विराटनगरमा पहिलो पटक म्युजिक खबर म्युजिक अवार्ड हुँदै,असोज १३ मा वितरण गरिने

२७ भदौ ७५, बिहीबार

विराटनगर,भदौ २८
सांगितिक क्षेत्रलाई प्रर्बद्धन गर्ने उद्देश्यले म्युजिक खबर डटकमले आयोजना गर्दै आएको म्युजिक खबर म्युजिक अवार्डको सातौँ संस्करण विराटनगरमा हुने भएको छ ।म्युजिक खबरले विगत ६ वर्षदेखि गर्दै आएको उक्त अवार्ड पहिलो पटक विराटनगरमा वितरण हुने भएको हो ।

Advertisement

आयोजक संस्थाका अध्यक्ष सुमन बैरागीका अनुसार विगत ६ बर्षदेखि काठमाडौंमा आयोजना गरिदै आएको अवार्ड वितरण कार्यक्रमको यसपटक सातौं संस्करण विराटनगरमा आयोजना गर्न लागिएको हो ।

आन्तरिकरुपमा सांस्कृतिक प्रर्यटनलाई प्रर्बधन गर्दै गीतसंगीतको क्षेत्रलाई एकआपसमा जोड्न आगामी दिनहरुमा सातै प्रदेशमा अन्य संस्करणहरु आयोजना गरिने अध्यक्ष बैरागीको भनाई छ ।

Advertisement

आगामी असोज १३ गते विराटनगरको बीरेन्द्र सभागृहमा आयोजना गरिने अवार्ड वितरण कार्यक्रममा विभिन्न ३३ वटा विधामा प्रतिस्पर्धा हुनेछ । गतवर्ष सार्वजनिक भएका गीत, संगीतमध्येबाट विभिन्न ३३ विधाको सर्वोत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको जनाईएको छ ।

प्रतिस्पर्धाका बिजयीले ट्रफी र प्रमाणपत्र पाउनेछन । विराटनगरमा गर्न लागिएको ७ औं म्यूजिक अवार्डको लागी हामी युवा संंस्थाले सहकार्य गर्ने सविन दाहाले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top