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Whales Pearl Deluxe Position Free Trial + Games Remark 2025

सोमवार पुस ७ , २०८२

विचार

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Whales Pearl Deluxe Position Free Trial + Games Remark 2025

सोमवार पुस ७ , २०८२

थप समाचार

ताजा समाचार

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२
ताजा समाचार

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२
ताजा समाचार

Whales Pearl Deluxe Position Free Trial + Games Remark 2025

सोमवार पुस ७ , २०८२
ताजा समाचार

Dolphins Pearl Luxury Slot Comment 2025 ᐈ Free Enjoy 95 13% RTP

सोमवार पुस ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

World News: यहुदीविरोधी आ*क्र*मण रोक्ने अस्ट्रेलियाको कदम, १०४ सुडानीको मृ*त्यु || Nepal Times

00:24:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

शुक्रबार पुस ४ , २०८२

हालका पोस्टहरू

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Whales Pearl Deluxe Position Free Trial + Games Remark 2025

सोमवार पुस ७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.